Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बेलायतले यसकारण फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना गर्यो

बेलायतको सुरक्षा निकायले फेसबुकलाई अधिकतम ५ लाख पाउन्ड जरिवाना गर्ने भएको छ । त्यहाँको सूचना आयुक्तको कार्यालयले ‘क्याम्ब्रिज एनालिटिका’ द्वारा प्रयोगकर्ताको तथ्यांक नष्ट गरिएको प्रमाणित गर्न नसकेको भन्दै फेसबुकलाई यस्तो जरिवाना गर्न लागेको जनाएको हो । कार्यालयले बेलायतमा रहेको ‘क्याम्ब्रिज एनालिटिका’ को मातृ कम्पनी ‘एससीएस इलेक्सन’ लाई पनि मुद्दा दायर गर्ने भएको छ । राजनीतिक उद्देश्यका लागि व्यक्तिगत जानकारीहरू संकलन गरी प्रयोग गरिएको भन्दै आयुक्तको कार्यालयले अनुसन्धान थालेको थियो । विशेषगरी २०१६ मा भएको अमेरिकी निर्वाचनमा बेलायती कम्पनी एनालिटिकाले संसारभरका प्रयोगकर्ताको तथ्यांक संकलन गरी दुरुपयोग गरेको घटना सार्वजनिक भएपछि अनुसन्धान थालेको हो । त्यसअघि युरोपियन युनियन (ईयू) बाट बेलायत छुट्टिने/नछुट्टिने भन्ने निर्वाचनमा पनि यस्ता संकलित जानकारी मतदातालाई प्रभावित पार्न प्रयोग भएको खुलेको थियो । फेसबुकका ८७ मिलियन प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक संकलन गरी त्यसलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न दिएको भन्दै बेलायती निकायले फेसबुक र क्याम्ब्रिज एनालिटिकाविरुद्ध कारबाहीको कदम चालेको हो । बेलायती निकायले प्रयोगकर्ताबाट अन्य तरिकाबाट सूचना संकलन गरी राजनीतिक पार्टीलाई उपलब्ध गराउने अन्य कम्पनीको नामसमेत आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । बेलायती निकायको यो कदमले राजनीतिक पार्टीले चुनावका बेलामा प्रयोगकर्ताको व्यक्तिगत जानकारी सकलन गर्ने परिपाटीप्रति चासो बढाएको छ । आयुक्तको कार्यालयले बेलायती लेबर पार्टीले प्रयोग गरेको ‘इम्माज डायरी’ कम्पनीको नाम उल्लेख गरेको छ, जसले अभिभावकलाई मेडिकलसम्बन्धी सल्लाह दिन्थ्यो । फेसबुकले यो विषयमा चाँडै प्रतिक्रिया दिने जनाएको छ । आयुक्तको कार्यालयले अर्को कम्पनी ‘एग्रिगेट आइक्वी’ ले पनि बेलायती नागरिकको तथ्यांक संश्लेषण रोक्नुपर्ने बताएको छ । यो कम्पनीले युरोपियन युनियनबाट बेलायत छुट्टिने बेलामा छुट्टिनुपर्ने अभियानकर्तालाई सघाएको थियो । बेलायती निकायले गरेको यो जरिवाना फेसबुकको अघिल्लो अनुभवभन्दा सामान्य हो । सन् २०१७ मा युरोपियन आयोगले फेसबुकलाई १ सय १० मिलियन युरो जरिवाना गरेको थियो । त्यस्तै सोही वर्ष आयोगले गुगललाई साढे २ अर्ब युरो जरिवाना तिराएको थियो । सूचना आयुक्त इलिजावेथ डेनहमले जरिवाना मात्रै नभई कम्पनीले आफ्नो प्रतिष्ठामा पनि ध्यान दिनुपर्ने बताएकी छन् । ‘चुनावको बेलामा हुने व्यवहारगत विज्ञापन अर्थपूर्ण हुन्छ र यो अभ्यासलाई बन्द गर्नुपर्छ,’ उनले भनिन् । यो अभ्यासलाई रोक्ने प्रणाली विकास गर्नुपर्ने उनको धारणा छ । राजनीतिक अभियानकर्ताहरूले व्यक्तिगत जानकारी दुरुपयोग गरेको विषयमा अनुसन्धान थालेको १६ महिनापछि आयुक्तको कार्यालयले यो कदम लिएको हो । आयुक्तको कार्यालयले फेसबुकले आफ्नै नियमविरुद्ध काम गरेको र क्याम्ब्रिज एनालिटिकाले संकलन गरेको प्रयोगकर्ताको तथ्यांक डिलिट गरेको निक्र्योल गर्न नसकेको निष्कर्ष निकालेको छ । यद्यपि यसअघि नै बेलायती कम्पनी ‘क्याम्ब्रिज एनालिटिका’ ले आफूले संकलन गरेको प्रयोगकर्ताहरूको विवरण फेसबुकको अनुरोधमा डिलिट गरिसकेको दाबी गरेको थियो । तर, सूचना आयुक्तको कार्यालयले भने ‘क्याम्ब्रिज एनालिटिका’ ले अरूलाई पनि उक्त तथ्यांक बाँडेको प्रमाण आफूसँग भएको जनाएको छ । आयुक्तको कार्यालयले बेलायतका ११ वटा राजनीतिक दललाई पत्र लेख्दै तथ्यांक सुरक्षाको अभ्यास पालना गर्न भनेको छ । सर्वसाधारणको तथ्यांक चोरी गरी बिक्री गर्ने दलालहरूबाट राजनीतिक दलले तथ्यांकहरू किनेको हुन सक्ने चासो व्यक्त गर्दै कार्यालयले पत्र लेखेको हो । ‘इम्माज डायरी’ को उदाहरण दिँदै आयुक्त कार्यालयले उक्त कम्पनी आफ्नो राजनीतिक क्रियाकलापप्रति अपारदर्शी भएको आरोप लगाएको छ । लेबर पार्टीले उक्त कम्पनीले संकलन गरेको तथ्यांक प्रयोग गरेको कार्यालयले जनाएको छ । तर, ‘इम्माज डायरी’ ले भने आफूले तथ्यांक सुरक्षासम्बन्धी अभ्यासलाई नतोडेको दाबी गरेको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies