टर्कीको सरकारी सञ्चारमाध्यमले दुई वर्षअघि भएको असफल \'कू\' पश्चात लगाइएको संकटकाल सरकारले हटाउन लागेको जनाएका छन्।
त्यतिबेला कुनै सुनुवाई बिना नै राष्ट्रपति रेजेप तय्यीप एर्दोआनको आदेशमा दशौँहजार मानिसहरू पक्राउ परेका थिए। त्यसरी पक्राउ पर्नेमा सेना, प्रहरी, निजामति कर्मचारी, पत्रकार र शिक्षकहरू थिए। हजारौँलाई जागिरहरू निलम्बन गरिएको थियो र त्यसमा थुप्रै न्यायाधीशहरू पनि परेका थिए। एमनेस्टि इन्टरनेशनलले देशमा मानवअधिकारलाई नै कुण्ठित बनाएको संकटकाल हटाउँदैमा मात्रै त्यसले राजनीतिक उतारचढावलाई साम्य नगर्ने जनाएको छ। यो महिनाको सुरुमा राष्ट्रपति एर्दोआनले नयाँ पाँच वर्षे कार्यकालका लागि थप शक्तिसहित शपथ लिएका छन्। चुनावी अभियानका बेला, विपक्षी उम्मेद्वारहरूले यदि आफूले चुनाव जिते पहिलो काम देशबाट संकटकाल हटाउने बताएका थिए। संकटकाल लागु भएयता १ लाख ७ हजार भन्दा बढी मानिसलाई सरकारी सेवाबाट हटाइएको थियो। सरकारी र गैरसरकारी संस्थाको तथ्याङ्क अनुसार ५० हजार भन्दा बढी मानिसहरूलाई सुनुवाई जारी रहँदा नै जेलमा हालिएको थियो। ती मध्ये धेरै निर्वासनमा रहेका इस्लामिक धर्मगुरु फेतुल्लाह गुलेनका समर्थक रहेको आरोप लगाइएको छ। गुलेन एर्दोआनका पूर्व साझेदार हुन् र उनी अमेरिकामा बस्छन्। टर्कीले गुलेन र उनका समर्थकले दुई वर्ष अघिको असफल कु गरेको आरोप लगाएको छ तर गुलेनले भने त्यसलाई अस्वीकार गर्छन्। सन् २०१६ मा भएको असफल कु प्रयासमा संसदमा सैन्य विमानले बम खसालेको थियो। र, त्यसमा दुईसय ५० भन्दा बढीको ज्यान गएको थियो। बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: