Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस, १ साउन  । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै सर्वोच्च सम्मान ‘लिजन दि अनर’ प्रदान गरिने भएको छ ।

फ्रान्सेली राष्ट्रपति एम्यानुएल माक्रोँको कार्यालयले फुटबल टोलीलाई सो सम्मान गर्ने घोषणा गरेको थियो । विजयपछि फ्रान्स फर्किएका फुटबल टोलीको राजधानी पेरिसमा भव्य स्वागत गरिएको र उनीहरुको सम्मानमा राष्ट्रपति माक्रोँले भोजको आयोजना गरेका थिए । \"\" विश्वकप ट्रफीसहित स्वदेश फर्केको सो टोलीलाई स्वागत गर्न सोमबार पेरिस विमानस्थलमा ठूलो सङ्ख्यामा प्रशंसकको भीड लागेको थियो । देशका विभिन्न स्थानमा फुटबल प्रशंसकले खुसियाली मनाएका थिए । केही ठाउँमा झडपसमेत भएको समाचार आएको थियो । पेरिसको केही स्थानमा युवाले पसलबाट रक्सीसमेत चोरेका थिए । यस्ता घटनाका बावजुद पनि प्रशंसकमा खुसियाली मनाउने उत्साहमा कुनै कमी नआएको बताइएको छ । यातायात विभागले पेरिसका केही स्टेशनमा खेलाडीको नाम राखेर खुसियाली मनाएको थियो । उक्त विभागले पेरिसमा मङ्गलबार यात्रुलाई निःशुल्क यात्रा पनि गराएको थियो । फ्रान्सले यो दोस्रो पटक विश्वकपको उपाधि हात पार्न सफल भएको हो । यसअघि सन् १९९८ मा पहिलो पटक यो उपाधि प्राप्त गरेको थियो । २० वर्षपछि फ्रान्सलाई यो सौभाग्य फेरी जुरेको छ । यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई दुईका विरुद्ध चार गोलले पराजित गरेको थियो । क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको उसको यात्रा पनि हालसम्मकै ठूलो सफलता थियो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा नै व्यापक चर्चा चलेको छ । साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडीप्रति दर्शाएको प्रेमले उनीहरुमा प्रेरणा प्राप्त भएको बताइएको थियो । दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्तगर्दै रोएका खेलाडीलाई राष्ट्रपति कोलिन्डाले प्रेमपूर्वक सान्त्वना दिएको दृश्य विश्वकै सञ्चारमा छाएको थियो । उता क्रोएसियामा पनि दोस्रो भएर फर्किएका आफना खेलाडीहरुलाई सरकार र सर्वसाधारण खेल प्रेमीहरुले भव्य स्वागत गरेका छन् । करिब ४१ लाख जनसङ्ख्या भएको यस मुलुकमा लाखौँ व्यक्तिको भीडले स्वागत गरी खुसियाली मनाएको दृष्य अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलले देखाएका छन् । रुसमा करिब एक महिना चलेको २१औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबारबाट सकिएको छ । यस महाकुम्भको २२औँ संस्करण सन् २०२२ मा कतारमा आयोजना गर्ने तय भएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies