Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खोपको सफल सञ्चालनबाट दर्जनौँ सरुवा रोगबाट मुक्ति मिलेको बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनिश्चितता जिल्ला मोरङ’ घोषणा कार्यक्रममा उनले सो कुरा बताउँदै यस कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्छ उनले भने । शारीरिक परिश्रम नगर्नेले रोगबाट छुटकारा पाउन शारीरिक व्यायाम तथा योग गर्नुपर्ने समय आएको चर्चा गर्दै सामाजिक विकास मन्त्री घिमिरेले रोगको स्रोतका रुपमा रहेको चर्पी र पानीलाई सफा राख्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए । प्रदेश नं १का प्रदेशसभा सदस्य जयराम यादवले खोपका कारण बाल मृत्युदर घटेकाले यसतर्फ सबैको ध्यान जानु जरुरी रहेको बताए । प्रस्तुत प्रतिवेदनमा मोरङमा २० हजार ७५ पाँच वर्षमुनिका बालबालिकामा १९ हजार ४७५ जनालाई पूर्ण खोप लगाइसकेको र यो जिल्ला खोपमा ९५ प्रतिशतभन्दा बढी लक्ष्य हासिल गरेको बताइएको छ । मोरङमा आठ गाउँपालिका, आठ नगरपालिका र एक महानगरपालिकासमेत गरी ३३३ वटा खोप केन्द्र रहेको र सन् २०१६ को स्वास्थ्य सर्वेक्षणमा यस जिल्लामा एक प्रतिशत बालबालिकाले कुनै पनि खोप प्रयोग नगरेको जनाइएको थियो । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ आयोजित सो कार्यक्रममा पूर्ण खोप सुनिश्चित घोषणा भएको जिल्लाको रूपमा आज ५५औँ स्थान पाउन सफल भएको र प्रदेश नं १ मा ११ वटा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भइसकेको खोप अधिकृत श्रेष्ठले जानकारी दिए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies