Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बलियो फ्रान्स, नौलो क्रोएसिया

काठमाडौँ । फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ को फाइनलमा आइतबार फ्रान्स र क्रोएसिया भिड्दै छन् । दाबेदार मानिएका अधिकांश ठूला टोलीले अपेक्षित प्रदर्शन गर्न चुकेको यस प्रतियोगितामा फाइनल पुगेका दुवै फ्रान्स र क्रोएसिया भने अपराजित छन् । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - आइतबार मस्कोस्थित लुजनिकी रंगशालामा क्रोएसिया पहिलो फाइनलमै उपाधि हत्याउने दाउमा छ भने फ्रान्स सन् २००६ को पीडा बिर्साउँदै दोस्रो उपाधि जित्ने लक्ष्यमा छ । १२ वर्षअघि इटालीसँग टाइब्रेकरमा पराजित फ्रान्सले सन् १९९८ मा ब्राजिललाई ३–० ले हराउँदै पहिलो विश्वकप उपाधि जितेको थियो । फ्रान्सले फाइनलसम्म यात्रा तय गर्दा समूह ‘सी’ बाट तीन खेलमा २ जित र १ बराबरी खेलेको थियो । यसपालि विश्वकपमा भित्र्याइएको भिडियो असिस्टेन्ट रेफ्री (भार) को पहिलो फाइदा पनि फ्रान्सले नै पाएको थियो । समूहको पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध रेफ्रीले भारको प्रयोग गरेर प्रारम्भिक निर्णय उल्टाउँदै फ्रान्सलाई पेनाल्टी दिएका थिए । समूहको शीर्षस्थानमा रहेको फ्रान्सले अन्तिम १६ मा अर्जेन्टिनालाई ४–३ ले हराएको थियो । आइसल्यान्डले बराबरीमा रोकेको अर्जेन्टिनालाई क्रोएसियाले ३–० ले हराउँदै कठिन परिस्थितिमा उभ्यायो । नाइजेरियालाई अन्तिम खेलमा २–१ ले हराउँदै समूह चरण पार गरे पनि अर्जेन्टिना फ्रान्ससमक्ष निरीह बन्यो । फ्रान्सले क्वाटरफाइनलमा उरुग्वेलाई २–० र सेमिफाइनलमा फ्रान्सलाई १–० ले हराउँदै फाइनल यात्रा तय गरेको हो । क्रोएसियाले भने समूह ‘डी’ मा रहँदै तीनै खेल जित्दै नकआउट चरण पक्का गरेको थियो । त्यसपछि लगातार तीन नकआउट खेल अतिरिक्त समय खेल्दै पार गर्ने क्रममा क्रोएसियाले डेनमार्क र रुसलाई टाइब्रेकरमा पन्छायो । सेमिफाइनलमा भने क्रोएसियाले इंग्ल्यान्डमाथि २–१ को जित दर्ता गर्‍यो । उतारचढावले भरिपूर्ण विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी समूहको पुछारमा रहेर घर फर्कनु अस्वाभाविक नतिजा थियो । पहिलो खेलमा नै मेक्सिकोसँग १–० ले पराजित जर्मनीले दोस्रो खेलमा स्विडेनलाई अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै हरायो । तर एसियाली टोली दक्षिण कोरियासँग २–० ले पराजित हुँदै जर्मनी समूह चरणमै घर फर्कियो । यसअघि सन् २०१० र २०१४ को संस्करणमा पनि डिफेन्डिङ च्याम्पियन इटाली र स्पेनले समूह चरण पार गर्न सकेका थिएनन् । आयोजक रुसले क्वाटरफाइनलसम्म यात्रा तय गर्ने क्रममा राम्रो प्रदर्शन गर्‍यो । घरेलु मैदानमा पहिलो दुई खेल सहजै जितेको रुस तेस्रो खेलमा भने उरुग्वेसँग २–० ले पराजित भएको थियो । अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई टाइब्रेकरमा पन्छाएको रुसले क्रोएसियालाई भने टाइब्रेकरमै नतिजा सुम्पियो । उपाधि दाबेदार मानिएको अर्को टोली ब्राजिल क्वाटरफाइनल चरणमा उदाउँदो बेल्जियमको सिकार बन्यो । अघिल्ला खेलमा लगातार जित हासिल गरेको पाँचपल्टको च्याम्पियन ब्राजिलले बेल्जियमसँग आक्रामक फुटबल खेले पनि गोल निकाल्न सकेन । यसपालि एसियाली राष्ट्रका लागि पनि सकारात्मक पक्ष धेरै रहे । जापान समूह उपविजेता हुँदै दोस्रो चरणमात्र पुगेन, बेल्जियमविरुद्ध अन्तिम १६ मा २–० को अग्रता लिँदै जापानले अन्तिम समयमा नतिजा सुम्पियो । दक्षिण कोरिया, इरान र साउदी अरेबियाले आ–आफ्नो समूहमा जित दर्ता गर्दै तेस्रो स्थानमा रहे । अस्ट्रेलियाले पनि अन्तिम खेलमा अंक जोड्न सफल रह्यो । यसपल्ट कुनै पनि अफ्रिकी राष्ट्रहरूले समूह चरण पार गर्न सकेनन् । सेनेगल समान अंक र गोल अन्तरका कारण अनुशासनको अंकका आधारमा जापानभन्दा पछाडि रहेर घर फर्कियो । इजिप्ट र मोरक्को समूहको पुछारमा रहँदा टयुनिसिया र नाइजेरिया पनि समूह चरणबाट नै घर फर्किए । दक्षिण अमेरिकी राष्ट्रको हकमा समग्रमा प्रदर्शन खराब नै रहयो । सेमिफाइनलमा कुनै टोली पुग्न नसकेको दक्षिण अमेरिकाको क्वाटरफाइनलमा उरुग्वे र ब्राजिलमात्र पुग्न सके । कोलम्बिया र अर्जेन्टिना नकआउट चरणको पहिलो खेलमा नै असफल भए । व्यक्तिगत रूपमा पनि स्टार खेलाडी जन्माउने यस क्षेत्रका लागि लियोनल मेसी, नेयमर, लुइस स्वारेजलगायत खेलाडी सफल हुन सकेनन् । उरुग्वेका एडिन्सन काभानी अन्तिम १६ मा घाइते हुनु दु:खद रहयो । उनकै प्रदर्शनमा उरुग्वेले क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगललाई अन्तिम १६ मै रोकेको थियो । रोनाल्डोले समूह चरणमा स्पेनविरुद्ध हयाट्रिकसहित विजयी सुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन सकेनन् । यसपालि विश्वकपमा ४२ प्रतिशत गोल सेट पिसबाट निस्किए । सेमिफाइनल सकिँदासम्म भएका ६२ खेलमा ६८ गोल सेट पिसबाट सम्भव भएका छन् । सन् १९९८ मा भएको ६२ गोलको कीर्तिमान यस पटक तोडिएको छ । भारका कारण पेनाल्टी गोलमा पनि नयाँ कीर्तिमान नै बन्यो । भारको प्रवेशसँगै अफसाइड गोलसम्बन्धी विवाद अन्त्य हुने धारणा फिफाको रहे पनि समर्थकमाझ भने यसले खेलको लयलाई असर गरेको भन्ने आरोप रहयो । फाइनलअघि एक संयोगले पनि खेललाई थप रोमाञ्च पुग्ने अपेक्षा गर्न सकिन्छ । सन् १९५८ मा ब्राजिलले पहिलो पल्ट विश्वकप उपाधि जितेको थियो भने त्यसको २० वर्षपछि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो लोगोमा तारा थप्यो । सन् १९९८ मा फ्रान्सले घरेलु मैदानमै पहिलो विश्वकप उपाधि जितेको थियो । क्रोएसिया सन् २०१८ मा उपाधि आफ्नो नाम गर्ने लक्ष्यसाथ मैदान छिर्नेछ । यता फ्रान्स सन् २०१६ मा घरेलु मैदानमा भएको युरोपेली च्याम्पियनसिपको फाइनलमा पराजित हुनुको पीडा विश्वकप उपाधि जितेर भुलाउने प्रयासमा हुनेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies