Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

नेकपाको विधान परिमार्जन : दुई अध्यक्षका लागी यस्तो गरीयो नयाँ व्यबस्था

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयुक्त अध्यक्षात्मक प्रणालीबाट सञ्चालन हुने भएको छ । आलोपालो अध्यक्षताबाट बैठक सञ्चालन गर्ने यसअघिको प्रस्तावित व्यवस्थाविपरीत अध्यक्षद्वय ओली र प्रचण्ड संयुक्त अध्यक्षताबाट पार्टी सञ्चालन गर्न सहमत भएका हुन् । अब केन्द्रीय सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी बैठक संयुक्त अध्यक्षात्मक प्रणालीबाट चल्नेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - दुई अध्यक्षबीचको सहमतिअनुसार नै पार्टी विधान पारित भएको छ । मंगलबारको सचिवालय बैठकले विधान र नियमावली पारित गरेपछि महासचिव विष्णु पौडेलले छपाइका लागि प्रेसमा पठाउनुअघि बुधबार अध्यक्षद्वयसँग अन्तिम परामर्श गरे । ‘विधान र नियमावली दुवै सम्पादनको क्रम सकिएको छ, बिहीबारसम्म छपाइका लागि प्रेसमा पठाइनेछ,’ पौडेलले भने । यसअघि प्रत्येक बैठकमा दुई अध्यक्षले आलोपालो गरेर बैठकको अध्यक्षता गर्ने र त्यसक्रममा मर्यादाक्रम हेरफेर हुने गरी विधान तयार भएको थियो । जसले अध्यक्षता गर्छ, उसैको मर्यादाक्रम पहिलो नम्बरमा हुने प्रस्तावित व्यवस्थालाई परिवर्तन गर्दै अब नेकपाको हरेक बैठकमा दुवै अध्यक्षले संयुक्त अध्यक्षता गर्नेछन् । ८८ जिल्ला कमिटी नेकपामा भौगलिक र गैरभौगलिकसहित ८८ वटा जिल्ला कमिटी रहने भएका छन् । नयाँ विधानअनुसार ७७ जिल्ला कमिटी भौगलिक हुनेछन् भने ११ वटा गैरभौगोलिक कमिटी हुनेछन् । विधानअनुसार काठमाडौं उपत्यकाभित्र भूगोलका ३ र गैरभूगोलका ११ सहित १४ वटा जिल्ला कमिटी हुने भएको छ । भूगोलअन्तर्गत काठमाडौं, भक्तपुर र ललितपुरमा कमिटी हुनेछन् । ७ वटा प्रदेश सम्पर्क समन्वय कमिटीहरूको हैसियत जिल्ला कमिटी सोसरह रहने हुँदा काठमाडौंमै क्रियाशील हुनेछन् । केन्द्रीय सदस्यलाई दुई ठाउँमा जिम्मेवारी नेकपामा केन्द्रीय सदस्यहरूले केन्द्र र प्रदेश दुई ठाउँमा जिम्मेवारी पाउने भएका छन् । केन्द्रीय सदस्य रहेको व्यक्ति आफूले प्रतिनिधित्व गर्ने प्रदेशमा स्वतः प्रदेश कमिटी सदस्य रहने गरी विधान बनेको हो । यसअनुसार उनीहरूले केन्द्र र प्रदेश दुवैले तोकेको जिम्मेवारी पूरा गर्नुपर्नेछ । केन्द्रीय सदस्यहरूलाई प्रदेशभन्दा तलका जिम्मेवारीमा खटाइने गरी नियमावली तयार भएकाले अधिकांश केन्द्रीय सदस्यले जिल्ला र निर्वाचन क्षेत्रीय इन्चार्जको जिम्मेवारी पाउने एक सचिवालय सदस्यले बताए । एकले बैठक सुरु गरे अर्कोले समापन गर्ने पारित विधानअनुसार संयुक्त अध्यक्षता प्रणालीअनुसार एउटा अध्यक्षले बैठक सुरु गर्नेछन् । त्यसपछि ब्रिफिङ गर्नेछन् । अर्का अध्यक्षले पनि ब्रिफिङ गर्न सक्नेछन् । तर, बैठक सुरु गर्ने अध्यक्षले समापन गर्नेछैनन् । समापन गर्ने जिम्मेवारी अर्को अध्यक्षलाई हुनेछ । नेकपाको पछिल्लो सचिवालय बैठक ओलीले सुरुवात गरेका थिए भने प्रचण्डले समापन गरेका थिए । विधानको व्यवस्थामा दुवैले वा आपसी सहमतिमा बैठकको अध्यक्षता गर्ने व्यवस्था राखिएको नेकपाको उच्च स्रोतले जनायो । यससँगै विधानमा दुवै अध्यक्षको बराबरी अधिकार स्थापित भएको छ । निर्णय र सर्कुलरमा पनि संयुक्त हस्ताक्षर संयुक्त अध्यक्षात्मक प्रणालीलाई स्थापित गर्दै विधानले बैठकको निर्णयहरूमा दुवै अध्यक्षले हस्ताक्षर गर्ने र निर्णयपछिका सर्कुलरहरूमा पनि त्यसैगरी गर्ने व्यवस्था सुनिश्चित गरेको छ । ‘बैठकका निर्णयहरूमा दुवै अध्यक्षको हस्ताक्षर रहने वा आपसी सहमतिमा हस्ताक्षर हुने’ वाक्यांश राखिएको स्रोतले जनाएको छ । सर्कुलर पनि संयुक्त रूपमै जारी हुनेछन् । ओली र प्रचण्डसमेत चुनावबाट महाधिवेशन प्रतिनिधि नेकपाको पारित विधानले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डसमेत आगामी महाधिवेशनमा प्रतिनिधि बन्न सदस्यता रहेको क्षेत्रमा संगठित सदस्यहरूबाट निर्वाचित हुनुपर्ने भएको छ । महासचिव विष्णु पौडेलले पार्टीका पदाधिकारी, केन्द्रीय कमिटी सदस्यहरू हरेक कमिटीको अधिवेशन र महाधिवेशनमा प्रतिनिधि बन्न निर्वाचित बन्नुपर्ने विधानले व्यवस्था गरेको जानकारी दिए । यो व्यवस्थाअनुसार नेताहरू महाधिवेशन प्रतिनिधिमा पराजित भए केन्द्रीय तहमा उम्मेदवार बन्न वञ्चित हुनेछन् । सबै केन्द्रीय, प्रदेश र जिल्लाका अगुवा नेतालाई पार्टी कामप्रति जवाफदेही बनेर मात्र नेतृत्वमा स्थापित हुने प्रणाली बलियो बनाउन विधानमै त्यस्तो व्यवस्था गरिएको एक सचिवालय सदस्यले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies