Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विश्वकपसँगै खेलाडी किनबेचको चर्चा

लन्डन । जारी विश्वकप समापनतर्फ लम्कँदै गर्दा उपाधिको लागि बचेका अन्तिम टोलीहरूबीच मैदानमा चर्काे प्रतिस्पर्धा छ । उपाधिका लगि हुने चर्काे प्रतिस्पर्धाले समर्थक पनि उत्साही छन् । उपाधिका लागि खेलाडीबीच हुने तँछाडमछाडसँगै यो विश्वकपले अन्तर्राष्ट्रिय क्लब फुटबलमा खेलाडी किनबेचले बजारलाई पनि उत्तिकै तताएको छ । विश्वकपमा आफ्नो टोली अघिल्लो चरणबाटै बाहिरिएपछि फुर्सदिला देखिएका खेलाडीहरू नयाँ सिजनका लागि राम्रा क्लबको खोजीमा देखिएका छन् । यसैगरी ठूला क्लबहरू पनि विश्वकपमा खेलाडीको प्रदर्शन र क्षमतामाथि उत्तिकै आँखा लगाएर बसेका छन् । कतिपय खेलाडीले त ठूलो रकम लिएर अनुबन्ध सुरक्षित पनि गरेका छन् । कतिपय खेलाडी भने अझै क्लबहरूसँगको कुराकानीमा व्यस्त छन् । यही मेसोमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टसतर्फ लागेका छन् । रोनाल्डोको टोली पोर्चुगल जारी विश्वकपको प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरिएको थियो । युरोपको च्याम्पियन टोलीको हैसियतमा विश्वकप खेल्न रुस पुगेको पोर्चुगल दक्षिण अमेरिकी टोली उरुग्वेसँग पराजित हुँदै अन्तिम १६ बाट घर फर्किएको थियो । त्यसलगत्तै रोनाल्डो आफूले झन्डै नौ वर्ष बिताउँदा प्रशस्तै सफलता हात पारेको क्लब रियल छाडेर युभेन्टस जाने योजनामा व्यस्त भए । निरन्तरको छलफलपछि उनले युभेन्टससँग आगामी चार वर्षका लागि नयाँ सम्झौता गरेका छन् । रोनाल्डोलाई युभेन्टससँगको सम्झौता सम्भव बनाउन दुई क्लबले ११ करोड २० लाख युरोको सम्झौता गरेका छन् । रियल म्याड्रिडबाट पछिल्लो पाँच सिजनमा चार र पछिल्लो तीन सिजन लगातार युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका रोनाल्डो पाँच पटकका फिफा वर्ष खेलाडी पनि हुन् । यसैगरी विश्वकपमा आफ्नो टोली क्वार्टरफाइनल चरणबाटै बाहिरिएपछि घर फर्किएका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ सुपरलिग क्लब गोन्जाउ एभरगाडतर्फ लागेका छन् । गत सिजन बार्सिलोनासँग आबद्ध भएका पाउलिन्हो आफ्नो पूर्वक्लब एभरगाड फर्किएका हुन् । २९ वर्षीय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा चार वर्षका लागि अनुबन्ध गरेको थियो । तर, पाउलिन्होले एक सिजन मात्र बार्सिलोनामा बिताए । बार्सिलोनाबाट पाउलिन्होले यो सिजन ला लिगा र कोपा डेल रेको उपाधि जिते । नेमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेचेलगत्तै बार्सिलोनाले उनकै देशका पाउलिन्हो भित्र्याएको थियो । यता रोनाल्डोलाई बेचेपछि रियलले उनको स्थानमा जारी विश्वकपमा चलेकै खेलाडी भित्र्याउने प्रयास गरिरहेको छ । त्यसका लागि उसले फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे र ब्राजिलियन नेमारलाई भित्र्याउने इच्छा देखाएको छ । यी दुवै खेलाडी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का हुन् । रियलको आँखा इङ्लिस क्लब लिभरपुलका इजिप्सियन खेलाडी मोहम्मद सलाहमाथि पनि परेको छ । आफ्नो टोली विश्वकपबाट बाहिरिसकेकाले सलाह र नेमार फुर्सदमा छन् । एमबाप्पेको टोली फ्रान्स भने जारी विश्वकपको फाइनलमा पुगेको छ । यसका साथै अन्य धेरै खेलाडी पनि क्लब फुटबलको नयाँ सिजन सुरु हुनै लाग्दा नयाँ क्लबसँग अनुबन्धका लागि प्रयास गरिरहेका छन् । जारी विश्वकपमा ३२ देशका सात सय ३६ खेलाडीले सहभागिता जनाएका छन् । त्यसमध्ये बुधबारसम्म तीन देशका गरी ६९ खेलाडी मात्रै अझै प्रतिस्पर्धामा जुटिरहेका छन् । प्रतियोगिताको उपाधि होडबाट बाहिरिइसकेका ६ सय ६७ खेलाडीले पनि आफूसँग आएको राम्रा प्रस्तावमाथि छलफल गरिरहेका हुन सक्छन् । प्रतियोगितामा टिकिरहुन्जेल यी ६९ खेलाडीका लागि भने नयाँ क्लबसँगको अनुबन्ध प्रयास केही ढिला हुने निश्चित देखिएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies