Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

रोनाल्डोलार्इ यस्तो देखियो नयाँ क्लब युभेन्ट्सको जर्सीमा

क्रिष्टियानो रोनाल्डोले नयाँ क्लब युभेन्ट्सको जर्सी सार्वजनिक गरेका छन्। पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्टसले खेलाडीको रुपमा सार्वजनिक गरे पछि उनले आफूले लगाउने ७ नम्बर जर्सी सार्वजनिक गरेका हुन्। सोमबार राति भएको पत्रकार सम्मेलनमार्थत रोनाल्डो पहिलो पटक युभेन्ट्सको जर्सीसहित सार्वजनिक भएका हुन्। युभेन्टसले रोनाल्डोलाई यसै साता १०५ मिलियन पाउण्डमा स्पेनिस क्लब रियल मड्रिडबाट क्लबमा भित्राएको थियो । क्लबसंग औपचारिक सम्झौता नभए पनि रोनाल्डोले युभेन्ट्सबाट हरेक सिजन ३० मिलियन पाउण्ड पाउनेगरी चार बर्षको लागि अनुबन्ध गरिएको हो। पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो आफू नयाँ चुनौतीको सामना गर्न इटालियन क्लब युभेन्ट्समा आवद्ध भएको स्पष्ट पारेका छन्। युभेन्ट्ससँग नयाँ सम्झौता गर्न टुरिन पुगेका रोनाल्डोले सोमबार पत्रकार सम्मेलनमा बोल्दै आफू करियरको अर्को चुनौतीको सामना गर्न इटाली आएको बताएका हुन्। \"\" युभेन्ट्स विश्वको उत्कृष्ट क्लब भएको दाबी गर्दै रोनाल्डोले आफू यहाँ आउनु करियरको महत्वपूर्ण कदम भएको बताए। ‘मलाई अझै चुनौतीको सामना गर्न मन लाग्छ । म मेरो करियरको अर्को चुनौतीको समाना गर्न यहाँ आएको छु,\' रोनाल्डोले भने । रोनाल्डोले आफू छुट्टी मनाउन र रिटायर्ड खेल जीवन बिताउन इटाली नआएको स्पष्ट पार्दै क्लबलाई उपाधि दिलाएर छोड्ने दाबी गरे। \'मलाई युभेन्ट्सले अवसर दिएको छ । म क्लबप्रति आभारी छौ । म जित्न चाहन्छु, म यहाँ उत्कृष्ट हुन चाहन्छु।’ सन् २००९ मा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट कीर्तिमानी मूल्यमा क्लब आएका रोनाल्डोले रियलसंगको अनुबन्ध सम्झौता ३ बर्ष बाँकी छदै युभेन्ट्स गएका हुन्। ९ वर्ष रियलमा बिताएका रोनाल्डोले गत सिजन सन् २०२१ सम्मको लागि सम्झौता गरेका थिए। ३३ वर्षीय रोनाल्डो रियल मड्रिडका सर्वाधिक गोलकर्ता हुन्। रियलका लागि रोनाल्डोले ४३८ खेलमा रोनाल्डोले ४५० गोल गरेका छन्। पाँच पटकको बालोन डी\'ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । रोनाल्डोले सन् २००८,१३, १४ र १६ मा बालोन डी\'ओर जितेका थिए । \"\" रोनाल्डोले रियलबाट च्याम्पियन्स लिगको एकै सिजन १७ गोल गरेर नयाँ किर्तिमान बनाएका थिए । सन् २०१३-१४ को सिजन उक्त किर्तिमान बनाएका उनले च्याम्पियन्स लिगमा कुल १०५ गोल गर्न सफल भए । रोनाल्डोले ला लिगामा मात्र ३११ गोल गरे । रियलबाट कुल ४४ ह्याट्रिक गरेका रोनाल्डोले ला लिगामा मात्र ३४ ह्याट्रिक गर्दै नयाँ किर्तिमान कायम गरेका थिए । रोनाल्डोले रियलमा रहदा १६ मुख्य उपाधि हात पारे। जसमा ४ च्याम्पियन्स लिग, २ ला लिगा, ३ क्लब विश्वकप र ३ युरोपियन सुपर कप,दुई स्पेनिस सुपर कप र २ कोपा डेल रे रहेको छ । रोनाल्डोले रियलका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि ८५ र स्पोर्टिङ लिस्बोनको लागि ५ गोल गर्दै करियरको ६५० गोल पुरा गरेका हुन्। एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies