Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तटीय क्षेत्रमा बाढीको त्रास

कञ्चनपुर । गत साताको वर्षाले महाकाली नगरपालिका–१० आम्भोजको बहेती टोल डुबानमा पर्‍यो । घरभित्र पानी पसेपछि स्थानीयले छतमा रात बिताए । डुबान घटेपछि मात्रै घर पस्न पाए । महाकाली नगरपालिकाकै टापु मानिन्छ, जोगबुढा पारिको कुतियाकभर । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - बर्सेनिको डुबान र कटानले स्थानीय पिरोलिएका छन् । बस्ती डुब्दा नजिकमा आश्रय लिन सुरक्षित ठाउँकै अभाव छ । आश्रय लिन भारतीय गाउँमा नगई सुख छैन । जोगबुढा नदीमा यसै वर्ष झोलुंगे पुल निर्माण भए पनि पुलको दुवैतर्फ डुबान हुने भएकाले वर्षातमा आउजाउ गर्न कठिन छ । महाकालीमा बाढी आउँदा कुतियाकभरवासीलाई जोगबुढाको पानी बस्तीमा पस्ने डरले सधैं तर्साइरहन्छ । महाकाली किनारमा निर्माणाधीन तटबन्धको काम सम्पन्न नभएकाले कहाँबाट नदीको भेल बस्तीमा पस्छ भन्ने चिन्ता सधैं रहन्छ । ‘हामी त जहिल्यै बाढीको त्रासमा हुन्छौं,’ महाकाली नगरपालिका–१० कुतियाकभरकी रीतु सिजापतिले भनिन्, ‘जोगबुढा र महाकाली दुवै नदीको बाढी बस्तीमा पसेपछि भाग्ने ठाउँ पनि हुँदैन ।’ यी दुई बस्ती मात्रै होइनन्, सिंगो महाकाली नगरपालिका डुबान र कटानको उच्च जोखिममा छ । गत वर्ष सम्पन्न तीनवटै तहको निर्वाचन प्रचारका लागि त्यहाँ पुग्ने उम्मेदवारसँग स्थानीयले महाकाली र जोगबुढा नदीमा स्थायी तटबन्ध निर्माणको माग राखेका थिए । वर्षाैं पहिले बनेको तटबन्ध पुरानो र जीर्ण भएकाले जतिबेला र जहाँबाट पनि महाकालीको भेल बस्तीमा पस्ने खतरा रहेको स्थानीयले बताए । ‘ठाउँ–ठाउँमा तटबन्ध जीर्ण छ, जतिबेला पनि भत्किन सक्छ,’ महाकाली नगरपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले भने, ‘जोगबुढातिर पनि त्यत्तिकै जोखिम छ ।’ जोगबुढा नदीका कारण बडुवाल टोल, कञ्चभोज र कुतियाकभर बर्सेनि डुबानमा पर्छन् । २०७० मा तटबन्ध भत्काएर महाकालीको बाढी साबिकका दोधारा–चाँदनी गाविसको बस्ती क्षेत्रमा पसेको थियो । त्यतिबेला धेरै परिवार विस्थापित भए । फेरि पनि त्यही अवस्था आउन सक्ने भन्दै स्थानीय चिन्तित छन् । महाकाली किनारमा तटबन्ध निर्माण सुरु भए पनि त्यो भरपर्दाे नभएको उनीहरूले बताए । ‘अहिले पनि तटबन्ध निर्माणको काम चलिरहेको छ,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘वर्षातमा निर्माण भइरहेको तटबन्ध कत्तिको दिगो र भरपर्दाे होला ?’ जनताको तटबन्ध कार्यालयले तटबन्ध निर्माण र मर्मतको काम गरिरहेको छ । वैशाखमै काम सकिनुपर्ने भए पनि बजेट अभावले काममा ढिलाइ भएको छ । झोलुंगे पुल नजिक जोखिम बढी भएकाले त्यहींबाट बाढी बस्तीमा पस्ने खतरा रहेको स्थानीयले बताए । ‘झोलुंगे नजिक जोखिम बढी छ,’ स्थानीय टेकबहादुर सुनारले भने, ‘यहाँबाट नदी बस्ती पसेमा सिंगो नगरपालिका डुबानमा पर्छ ।’ महाकालीवारिको भीमदत्त नगरपालिकाका ११, १२ र १३ नम्बर वडा पनि बाढीको उच्च जोखिममा छन् । महाकालीमा बाढी आउँदा यहाँका बासिन्दा त्रसित हुन्छन् । गत सोमबार र मंगलबार आएको बाढीले ओदाली नजिकै तटबन्धको स्पर बगाएपछि त्रास झनै बढेको छ । ‘समयमै मर्मत नगरिए यहींबाट बाढी बस्तीमा पस्ने खतरा छ,’ स्थानीय दीपक विकले भने, ‘तटबन्ध पुरानो भएकाले कटानको जोखिम छ ।’ उक्त क्षेत्रका केही ठाउँमा तटबन्ध निर्माण र मर्मतको काम चलिरहेको छ । वर्षातमा भइरहेको उक्त कामको गुणस्तरीयताप्रति स्थानीय विश्वस्त छैनन् । २०७० मा भीमदत्त नगरपालिकाको भुजेला, ओदाली र पिपरैया क्षेत्रमा महाकालीको बाढी पसेको थियो । तटबन्ध भत्काएर बस्तीमा पसेको बाढीले कैयौं परिवारको उठीबास भयो । खेतीयोग्य जमिन कटान गरेर बगर बनायो । त्यतिबेला भारतीय पक्षले पूर्वजानकारीबिना नै धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधमा रहेका ढोका खोल्दा ठूलो क्षति भएको थियो । गत साता पनि धौलीगंगाको बाँध खोल्ने सूचना पाउँदा नदी किनारका बासिन्दा निकै चिन्तित देखिए । प्रहरीले माइकिङ गरी सचेत रहन र सावधानी अपनाउन भनेको थियो । कतिपय तटीय क्षेत्रका बासिन्दा त त्यो राति निदाउनै सकेनन् । ‘धन्न केही क्षति भएन,’ स्थानीय दीपक थापाले भने, ‘अहिले ठूलो क्षति नभए पनि बर्खा बाँकी नै भएकाले बाढी बस्तीमा पस्ने खतरा टरेको छैन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies