Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सडकले आतंक बढायो, स्थानिय घर छोड्न बाध्य

ताप्लेजुङ। बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा गाउँपालिका–७ खेवाङका छ घर दलित परिवारले घर नै छाडेर अन्तै सरे । तीमध्ये कोही तराईतिर बसाइँ सरेर गए भने कोही नजिकैका बस्तीमा गएर बसे । जेठ लाग्दै घर छाडेकाहरु अहिले खेती कमाइका लागिमात्रै त्यहाँ जाने गरेका छन् । एक दुई परिवार भने घरमै फर्किएर डरैडरमा बस्न थालेका छन् । उनीहरुको घरमाथि खनिएको सडकबाट ठूलठूला ढुंगा झर्ने गरेकाले र वर्षा हुँदा पहिरो झर्ने डरले नै अन्तै सर्नुपरेको हो । ‘बस्ती नै जोखिममा पर्ने देखिएपछि शुरुमा यहाँबाट बाटो निर्माण नगर्नुहोस् भन्दा पनि कुनै जोखिम हुँदैन तपाईंहरु ढुक्क हुनुहोस्, हामी बस्ती जोगाएर खन्छौँ भन्दै धमाधम बाटो निर्माण गर्न थाले तर अहिले बस्ने अवस्था नरहेपछि बसाइँ नै छोड्नुप¥यो”, विस्थापित बनेका कमल सिन्च्युरीले भने । गाउँमा भएको विकासलाई रोक्न नसकेका उनीहरुले बाटो निर्माण हुँदै गर्दा बस्तीमा नै ठूलठूला ढुंगा झर्न थालेका कारण नजिकको जंगलमा गएर पाल टाँगेर बसेका थिए । बाटो खनिसकेपछि घरमै गएर बसौँला भनेका उनीहरु घर फर्केर बस्न सकेनन् । सडक निर्माण गर्नुअघि जनप्रतिनिधि र उपभोक्ता समितिले यदि क्षति हुने अवस्था आए केही विकल्प सोचौँला भने पनि निर्माणपछि भने आफूहरुको कुरा सुन्दैनसुनेको अर्का पीडित कमल विकले बताए । यता तीन महिनाअघि घरकै परिसरमा सडक पुग्दा हर्षित बन्नुभएका खेवाङकै उद्योग अधिकारी अहिले त्यही सडककै कारण बसाइँ सर्नुपर्ने अवस्थामा पुग्नुभएको छ । सडक खनिएकै कारण माथिबाट झर्ने पहिरोले घर जोखिममा परेपछि वर्षौंदेखि बस्दै आएको घरमा उनीलाई असुरक्षित भएको महसुस हुन थालेको छ । अधिकारीले भने, “जोखिम हुँदाहुँदै पनि हिउँदमा सडक खनियो, अहिले वर्षा शुरु भएसँगै माथिबाट झरेको पहिरोले बसिनसक्नु भएपछि बसाइँ सर्नुपर्ने अवस्था आइसक्यो, वर्षा भएका बेला रातभर ढुक्कसँगले सुत्न पनि पाइँदैन ।” यस्तै सोही ठाउँका पूर्णबहादुर लिम्बू पनि सडककै कारण घर छाडेर हिँडे । टिनको छानो लगाइएका दुई वटा घर जोखिममा परेपछि छाडेर नजिकै छिमेकीको मतानमा गएर बसेको छ । सडक खन्दा खसेको ढुंगा र माटोले बारी पुरेपछि उनको कमाइ गर्ने ठाउँसम्म पनि रहेन । यी त एक क्षेत्रका उदारणमात्र हुन् । पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा खनिएका सडकले स्थानीयवासीलाई उठीबास लगाउनाका साथै विचल्लीसमेत बनाएको छ । अहिले जनप्रतिनिधि आएपछि सडक निर्माणले तीव्रता पाएको छ तर जोखिमलाई बेवास्ता गरी सडक निर्माण गरिएपछि यस्तो अवस्था सिर्जना भएको स्थानीयवासीको आरोप छ । सम्भावित जोखिमलाई वास्ता नगरी जताततै सडक खनेकाले यस्तो अवस्था आएको सिरिजंघास्थित तेल्लोकका लक्ष्मी भट्टराईले बताए । सोझासाझा स्थानीयवासीले जग्गा दिएको भरमा उसलाई भोलिका दिनमा हुने क्षतिको वास्ता नगरी सडक निर्माण गरिँदा समस्या आएको उनको भनाइ थियो । हिउँदभर खनिएका सडकमा केही दिन सवारी साधन गुडे पनि बर्खा लाग्दै ती सडक खोल्सामा परिणत भएका छन् । कतिपय क्षेत्रमा सर्वेक्षण गरिएभन्दा बाहिर गएर पनि सडक निर्माण गरिएको स्थानीयवासीले बताए । ग्रामीण क्षेत्रमा प्रायः स्काभेटरको प्रयोगमा सडक निर्माण हुने गरेकाले पनि आफूहरु मारमा परेको स्थानीयवासीको आरोप छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies