Khabar Dabali Logo
  May 20, Mon

नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज

काठमाडौं । पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्‍याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए ।

आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो । पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको उच्च स्रोतले बतायो ।

‘केन्द्रीय सदस्यलाई २ वटा स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने व्यवस्था विधानमा गरिएको छ’, स्रोतले भन्यो । केन्द्रीय सदस्यको संख्या ४ सय ४१ बनाइएपछि सबै केन्द्रीय सदस्यलाई भूगोलको जिम्मा दिन स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने तयारी गरिएको नेताहरूले बताएका छन् ।

पूर्ववत् एमालेका केन्द्रीय सदस्यले भने यसलाई ‘घटुवा’ का रूपमा व्याख्या गरेका छन् । उनीहरूले सचिवालयका नेतासामु यस्तो व्यवस्था नगर्न सुझाव दिएको बताएका छन् ।

‘विगतमा जिल्लास्तरीय नेताले पाउने गरेको जिम्मेवारी केन्द्रीय सदस्यलाई दिनु उपयुक्त होइन’, नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘यो व्यवस्थाले जिल्ला कमिटी अध्यक्ष ठूलो कि केन्द्रीय सदस्य भन्नेमा विवाद हुन्छ र काम गर्न पनि गाह्रो हुन्छ ।’

केन्द्रीय सदस्यको जिम्मेवारी ‘घटुवा’ नगर्न सचिवालयका नेताहरूको ध्यानाकर्षण गराउन खोज्दा कसैले पनि फोन नउठाएको पूर्ववत् एमालेका केन्द्रीय सदस्यहरू बताउँछन् । सचिवालय सदस्य वामदेव गौतमको प्रस्तावअनुसार विधानमा यस्तो व्यवस्था गरिएको नेताहरू बताउँछन् ।

विधानमा केन्द्रीय सदस्यलाई प्रदेश कमिटीमा बस्न नपाउने व्यवस्था पनि गरिएको छ । स्रोतका अनुसार ‘एक व्यक्ति एक पद’ को सिद्धान्तअनुसार केन्द्रीय सदस्यलाई प्रदेश कमिटीको दोहोरो जिम्मेवारी नदिने तयारी भइरहेको छ । प्रदेश कमिटीमा पार्टीका जिल्ला अध्यक्ष पनि बस्न नपाउने व्यवस्था गरिएको छ । यसले प्रदेश कमिटीको प्रमुख वा उपप्रमुख कोही पनि केन्द्रीय सदस्य बन्न नपाउने स्पष्ट भएको छ । यसअघि पूर्ववत् एमाले जिल्ला कमिटीका अध्यक्ष र पूर्वअध्यक्ष प्रदेश कमिटीका सदस्य हुन्थे भने प्रदेश कमिटीको सचिवालयमा केन्द्रीय कमिटी सदस्य रहन्थे ।

‘प्रदेश कमिटीमा नयाँ व्यक्तिले स्थान पाउने र कार्यकर्ताको व्यवस्थापन गर्न पनि सहज हुने भएकाले यस्तो व्यवस्था गरिएको हो’, सचिवालयका एक नेताले भने । नेकपाले प्रदेश कमिटी सदस्यको संख्या भने फरक फरक बनाउने निर्णय गरिसकेको छ । केन्द्रीय सदस्यलाई स्थानीय तहको जिम्मेवारी दिएपछि पोलिटब्युरो सदस्यले जिल्ला इन्चार्जको जिम्मेवारी पाउनेछन् ।

असार ३२ गते, २०७५ - ०८:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

काठमाडौं । समाचार संकलनका क्रममा म मन्त्रालय ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय’ पुगेको थिएँ...   

चाणक्यका १५ भनाई –मनन गर्नुहोस्, जिवन हराभरा हुन्छ

१. कुनै काम शुरु गर्नु भन्दा पहिला तीन वटा सवाल जरुर सोध्नुहोस् । म यो किन गर्न गइरहेको छु ? यसबाट के...   
कण्डमका रोचक किस्सा यस्ता छन्

कण्डमका रोचक किस्सा यस्ता छन्

काठमाडौं । यौनकार्य गर्दा गर्भ नबसोस् भन्ने उद्देश्यले पुरुषले प्रयोग गर्ने कण्डम सबैभन्दा पहिला...   

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : ओनसरी

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको...   
आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने...   
सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

एजेन्सी । हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ। शनिवार संसदमा सुपुरर्दगी सम्बन्धमा...   
डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

काठमाडौं । बिहीवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा...   
पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा । अवतरणका क्रममा पोखरा विमानस्थलमा एउटा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो...   

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी ५ व्यवहार

संसारभरि नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले...   

आज सरकारको नीति कार्यक्रम पारित हुँदै –प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ। दुबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top