/  Fri, October 19, 2018

किन भेटे गृहमन्त्री बादलले बेलायती राजदुतलाइ ?

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदुत रिचार्ड मोरिसले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गरे ।

गृहमन्त्री थापाले बेलायती सेनामा कार्यरत नेपालीहरुका केही समस्या रहेको सुनिएको भन्दै सो बारे चाँसो व्यक्त गरेका थिए ।

राजदुत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तिव्रतर रुपमा विकास गरोस भन्ने आफुहरुको चाहना रहेको बताए ।
उनले नेपालमा बेलायती लगानी भित्र्याउन आफुले सक्दो पहल गर्ने समेत बताए ।

राजदुत मोरिसे विपद् व्यवस्थापन, सुरक्षा निकायको तामिल र उपकरण लगायतका क्षेत्रमा गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्न आफुहरु तयार रहेको बताए ।

भेटमा पछिल्लो समय गृह मन्त्रालयले सुरु गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नियमनका विषयमा समेत छलफल भएको थियो ।

साउन १ गते, २०७५ - १६:२३ मा प्रकाशित

जोखिममा राउटे बालबालिका

दैलेख। गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा...   

भक्तपुरमा अनुगमनः गुणस्तरहीन मासु बिक्री

भक्तपुर। सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन...   

६४ वर्षमा नागरिकता पाउदा…

दमौली। हालसम्म पनि नागरिकता नबनाएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले...   

अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने...   

शेयर बजारः दोहोरो अङ्कले वृद्धि

काठमाडौँ। धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत...   

प्रहरीकाे ‘समुदाय-प्रहरी साझेदारी’ नयाँ कार्यक्रम, यस्ताे छ कार्यक्रमका प्राथमिकता

काठमाडौँ। नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय- प्रहरी साझेदारी’...   
लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिकमा मात्रै

काठमाडौँ। पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्यौट भएको छ ।  निजी अवास पुनः निर्माण...   

सिकागोमा ट्रम्प विरुद्ध हजारौंको र्याली

सिकागो। अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउदो...   

पश्चिमी क्षेत्रमा ट्रक दुर्घटना, १९ जनाको मृत्यु, ११ जना घाइते

इस्तानबुल। टर्कीको आधिकारिक समाचार एजेन्सी अनादोलले सडक दुर्घटनामा कम्तीमा १९ जना आप्रवासीको मृत्यु...   
एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

एउटा नगरपालिकाको ५९ दरबन्दीमा नौ कर्मचारी

। माई नगरपालिकामा कर्मचारी अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एक तिहाइ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top