Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

थाई गुफा संग्रहालय बनाउने, उद्धारबारे फिल्म पनि बनाउने

दुई सातासम्म १२ जना बालकहरू र उनीहरूका एकजना फुटबल प्रशिक्षक फसेको उत्तरी थाईल्याण्डको ताम लुङ्ग गुफालाई अब संग्रहालयमा परिणत गरिने अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार त्यहाँ कसरी उद्धार कार्य सम्पन्न गरियो भनेर देखाइनेछ । कम्तीमा दुई कम्पनीले त्यसको कथा फिल्ममार्फत् समेत देखाउने प्रयास गरेका छन् । उद्धार गरिएका बालक तथा उनीहरूका प्रशिक्षक अहिले अस्पतालमा उच्च मनोबलका साथ स्वास्थ्यलाभ गरिरहेका छन् र उनीहरूको स्वास्थ्य जाँच एक सातासम्म चल्नेछ । थाई जल सेनाले उद्धारको नाटकीय भिडिओ सार्वजनिक गरेको छ । त्यसमा जोखिम मोलेर उद्धारकर्ताहरूले कसरी त्यो काम सफल पारे भन्ने देखाइएको छ । ताम लुङ्ग थाईल्याण्डको एउटा विशाल गुफा संयन्त्र भइकन पनि त्यस क्षेत्र निकै अविकसित भएका कारण पर्यटकहरू खासै जाँदैनन् । \'\'यस क्षेत्र अब जीवित संग्रहालयको रूपमा रहनेछ,\'\' पूर्व गभर्नर एवं उद्धारकार्य प्रमुख नारोङ्साको सोटानोकर्नले पत्रकार सम्मेलनमा भने, \'\'एउटा अन्तरक्रियात्मक तथ्यांक भण्डार खडा गरिनेछ। यो अब थाईल्याण्डको अर्को महत्वपूर्ण आकर्षणको रूपमा रहनेछ ।\'\' यद्यपि प्रधानमन्त्री प्रायुथ जनोचाले गुफाभित्र र बाहिर पर्यटकहरूलाई सुरक्षित राख्ने सावधानीका उपायहरू अपनाइनुपर्नेमा जोड दिएका छन् । उद्धारकार्य सम्पन्न हुनुअगावै प्रेरणादायी इसाई चलचित्रहरू बनाउने अमेरिकी फिल्म निर्माता कम्पनी प्योर फ्लिकले आफ्ना निर्माताहरू त्यस क्षेत्रमा पुगेर उद्धारकर्ताहरूसँग आफ्नो सम्भावित फिल्मको लागि अन्तर्वार्ता गरिराखेको बताएका थिए । तर लस एन्जलसको अर्को कम्पनी इभान्होई पिक्चर्सले भने आफूहरूलाई थाई सरकार र नौसेनाले फिल्म निर्माणका लागि ‌औपचारिक रूपमा छानेको बताएका छन् । गुफामा फसेको समुहका सबै जनालाई अहिले उद्धार गरिएको छ र उनीहरू अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनीहरूका पीडा र उनीहरूलाई बाहिर निकाल्न तीन दिन निरन्तर चलाइएको कारबाहीले विश्वको ध्यान तानेको थियो । ती १२ बालक र उनीहरूका प्रशिक्षक जुन २३ मा उक्त गुफामा गएका थिए । तर भीषण वर्षाका कारण गुफाभित्र बाढी पसेपछि उनीहरू त्यहिँ फसेका थिए । ब्रिटेनका गोताखोरहरूले उनीहरूलाई नौ दिनपछि फेला पारेका थिए । दर्जनौं गोताखोर र सयौं अरू उद्धारकर्ताहरू परिचालन गरी अन्तत: उनीहरूलाई सकुशल बाहिर निकालिएको थियो । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies