Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

जेलमा पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरीलाई कस्ता सुविधा ?

पाकिस्तान । स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ ।

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ शरिफले १० वर्ष जेल सजाय पाएका छन् भने मरियमलाई सात वर्षको जेल सजाय सुनाइएको छ । अधिकारीहरूका अनुसार स्वास्थ्य परीक्षण गरिएपछि बुवा छोरीलाई छुट्टा-छुट्टै जेल पठाइएको थियो । नाम उल्लेख नगर्ने शर्तमा रावलपिण्डीस्थित अडियाला जेलका एक अधिकारीले अरू कैदीसरह शरिफ र मरियमले पनि कैदीको पोशाक लगाउनुपर्ने हुन्छ । उनका अनुसार जेलमा नियमित बाहेक अरू सुरक्षा निकायका अधिकारीहरूलाई पनि खटाइएको छ । शरिफ र मरियमले चाहेमा कैदीको पोशाक आफैँले पनि बनाउन लगाउनसक्ने जेलका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार पूर्वप्रधानमन्त्री भएको नाताले शरिफलाई \'ए श्रेणी\' र मरियमलाई \'बी श्रेणी\' को कैदीका रुपमा राखिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तका ४२ जिल्लामध्ये दुई जिल्ला (बहावलपुर र रावलपिण्डी) का जेलमा मात्रै कैदीले \'ए श्रेणी\' को सुविधा पाउने व्यवस्था छ । \'सी श्रेणी\'मा हत्या, चोरी, लुटपाट र झैझगडा लगायतका अपराधमा सजाय पाएकाहरूलाई राख्ने गरिएको छ । झैझगडामा संलग्न तर प्रतिष्ठित परिवारको भएका कैदीहरूलाई चाहिँ \'बी श्रेणी\' अन्तर्गत राख्ने चलन छ । जेल अधिकारीहरूका अनुसार \'ए श्रेणी\' अन्तर्गत उच्च सरकारी अधिकारीहरू बाहेक पूर्वसंघीय मन्त्री र विगतमा बढी कर तिर्ने गरेकाहरूलाई राख्ने गरिएको छ । \'ए श्रेणी\' अन्तर्गत राखिने कैदीलाई बस्नका लागि दुईवटा कोठा दिइन्छ । त्यसमा ओछ्यान, एसी, फ्रीज र टीभीका साथै भान्सा पनि हुन्छ । \'ए श्रेणी\' का कैदीले जेलको खानाको सट्टा आफैँले पकाएर पनि खान पाउँछन् । त्यसबाहेक उनीहरूले काम गर्ने दुईजना कैदी पनि पाउँछन् । \'बी श्रेणी\' का कैदीले चाहिँ एउटा कोठा र काम गर्ने एउटा कैदी पाउँछन् । जेल अधिकारीले चाहेमा कामका लागि अर्को कैदी पनि उपलब्ध गराउनसक्छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies