Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जासुसीको आरोपमा रुसी महिला पक्राउ

अमेरिकाले एक २९ वर्षीया रुसी महिलामाथि रुस सरकारको एजेन्टका रुपमा काम गर्ने षड्यन्त्र र राजनीतिक समूहहरूमा घुसपैठ गरेको अभियोग लगाएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मरिया बुटिनाले रिपब्लिकन पार्टीसँग नजिकको सम्बन्ध बनाएको र बन्दुक राख्न पाउने अधिकारको पक्षमा वकालत गर्दै आएकी थिइन् । उनको गिरफ्तारी रुसले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा हस्तक्षेप गरेको भनिएको छानबिनसँग सम्बन्धित चाहिँ होइन । रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका एक उच्च अधिकारीको निर्देशनमा बुटिनाले काम गरेको आरोप लगाइएको छ । बुटिनाका वकिल रोबर्ट ड्रिस्कोलले उनी एजेन्ट नभइ \'अन्तर्राष्ट्रिय मामिला\' की छात्रा भएको र \'व्यापारिक क्षेत्रमा काम गर्न मात्रै चाहेको\' सोमवार एउटा विज्ञप्तिमार्फत जनाएका छन् । उनले बुटिनामाथि लगाइएका आरोपहरू \'अति भएको\' र बुटिनाले अमेरिकाको कुनै नीति अथवा कानूनलाई प्रभावित पार्न चाहेको कुनै सङ्केत नदेखिएको बताए । बुटिनाले \'महिनौँदेखि विभिन्न सरकारी निकायहरूलाई सघाइरहेको\' ड्रिस्कोलले दावी गरेका छन् । वाशिङटनमा बस्दै आएकी बुटिनालाई गत आइतवार गरिफ्तार गरिएको अधिकारीहरूले बताएका छन् । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीविरुद्धको मुद्दाको सुनुवाइ बुधवार हुनेछ । अमेरिकी चुवानमा मस्कोले हस्तक्षेप गरेको भन्ने आरोपमा राष्ट्रपति ट्रम्पले पुटिनको बचाउ गरेको केही घण्टापछि रुसी महिलालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएको हो । अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण आफूले नदेखेको ट्रम्पले बताएका छन् । सन् २०१६ को चुनावताका डेमोक्र्याटिक अधिकारीहरूको कम्प्युटरमा १२ जना रुसी गुप्तचरले अनधिकृत रुपमा पहुँच कायम गरेको आरोप लगाइएको केही दिन नबित्दै बुटिना पक्राउ परेको विवरण आएको हो । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies