Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यी हुन् क्रोएसियाले विश्वकप जित्न सक्ने कारण

आज २१ औं संस्करण विश्वकप अन्तर्गतको अन्तिम दिन, अर्थात आज उपाधि भिडन्त । ट्रफि प्राप्त तथा नयाँ इतिहास कोर्नका लागि पूर्व विजेता फ्रान्स र पहिलो पटक फाइनल पुग्न सफल क्रोएसिया भिड्ने छन् । खेल नेपाली समय अनुसार साँझ ८ः४५ (पौने ९) बजे हुने छ । विश्वकप सुरु भएको बेला तथा त्योभन्दा पहिलो क्रोएसियाले यहाँसम्मको यात्रा गर्ला भन्ने कमैले सोचेका थिए । तर उसले उपाधिका दाबेदार मानिएका ब्राजिल, अर्जेन्टिनालगायत बलिया टिमलाई हराउँदै फाइनलको यात्रा तय गर्यो । अहिले क्रोएसियाका समर्थक ह्वात्तै बढेका छन् भने उसले नै यो पटकको उपाधि जित्छ भने आंकलन पनि गरिरहेका छन् । यदि क्रोएसियाले विश्वकप जित्न सक्छ भने कारण केत ? हो त्यहि कारण पनि सार्वजनिक भएका छन् । फिफा डट कमका लागि क्रोएसियाका टिम पत्रकारले क्रोएसिया उपाधि जित्न सक्ने कारण प्रस्तुत गरेका छन्ः १. एक चामत्कारिक सामूहिकता र उच्च प्रेरणा क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिकले केही उत्कृष्ट काम गरेका छन् । टिमको वातावरण अहिलेजस्तो राम्रो कहिले थिएन, यो खेलाडीले बारम्बार भन्ने गरेको कुरा हो । यो विश्वकपमा उनीहरुले टिममा साँच्चै परिवारको वातावरण पाएका छन् र महसुश गरेका छन् । उनीहरु ५२ दिनदेखि साथमा छन् । खेलाडी एकअर्काका लागि मर्न पनि तयार रहेको देखिन्छन्, मैदानमा उनीहरुले देखाएको प्रयास हेर्दा । लगातार तीन खेलमा अतिरिक्त समयसम्म खेल्दा पनि उनीहरुले सामूहिक रुपमा उपल्लोस्तरको जित निकाल्न लालायित देखिन्छन् । २. मनोवैज्ञानिक सबलता र आचरण डेनमार्क, रुस अनि इंग्ल्याण्ड यी तीन देश हुन्, जसले सुरुमा अग्रता लिएर पनि हार बेहोरे । यी तीनै देशसँग सुरुमा पछि परेर पनि जित निकाल्ने टिम हो, क्रोएसिया । डेनमार्क र रुससँगको खेलमा उसले पेनाल्टी सुटआउटमा जित्यो । इंग्ल्याण्डसँगको खेलमा भने अतिरिक्त समयको गोलले जित निकाल्न सफल भयो । क्रोएसिया ‘कमव्याक किङ्ग’ को रुपमा उदायो । यसमा खेलाडीको देखाएको मनोवैज्ञानिक तथा शारीरिक सबलताको भूमिका महत्वपूर्ण छ । कप्तान लुका मोड्रिकले बारम्बार भन्ने गरेका छन्, ‘हामीले हाम्रो आचरण प्रस्तुत गरेका छौँ ।’ क्रोएसियाको यहि असल आचरण फ्रान्ससँगको फाइनलमा उनीहरुको बलियो हतियार बन्ने देखिन्छ । विश्वकपको इतिहासमा हरेक विश्व विजेता टिमको आचरण उच्च रहेको छ । ३. अनुभव र आत्मविश्वास मोड्रिक क्रोएसियाको यो स्वप्न पुस्ताका नेतृत्वकर्ता हुन् । रियल मड्रिडका यी स्टार खेलाडी बाहरे डालिकको टिममा अरु पनि स्टार खेलाडी छन्, जसमा बार्सिलोना, इन्टर मिलान, युभेन्टस र लिभरपुलका खेलाडीहरु इभान रेकिटिक, मारियो मान्जुकी, इभान पेरिसिक, मातेओ कोभाकिक र डिजेन लोभ्रेन पर्छन् । टिममा रहेका खेलाडीको औसत आयु २७ वर्ष १० महिना हुन आउँछ, यो टिमसँग धेरै अनुभव छ र त्यो भन्दा ठूलो कुरा आत्मविश्वास छ । टिमका सबैले प्लेइङ्ग लाभेनमा स्थान बनाएका छन् । टिमका सबै खेलाडी आफ्नो क्षमताबारे जानकार छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies