Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यी हुन् २१ औं विश्वकपका रोचक घटना

रुसमा भएको २१ औं संस्करण विश्वकप फुटबल सम्पन्न भएको छ । आइतबार राति फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलसँगै विश्वकप सम्पन्न भएको हो । अब फुटबलको महाकुम्भ २०२२ मा कतारमा हुने छ । यो पटकको विश्वकपमा विभिन्न ऐतिहासिक किर्तीमान कायम भएका छन् । नयाँ प्रविधि प्रयोगबाट सञ्चालन भएको प्रतियोगिता सम्झनलायक बनेको छ । योभन्दा पहिलो बन्न नसकेका थुप्रै रेकर्ड कायम भएका छन् । सम्पन्न विश्वकपमा २९ पटक पेनाल्टी प्रहार भयो । यो विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री, भिएआर प्रयोग पनि भयो । २१औं विश्वकपमा अरु के-के भयो ? रसियामा भएको २१औं विश्वकपमा भएका ६४ खेलमा १६९ गोल भयो । ती गोलका लागि सबै खेलमा गरेर ४९ हजार ६५१ पटक बल पास भयो । यी खेलमा २१९ वटा पहेँलो तथा चारवटा रातो कार्ड प्रयोग भयो । सबै भन्दा धेरै गोल गर्ने टिम बेल्जियम हो । उसले सात खेलमा १६ गोल गरेको छ । तर यसमा एउटा उपहार अर्थात आत्मघाती गोल पनि समावेश छ । तेस्रो भएको बेल्जियमले मात्रै ६ गोल खायो । यस्तै विश्व विजेता बनेको फ्रान्स र उपविजेता क्रोएसियाले समान १४ गोल गरे । फ्रान्सको १४ गोलमा दुईवटा उपहार गोल छन् । यस्तै चौथो भएको इंग्ल्याण्डले १२ तथा आयोजक रुसले ११ गोल गरेका छन् । खेलाडीको कुरा गर्दा इंग्ल्याण्डका ह्यारी केनले सर्वाधिक ६ गोल गरे र गोल्डेन बुट जिते । यस्तै फ्रान्सका एन्टोनी ग्रिजम्यानले चार गोल गरे भने दुई गोलका लागि सहयोग गरे । बेल्जियमका रोमेलु लुकाकुले चार गोल गरे, एक गोलका लागि सहयोग गरे । रुसका डेनिस चेरिशेभ, पोर्चुगलका क्रिष्टियानो रोनाल्डो, फ्रान्सका केलियन एमबाप्पेले समान चार चार गोल गरे । यो विश्वकपमा ११० खेलाडीले गोल गरे । प्रतियोगिताको बेस्ट अट्याकिङ्ग टिम क्रोएसिया रह्यो, उसले सात खेलमा ३५२ पटक अट्याकिङ्ग अटेम्पट गरेको फिफाले जनाएको छ । यस्तै राम्रो पास खेल्ने टिम इंग्ल्याण्ड हो, जसले सात खेलमा ३३ सय ३६ पास खेल्यो । डिफेन्समा सबैभन्दा अगाडि रहेको टिम क्रोएसिया नै हो, उसले ३०१ पटक डिफेन्स, ट्याकल र बचाउ गरेको छ । \"\" खेलाडीको कुरा गर्दा ब्राजिलका नेइमार गोलका लागि सबैभन्दा धेरै पटक प्रयास गर्ने खेलाडी हुन् । उनले २७ पटक गोलका लागि प्रयास गरे र दुई गोल तथा एक गोलका लागि सहयोग गरे । यस्तै धेरै दूरी दौडने खेलाडी क्रोएसियाका इभान पेरिसिक हुन् । उनले विश्वकपका सबै खेलमा गरेर ७३ किलोमिटर कभर गरे । विश्वकप फुटबलः फ्रान्सलाई उपाधिसहित ४ अर्ब, अरुले टिमले कति पाए ? यस्तै स्पेनका सर्जिओ रामोस एक्लैले ४८५ पास खेले । सबैभन्दा राम्रो बचाउ गर्ने गोलरक्षक बेल्जियमका थिबाउट कोउर्तोइस हुन् । गोल्डेन ग्लोभ अवार्ड पाएका उनले सात खेलमा २७ पटक सुन्दर बचाउ गरे । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies