Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

खोला बढ्दा मनाङ आउजाउमा समस्या

बेंसीसहर । लगातारको वर्षाले खोला बढ्दा सवारीसाधनलाई हिमाली जिल्ला मनाङ जानआउन समस्या भएको छ । खोला तर्न नसक्दा सवारीसाधन मनाङ जान छोडेका छन् । लमजुङ र मनाङ सिमानाको म्यार्दीखोला र तिमाङ नपुग्दैको तिमाङखोला बढ्दा सवारी साधन आउजाउमा समस्या भएको हो । चालकहरूका अनुसार म्यार्दीखोला र तिमाङखोला बढेर सवारी वारपार गर्न सकिएको छैन । म्यार्दीखोलामा निर्माणाधीन ‘बेलिब्रिज’ तोकिएको समयमा नसक्दा चालक तथा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । अाजकाे अन्नपुर्णपाेष्ट दैनिकमा याे खबर छ - तिमाङखोलामा भने पुल निर्माणको सुरसार छैन । तिमाङखोलामा पुल निर्माण गर्ने भन्दै २ वर्षअघि बेस राखिए पनि बाढीले बगाएपछि डिभिजन सडक कार्यालय दमौलीले पुनः निर्माण प्रक्रिया अघि बढाएको बताएको छ । तर, काम सुरु नभएको स्थानीयले बताएका छन् । बेंसीसहर–मनाङ सवारी चलाउँदै आएका सुरज मौरतीका अनुसार बेंसीसहरबाट करिब ३० किलोमिटरको च्याम्चेसम्ममात्रै मोटर चलाउन सम्भव छ । चालक सन्तोष थापाले खोलामा पानी बढेका कारण जिप मनाङ जाउआउमा समस्या भएको बताए । हिमाली जिल्ला मनाङमा मस्र्याङ्दी यातायात टान्सपोर्ट कम्पनी प्रालिले जिप चलाउँदै आएको छ । कम्पनीका कार्यालय प्रमुख जीवी घिमिरेले बर्खा लागेपछि १०÷१२ वटा मात्रै सवारी चलेको बताए । हिउँदमा भने कम्पनीकै ४० बढी सवारी चल्ने उनले बताए । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले डिभिजन सडक कार्यालयलाई म्यार्दी खोलामा छिटो पुल बनाउन घच्घच्याइरहेको बताए । डिभिजन सडक कार्यालय दमौलीका अनुसार पानीका कारण निर्माणमा समस्या आएको छ । म्यार्दीमा २ वटा ह्युमपाइप राखिएको र फेरि २ वटा राख्न बाँकी छ । सडकमा आउने समस्या तत्काल समाधान गर्न एउटा एक्स्काभेटर राखिएको छ । पुलको ७५ प्रतिशत काम सकिएको जनाइएको छ । ग्याल्बा–क्याराभान जेभीले पुल निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीले साउन पहिलो सातासम्म पुल निर्माण सक्ने गरी म्याद मागेको छ । उक्त पुल भ्याटबाहेक २ करोड ५ लाख १७ हजार ८ सय ६९ रुपैयाँमा निर्माण हुन लागेको हो । २४ मिटर लम्बाइ र तत्काल ४ मिटर (सिंगल लेन) को पुल निर्माण हुँदै छ । डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीका अनुसार म्यार्दीखोलामा पुल निर्माण सकेपछि तिमाङखोलाको पुल निर्माण हुनेछ । पुल निर्माण भइरहेको म्यार्दीखोला लमजुङको बेंसीसहरबाट ३५ र मनाङको चामेबाट ३० किलोमिटर दूरीमा पर्छ । ०६४ मा नेपाली सेनाले सडक निर्माण गर्दा बनाएको काठेपुल ०७२ जेठमा भाँचिएको थियो । त्यसपछि डिभिजन सडक कार्यालय दमौलीले ‘स्टिल गार्डर ब्रिज’ राखेकोमा उक्त पुल १ महिनापछि असार ३१ गते म्यार्दीखोलामा आएको भीषण बाढीले बगाएको थियो । पुनः काठेपुल निर्माण गरी सवारी आवतजावत गराइएकोमा बेलिब्रिज बनाउँदा त्यो पनि भत्काइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies