Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भारतिय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नयाँदिल्ली । लोकसभाका सभामुख सुमित्रा महाजनले मोदी सरकारविरुद्ध साढे चार वर्षे अवधिमा पहिलो पटक अविश्वास प्रस्तावमाथि छलफल गर्न सहमति जनाएकी छन् । मानसूनसत्रको पहिले दिन बुधबार कांग्रेस र तेदेपाले अविश्वास प्रस्तावका लािग सूचना दिएका थिए । यस विषयमा शुक्रवार लोकसभामा छलफल हुने छ । यूपीए अध्यक्ष सोनिया गांधीले भनिन्, ‘हामी चिन्तित छैनौं । मोदी सरकारविरुद्ध हामीसँग स्पष्ट बहुमत छ ।’ जवापलमा संसदीय कार्यमन्त्री अनन्त कुमारले भने, ‘सरकारले अविश्वासको प्रस्तावको डटेर सामना गर्छ । हामी सजिलै विश्वासको मत प्राप्त गर्छौ । किनकी हामीसँग सदनमा दुई तिहाई बहुमत छ ।’ लोकसभामा अहिलेसम्म २६ वटा अविश्वास प्रस्ताव पेश भएका छन् । लोकसभामा पहिलो पटक सन १९६४ मा जवाहर लाल नेहरू सरकारविरुद्ध आचार्य कृपलानीले अविश्वासको प्रस्ताव पेश गरेका थिए । इन्दिरा गांधी सरकारविरुद्ध त १५ वटा अविश्वास प्रस्ताव पेश भएका थिए । अहिलेसम्म पेश भएका २६ वटा अविश्वास प्रस्तावमध्य ४ वटा प्रस्ताव ध्वनिमतले खारेज भएका थिए । बाँकी २१ वटामाथि मतदानबाट अन्तिम टुंगो लगाइएको थियो । एनडीए सरकारविरुद्धको पहिलो अविश्वास प्रस्ताव १९९९ मा पेश भएको थियो । त्यति बेला अटलविहारी वाजपेयी सरकार एक मतले पराजित भएको थियो । वाजपेयी पहिलो प्रधानमन्त्री हुन जो यति झिनो मतान्तरले पारजित भए । १९९६ मा वाजपेयीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको थियो तर त्यति वेला मतदान हुनु भन्दा पहिला नै उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । सन २००३ मा कांग्रेसले फेरि एक पटक वाजपेयी नेतृत्वको एनडीए सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश गर्यो । तर त्यति खेल वाजपेयीसँग पास पर्याप्त बहुमत थियो । सन २००८ मा आणविक अशस्त्र सम्झौताताका वाम दलले यूपीए सरकारलार्ई दिएको समर्थन फिर्ता लियो । त्यति बेला आफ्नो पक्षमा बहुमत सिद्ध गर्न सदनमा मतदान हुँदा मनमोहन सिंहले जित हात पारेका थिए । लोकसभामा यसभन्दा पहिला जम्मा २६ वटा अविश्वास प्रस्ताव पेश भएका थिए । बुधवार २७ औं अविश्वासको प्रस्ताव पेश भएको हो । यो वर्ष भारतीय संसदीय इतिहासमा सबैभन्दा खराब रह्यो । लोकसभामा बजेट सत्र अन्तर्गत कुल २३ प्रतिशत र राज्यसभाका २८ प्रतिशत कामकाज भए । लगातार अवरुद्धका कारण दुबै सदनका गरी २५० घण्टा समय बर्बाद भयो । कामका हिसाबले यो वर्ष सबैभन्दा खराब रह्यो । यो समयमा आंध्रप्रदेशलाई विशेष राज्यको माग, कावेरी जल विवाद, नीरव, मोदी र एससीरएसटी एक्ट मा सर्वोच्च अदालतको फैसला, मूर्ति फोडेका जस्ता मुद्दामा कांग्रेस, टीडीपी र एआइएडीएमकेलगायत पार्टीले सदनमा हंगामा मच्चाए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies