Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अनुसन्धान समितिले पत्ता लगाउन सकेन तस्करीको सुन

काठमाडाैं । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या छानबिनका लागि गठित उच्चस्तरीय समितिको म्याद नथपिने भएको छ । सरकारले २० चैतमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ - दुईपटक म्याद थप्दा पनि तस्करीको सुन भेटाउन नसकेपछि प्रधानमन्त्री केपी ओली समितिको म्याद नथप्ने निष्कर्षमा पुगेका हुन् । समितिलाई सुरुमा ४५ दिनको म्याद दिइए पनि थपेर ३ महिना १२ दिन पु-याइएको थियो । यसबीचमा मुख्य अभियुक्त मानिएका गोरे भनिने चूडामणि उप्रेतीसहित प्रहरीका बहालवाला उच्च अधिकृत र पूर्वडिआइजी समातिए । तर, तस्करीको सुन भने पत्ता लाग्न सकेन । केही कानुनी जटिलताले काम अधुरो बन्न पुगेको समिति संयोजक पौडेलले बताए । उनले भने, ‘करिब साढे तीन महिनामा धेरै काम भएका छन् । घटनामा मात्रै ७५ भन्दा धेरैलाई विपक्षी बनाइएको छ । ४५ भन्दा धेरै समातिएका छन् । एक–दुईबाहेक सबै पुर्पक्षका लागि जेल चलान भएका छन् । केही फरार छन् । यसको अर्थ अनुसन्धान सकियो भन्ने होइन । काम बाँकी नै छ ।’ भन्सार कर्मचारी तानिएनन् तीन वर्षको अवधिमा ३८ क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको भनिएको छ । उक्त सुन विभिन्न नाका हुँदै भारतीय बजारमा पुगेको समितिले नै पुष्टि गरेको छ । त्यसमध्ये पनि तस्करीमा सबैभन्दा धेरै वीरगन्ज नाका, विराटनगरको जोगबनी र झापाको काँकडभिट्टा नाका प्रयोग भएको बताइन्छ । तर, समितिले अनुसन्धान अवधिभर भन्सारका कुनै पनि कर्मचारीलाई फक्राउ गरेन । भत्काउन नसकिएको हुन्डी ‘नेक्सस’ तस्करीको सुन दुबईबाट नेपाल ल्याउन जति सजिलो छ, त्योभन्दा गाह्रो भुक्तानीबापतको रकम नेपालबाट दुबई पठाउन छ । समितिकै अनुसन्धानले तीन वर्षको अवधिमा १७ अर्ब रुपैयाँबराबरको सुन तस्करी भएको देखाएको छ । तर, भुक्तानीबापतको उक्त रकम कसरी दुबई पुग्यो ? समितिका संयोजक पौडेल यसको उत्तर सहज रूपमा दिन्छन्, ‘हुन्डीबाट ।’ तर, समितिले हुन्डी करोबारी विमल पोद्दार र राजु दारुकाबाहेक अन्यलाई पक्राउ गर्न सकेको छैन । समितिका अनुसन्धान अधिकृत हुन्डी कारोबारमा मनि एक्सचेन्ज सेन्टरदेखि सहकारीसमेत संलग्न रहेको दाबी गर्छन् । तर, अनुसन्धानका लागि ती निकाय तानिएनन् । ‘तस्करीले सुनको भुक्तानी हुन्डीबाट गरेको देखिन्छ । यसमा वैदेशिक रोजगारमा गएका युवासमेत प्रयोग भएका छन् । केही हुन्डी करोबारी पक्राउ परे । अन्य पक्राउ गर्न बाँकी छ,’ पौडेलले भने । किन असहयोगी बन्यो दुबई ? छानबिन समिति दुबई गएर सुन खरिद गर्ने नेपालीको सूची लिन चाहे पनि वातावरण बनेन । त्यसपछि नेपालस्थित दूतावासमार्फत सुन खरिद गर्ने नेपालीको सूची झिकाउने प्रयास ग-यो । दूतावासका कर्मचारी पनि राजी भए । चरण–चरणकोे छलफल चल्यो । तर, सुन खरिद गर्ने नेपालीको सूची दिन दुबई सरकार राजी भएन । पौडेलले भने, ‘तस्करीका सुन दुबईबाट आएको देखियो । अनुसन्धान दुबईमा सुन खरिद गर्ने नेपालीमाथि केन्द्रित गर्नुपर्ने अवस्था आयो, त्यहाँ जान म आफैँ तीनपटकसम्म कोसिस गरे । तर, जान सकिएन । त्यसपछि यहाँस्थित दूतावासलाई भनियो । परराष्ट्र मन्त्रालयबाट पनि पहल भयो । तर, दुबई सरकारले सुन खरिद गर्ने नेपालीको सूची दिन मानेन ।’ एमएलए नै बाधक हो ? दुबईमा सुन कारोबार वैध छ । सुन कारोबारबाट संकलित राजस्व दुबई सरकारको मुख्य आम्दानी हो । त्यसैले दाउद इब्राहिमजस्ता अन्डरवल्र्ड डन दुबईमा सुरक्षित छन् । दुबईबाट नेपाल ट्रान्जिट बनाएर सुन तस्करी गर्ने गिरोहको हकमा पनि दुबई सरकारले संरक्षणको नीति अपनायो । यसका लागि दुबई सरकारले ‘मिच्युअल लिगल असाइन्मेन्ट ट्रिटी (एमएलएटी) लाई हतियार बनायो । एमएलएटीविना एउटा मुलुकले अर्को मुलुकलाई आग्रह गरेकै भरमा कुनै पनि अभियुक्त पक्राउ गरेर बुझाउनुपर्ने कानुनी बाध्यता हुँदैन । पौडेलले यो तथ्यलाई स्विकार्दै भने, ‘दुबई सुनको संसारकै ठूलो बजार हो । यहाँ सुन खरिदबिक्री खुला छ । तस्करले यहीँबाट सुन ल्याएको खुल्यो । कतिपय दुबईमै बसेको पनि खुल्यो । पक्राउ गर्न हामीले दुबई सरकारसमक्ष भन्यौँ । तर, उनीहरूले तत्परता देखाएनन् । तत्पर हुनु कुनै कानुनी बाध्यता पनि छैन । किनकि, हामीबीच एमएलएटी नै भएको छैन ।’ गोरे समूहमा तीन सय सदस्य अनुसन्धानले विमानस्थलबाट तीन वर्षको अवधिमा एउटै समूहबाट ३८ क्विन्टल सुन तस्करी भएको देखाउँछ । स्वदेश र विदेशमा गरी तीन सयभन्दा धेरै सदस्य यो समूहमा रहेको समितिको दाबी छ । भारतमा लुकेर बसेकामध्ये अधिकांश भारतीय सुन व्यापारी रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये १० व्यापारी भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्, । उनीहरूको सम्बन्ध अन्डरवल्र्ड डन दाउद इब्राहिमसँग छ । उनीहरूको गिराफ्तारीका लागि समितिले भारतीय प्रहरीलाई समेत आग्रह गरेको छ । तस्करमध्येका केही भने दुबईमा छन् । त्यसमध्ये डिफ्युजन नोटिस जारी गरिएका रमेश उप्रेती, बेनु श्रेष्ठ, प्रमोद श्रेष्ठ, किमित भनिने कालु अग्रवाल, सन्दीप खड्का, गुप्तलाल भनिने रोशनलाई इन्टरपोलमार्फत प्रक्राउ गरिने भनिएको छ । गोरे पक्राउ ठूलो उपलब्धि समितिले गोरे पक्राउ पर्नुलाई ठूलो उपलब्धि मानेको छ । त्यसबाहेक नेपाल प्रहरीका पूर्वडिआइजी, दुई एसएसपी, एक एसपी, दुई डिएसपी र एक सई पुर्पक्षका लागि जेल जानुलाई पनि समितिले उपलब्धि मानेको छ । यस्तै हुन्डी कारोबारी, सुन व्यापारीसहित ७५ अभियुक्तविरुद्ध १७ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर हुनुलाई समितिले उलब्धिका रूपमा उल्लेख गरेको छ । यस्तै, न्युरोड र दरबारमार्गस्थित आरके ज्वेलर्सका सपिङ सेन्टरमा छापापछि सिल गरेको र करिब २८ करोडको सुन, चाँदी र हीराजडित गहना बरामद हुनुलाई पनि समितिले उपलब्धि मानेको छ । सुन तस्करीमा मुछिएका चेतन भण्डारीबाट सञ्चालित उपत्यकाका ६ वटा बाजेको सेकुवा पनि सिल भएका छन् । यसलाई पनि समितिले उपलब्धिका रूपमा उल्लेख गरेको छ । पूर्वअनुसन्धान अधिकृत भन्छन– समिति ट्रान्जिटमै अल्झियो नेपाल प्रहरीका पूर्वउच्च अधिकृतका अनुसार समिति सुन तस्करको ‘बिगिनिङ’ र ‘डेस्टिनेसन’ बिन्दुसम्म पुग्न नसक्दा सफलता नमिलेको हो । उनीहरूका अनुसार समितिको अनुसन्धान ‘ट्रान्जिट प्वाइन्ट’को सानो अंशभित्र मात्रै केन्द्रित बन्यो । परिणामतः न सुन बरामद भयो, न यसका ‘बेनिफिट होल्डर’ नै खुल्न सक्यो । नेपाल प्रहरीकै पूर्वडिआइजी हेमन्त मल्ल विमानस्थलबाट तस्कर हुने सुनको ‘बिगिनिङ प्वाइन्ट’ दुबई, हङकङ र सिंगापुर रहेको र ‘डेस्टिनेसन’ भने भारत रहेको बताउँछन् । तर, छानबिन समिति ‘बिगिनिङ’ र ‘डेस्टिनेसन’ कतै नपुगी ‘ट्रान्जिट’मै अल्मलिएको उनको दाबी छ । अनुसन्धान अवधि छोटो र अनुसन्धानका क्रममा अपनाइएका केही विधि गलत भएकाले पनि सोचेजतिको परिणाम आउन नसकेको पूर्वडिआइजी मल्लको भनाइ छ । उनले भने, ‘यो अनुसन्धान गुपचुममै गरिनुपथ्र्यो । तर, हल्ला धेरै गरियो । यसो हुँदा अभियुक्तले भाग्ने मौका पाए । प्रमाण नष्ट गरे । सुन नभेटिएका कारण पनि यही हो जस्तो लाग्छ ।’ राजनीतिक तहमा पुगेन अनुसन्धान तस्करीका नाइके मानिने गोरे समातिएपछि तस्करलाई संरक्षण दिने राजनीतिक तहसम्म अनुसन्धान पुग्ने अनुमान थियो । सतहमा केही राजनीतिकर्मीका नाम चर्चामा पनि थिए । तर, समितिको अनुसन्धान त्यसतर्फ अघि बढेन । संयोजक पौडेलले भने, ‘अहिलेसम्मको अनुसन्धानमा कुनै राजनीतिक नेक्सस देखिएको छैन । केही नेतासँग केहीको सम्पर्क भएको देखिन्छ । यसैका आधारमा समात्ने कुरो पनि भएन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies