/  Thu, December 13, 2018

बैंकका शाखा साढे छ हजार पुग्यो

काठमाडौँ, २७ असार । चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ६ हजार ४१८ पुगेको छ । आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैंकका शाखा दुई हजार ९१९ पुगेको जानकारी दिए। उनका अनुसार विकास बैंकको ९५१, वित्त कम्पनीको १८३ र लघुवित्त संस्थाको दुई हजार गरी ३६५ गरी कुल शाखा संख्या छ हजार ४१८ पुगेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करीब चार हजार ४९० जनसंख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको छ । संघीय व्यवस्थाअन्तर्गत गठित ७५३ स्थानीय तहमध्ये यस आवको असार २४ गतेसम्म ५५६ तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । यस आवको वैशाख मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या दुई करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ ।

त्यस्तै, एटिएम संख्या दुई हजार ६२४ रहेको छ भने मोबाइल बंैकिङ्गका ग्राहकको संख्या ४० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकको संख्या सात लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको छ ।

असार २७ गते, २०७५ - २०:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा भारतीय यी नोट नचल्ने

काठमाडौं । नेपालमा भारतीय २०० र २,००० दरका नोट नचल्ने भएका छन् । भारत सरकारले एक वर्षअघि ५०० र १,००० दरका...   

शिक्षा क्षेत्रको समग्र विकासको लागि भरतपुर महानगरपालिकाले ल्यायाे यस्ता नाैला योजना

चितवन । भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको विकासको लागि नयाँ योजनाहरु ल्याएको छ । भरतपुर...   
श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिइन्

काठमाडौं । नेपालकी श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप १२ बाट बाहिरिएकी छन् । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड...   

नेकपा स्थायी समिति बैठक मङ्सिर २९ गते बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही मङ्सिर २९ गते स्थायी समितिको बैठक आह्वान गरेको छ । प्रधानमन्त्री...   

‘पहिले विवाह दर्ता, अनि मात्रै बिहे’

दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top