/  Wed, July 18, 2018

उमाकान्त झाबाट दुई विधेयक प्रमाणीकरण

बुटवल। प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ ।

प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ९प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५० र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७५ प्रमाणीकरण भएको सम्बन्धमा प्राप्त पत्र पढेर सुनाए ।

प्रदेशसभाको अठारौँ बैठकको विशेष समय, उन्नाइसौँ बैठकको शून्य समय र बीसौँ बैठकमा ध्यानाकर्षण भएको विषयवस्तुमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले सर्पदंशको जोखिम भएको क्षेत्रमा सर्पदंशको उपचारसम्बन्धी विशेष व्यवस्था भएको जानकारी दिँदै क्यान्सरपीडित महिलाको उपचार गर्न र मुक्त कम्लहरीको क्षमता विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको बताए ।

उनले पुरातात्विक कामसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान, संरक्षण र वर्गीकरण गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख गर्दै कंचन गाउँपालिकामा भएको किशोरीमाथिको घटनामा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले भूमि व्यवस्थापनका लागि आयोग गठन हुने उल्लेख गर्दै भू–उपयोग नीति, बस्ती विकास नीतिको तर्जुमा हुन लागेको जानकारी दिए ।

बैठकमा सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समितिमा मनोनयन गरिएको सदस्यहरुको नामावलीवारे सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए ।

असार २७ गते, २०७५ - १७:३१ मा प्रकाशित

डा. केसीको जीवनरक्षाको माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं नेपाली काँग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका...   
काँग्रेसले गर्यो सरकारविरुद्ध देशब्यापी सडक आन्दोलनको घोषणा

काँग्रेसले गर्यो सरकारविरुद्ध देशब्यापी सडक आन्दोलनको घोषणा

काठमाडौं । विपक्षी दल कांग्रेसले सरकारविरुद्ध देशब्यापी सडक आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार...   

आठ अंकले ओरालो लाग्यो शेयर बजार

काठमाडौँ। आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार...   
किन भेटे गृहमन्त्री बादलले बेलायती राजदुतलाइ ?

किन भेटे गृहमन्त्री बादलले बेलायती राजदुतलाइ ?

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदुत रिचार्ड...   
गृहमन्त्री र कतारी राजदुतबीच भेटवार्ता, महत्वपुर्ण विषयमा छलफल

गृहमन्त्री र कतारी राजदुतबीच भेटवार्ता, महत्वपुर्ण विषयमा छलफल

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले आज...   
मौलिकताको खोजीमा लोकगायिका बिमाकुमारी दुरा

मौलिकताको खोजीमा लोकगायिका बिमाकुमारी दुरा

नौ डाँडा काटेर पारि छोडी आयाँ लमजुङको घरबारी लमजुङ तुर्लुङकोट सररर……हावा चल्यो लाँकुरीको बोट । असंख्य...   

भक्तपुर नगरपालिकाको बजेट एक अर्ब ७३ करोड

भक्तपुर। भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड...   
सडकले आतंक बढायो, स्थानिय घर छोड्न बाध्य

सडकले आतंक बढायो, स्थानिय घर छोड्न बाध्य

ताप्लेजुङ। बस्तीमाथि रहेको भिरालो जमीनमा सडक खनेपछि आफूहरु पहिरोको जोखिममा परेको भन्दै सिरिजंघा...   

नेकपाको निर्णयः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका...   

नेकपाको निर्णयः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा प्रतिनिधिका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top