Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विराटनगरमा ट्राफिक कार्यालयको निश्कर्षः दुर्घटनाको मुख्य कारण हटिया

विराटनगर । विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने हटिया तथा बजारका कारण सडक दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । इटहरीदेखि विराटनगरसम्म लगभग सधैँ कुनै न कुनै हटिया लाग्ने गरेको र यसबाट सडकमा मानिसको भीड बढेर सवारी साधन आवतजावतमा समस्या उत्पन्न हुनाका साथै मानिसको ज्यानसमेत जाने गरेको सहायक प्रहरी निरीक्षक तुलामणि आचार्यले बताए । शनिबार सुनसरीको खनारमा, बिहीबार सोनापुरमा, मंगलबार दुहबीमा तथा बिहीबार पहडगछ, मोरङको टङ्किसिनवारी, बासंवारी, नेमुवा र विराटनगरको कचनवारीमा साप्ताहिक हटिया लाग्ने गरेको छ । सडकमा खुल्ला रुपमा सवारी आवतजावत हुने भएकाले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न यस्ता ठाउँमा लाग्ने हटियालाई व्यवस्थित गर्न जनप्रतिनिधिहरु लाग्नुपर्ने ट्राफिक प्रहरीको भनाइ छ । सुनसरीको दुहबीबाट इनरुवा जोड्ने सडकखण्डमा सिमरिया, बुद्धचोक, भमरी, औरावनी र बर्छवामा लाग्ने हटियाले पनि निकै समस्या देखिएको दुहबी इलाका प्रहरी कार्यालयले जनाएको छ । बाटोकोे चौडाइ कम तर आवागमन बढी हुनाले पनि कतिखेर दुर्घटना हुन्छ भन्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ । सुनसरी जिल्लाको साप्ताहिक हटियाको विषयमा जिल्ला समन्वय समितिका संयोजक गोपाल राजभण्डारीले दुहबी–इनरुवा सडक खण्डको भमरीमा शुक्रबार लाग्ने हटियालाई व्यवस्थित गर्न सडक उत्तरतर्फ व्यक्तिको निजी जग्गा भाडामा लिएर हटिया लगाउने गरेको भए पनि समग्र जिल्लाको हटियालाई व्यवस्थापन गर्न जनप्रतिनिधिसँग छलफल भइरहेको बताए । हटियाकै विषयमा समस्या बढ्दै गएपछि हाटबजारलाई व्यवस्थित बनाउन विराटनगरमा अभियान नै शुरु भएको छ । यो अभियान विराटनगर महानगरपालिकाको वडा नं ४ बाट शुरु भएको हो । कञ्चनबारी पश्चिम नोवेल अस्पताल जाने सडकमा शुक्रबार हाट लाग्दै आएको थियो । हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आइतबारदेखि शुरु गरिएको छ । व्यवस्थित बजारका लागि सडकको छेउमा रहेको झण्डै एक बिगाहा जमीनलाई तीन लेनमा विभाजन गर्ने र प्रत्येक व्यापारीलाई दुई मिटरको जग्गाको दरले चिह्न लाएर प्रदान गर्ने वडा नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए । विगत केही दिनदेखि विराटनगर क्षेत्रमा सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका प्रमुख भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिएका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies