Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सरकार भर्सेस कांग्रेसः राजनीतिक युद्ध शुरु

काठमाडाैं । दुइ तिहाइको सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच दुरी बढ्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा अोली कांग्रेसविरूद्द झनझन कडा रूपमा प्रस्तुत हुन थालेका छन् । यता कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारबिरूद्द कार्यक्रमहरू घोषणा गरिसकेका छन् । कांग्रेसले संसदमा सरकारको आलोचना बढाइरहेको भने सडकमा भातृ संगठन नेपाल विद्यार्थी संघले आन्दोलन चर्काइरहेको छ । अर्कोतिर डा. गोविन्द केसीको अनशन र उनको मागको विषयले सरकारलाई कमजोर बनाइरहेको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन् । मंगलबार पार्टी कार्यालय धुम्वाराहीमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएको भन्दै त्यसको प्रतिवाद गर्न निर्देशन दिएका हुन् । यता नेपाली कांग्रेसले पनि सरकारविरुद्ध थप आक्रामक बन्ने नीति लिएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार बसेको पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय पदाधिकारीहरुको बैठकले सरकार विरोधी प्रदर्शनका थप कार्यक्रम सार्वजनिक गरेको हो । साउन ३ गते प्रजातन्त्रवादी प्राध्यपक संघ, नेपाल र प्रजातन्त्रवादी चिकित्सक संघको अगुवाईमा अपरान्ह १ बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गरिने भएको छ । साउन ५ गते नेपाल तरुण दलको अगुवाईमा अपरान्ह १ बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी साउन ८ गते जिल्ला कार्यसमिति, काठमाडौँ, ललितपुर र भक्तपुरको अगुवाईमा अपरान्ह १ बजे माइतिघर मण्डलाबाट विरोध प्रदर्शन शुरु गर्ने कार्यक्रम कांग्रेसले सार्वजनिक गरेको छ । सरकार र प्रतिपक्ष वार्ता संवादबाट नभै शक्तिका आडमा आफूले जित्ने रणनीति लिएको स्पष्ट देखिएको छ । यसले थप विवाद र द्धन्द्ध बढाउने सम्भावन देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies