Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कोमामा फर्केका छोरालाई भेट्न आमा

काठमाडौँ । प्यूठानको गाउँमुखी–२ की ५३ वर्षीया पच्ची थापा बुहारी डोरमतीसँग आइतबार काठमाडौं आइपुगिन् । गाउँको सबभन्दा नजिकको परिचित बजार बाघदुला कटेर जिल्ला नछाडेका पच्ची र डोरमतीको पहिलो काठमाडौं यात्रा थियो । अाजककाे कान्तिपुर दैनिकमा याे खबर छ - आठ वर्षअघि मलेसिया गएका छोरा देवकुमार पाँच महिना (मार्च ३) अघि सडक दुर्घटनामा परी कोमामा पुगेका थिए । होसमा नआएका देवकुमारलाई लिनु थियो । ‘गाउँमा कोदो रोप्ने माचो छ । एक्लै आउने विचार गरेको थिएँ । तर आमा (पच्ची) ले मान्नुभएन,’ डोरमतीले भनिन्, ‘जेजस्तो भए पनि छोराको मुख हेर्छु भन्न थाल्नुभयो ।’ बेहोस छोरालाई लिएर अब पच्ची कहाँ जाउन् ? गाउँसम्म लैजाने स्थिति छैन । घर नजिकको स्वास्थ्यचौकीमा उपचार सम्भव छैन । जिल्ला अस्पतालले कोमामा बिरामी राखेर उपचार नहुने जानकारी दिएको छ । आठ वर्षअघि देवकुमार मलेसिया गएका थिए । चार दाजुभाइ, दुई बहिनी, बाबुआमा मात्रै रहेका घरमा डोरमती १५ वर्षको उमेरमा भित्रेकी थिइन् । त्यसपछि एक छोरा र एक छोरी जन्मिए । ‘सबैजना सगोलमै बस्थे । भाइबहिनी सानै थिए । बच्चाहरू पनि हुर्कन थाले । घर व्यवहार चलाउन गाह्रो भयो,’ डोरमतीले भनिन्, ‘उहाँ आफैंले मलेसियाको बाटो रोज्नुभयो ।’ देवकुमार सोमबार साँझ नेपाल एयरलाइन्समार्फत ७:१५ मा नेपाल आउने कार्यतालिका थियो । उनीहरूलाई प्यूठानबाट आएका आफन्त मित्र थापा र होमबहादुर थापा मगरले सोमबार बिहानै पशुपति मन्दिरको दर्शन गर्न लिएर गए । पशुपतिको एउटा छेउमा विदेशमा मृत्यु भएका एक जना नेपालीको शव जलिरहेको थियो । ‘आमा विदेशमा मृत्यु भएकालाई जलाउने ठाउँ यही हो,’ मित्रले पच्चीलाई देखाए । मित्रले पशुपतिको दर्शन गराएर सिधै त्रिभुवन विमानस्थलभित्र लगिदिए । बेलुका पच्ची र डोरमतीलाई विमानस्थल लैजाने योजना मित्रको थिएन । देवकुमारसँग अस्पतालमै भेट्टाउने उनको योजना थियो । ‘यस्तै जहाजबाट देवकुमार आउँछ,’ धावनमार्गमा भर्खरै अवतरण भइरहेको कतार एयरवेजको जहाज देखाउँदै मित्रले भने। ‘जहाजबाट ओर्लेर सिधै बाहिर आउन पाउँदैनन् । भित्र अपिस (अध्यागमन) बाट पास भएपछि मात्रै बाहिर आउन पाइन्छ,’ उनले भने । कीर्तिपुर बसेर अंग्रेजीमा स्नाकोत्तर गर्दैै गरेका भतिज होमबहादुरलाई सिनामंगलस्थित जहाजको म्युजियमबारे जानकारी थियो । उनले त्यस म्युजियममा लगेर जहाज चढाइदिए । उनीहरूले केही बोलेनन् । हेरिरहे मात्रै । ** साढे ७ बजे डाक्टरको मेडिकल स्कटिङसहित देवकुमार आइपुगे । देवको साथमा दुई जना नर्स र एक जना डाक्टर थिए । देवको उपचारका लागि झन्डै ५० हजार रिङगेट खर्च भएको थियो । दूतावासकै पहलमा उपचार खर्च मिनाहा भएको थियो । टिकट जुटेको थियो । प्रवासी नेपाली समन्वय समितिको संयोजनमा देवकुमारलाई वीर अस्पतालको ट्रमा सेन्टरमा लगियो । मलेसियाबाट आएको स्वास्थ्य टोलीले ट्रमा सेन्टरको इमर्जेन्सी विभागमा कार्यरत डाक्टरलाई देवको अवस्थाबारे ब्रिफिङ गरे । छेउमा रहेका पच्ची र डोरमती भने देवलाई एकोहोरो हेरिरहेका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies