/  Mon, March 18, 2019

आउँन थाले आमा र सन्तानको डिएनए परीक्षणका मुद्दा

ललितपुर। महिलाका नाममा सम्पत्ति हुनेक्रम बढेपछि आमा र सन्तानको डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको छ ।

सन्तानले आमासँग अंश दाबी गर्दै अदालतमा मुद्दा दायर गरेकाले जैविक नाता प्रमाणितका लागि त्यस्ता मुद्दामा डिएनए परीक्षणका लागि प्रयोगशालामा आउन थालेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ ।

पहिले पुरुषका नाममा मात्रै जग्गा हुँदा बाबु र सन्तानको डिएनए परीक्षणका घटना मात्रै परीक्षणका लागि आउने गरेकामा पछिल्लो समय महिलाका नाममा पनि सम्पत्ति हुनेक्रम बढेकाले आमा र सन्तानको अंश मुद्दा अदालतमा पर्न थालेको प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल बताउछन् ।

“कतिपय महिलाले आफ्नो सन्तान होइन भन्दै अंश दिन नमानेपछि मुद्दा अदालत पुग्छ”, उनी भन्छन्, “अदालतले डिएनए परीक्षणको प्रतिवेदन मागेमा परीक्षणका लागि यहाँसम्म आइपुग्छ ।” सन्तान र आमाबीचमा डिएनए परीक्षण गर्दा नतिजामा आमा प्रमाणित भएका र नभएका दुवै खालका नतिजा देखापरेको कार्यकारी निर्देशक रिजाल उल्लेख गर्छन् ।

आफूलाई जन्माउने आमासंग सन्तानले आंश माग गर्दा र आमाले दिन नचाहँदा त्यस्ता मुद्दा अदालत हुँदै प्रयोगालामा परीक्षणका लागिसम्म पुग्छ । कतिपय घटनामा परीक्षणबाट आमा प्रमाणित नभएका घटनाले सबैलाई आश्चर्यचकित बनाउने गरेको छ । कार्यकारी निर्देशक रिजाल भन्छन्, “आमालाई आफूले जन्माएको सन्तान होइन भन्ने थाहा भए पनि सन्तानलाई उनले त्यतिबेलासम्म नभनेका घटना हँुदारहेछन् ।”

आमा–बाबुले कसैको जन्मनासाथको बच्चा संरक्षण गर्दा सन्तानले मात्रै नभएर छिमेकी र आफन्त सबैलाई ती महिला नै आमा हुन भन्ने भ्रम हुने गरेको छ । उनी भन्छन्, “महिलाले आफूले जन्म नदिएको भन्दै सम्पत्ति दिन नमानेमा आमा र सन्तानको डिएनए परीक्षणका लागि अदालतले आदेश दिने गर्छ ।”

अस्पताललगायतका स्थानमा जानेर वा अञ्जानमा सन्तान साटिएका घटनामा पनि आमा र सन्तानको डिएनएको नतिजा नकारात्मक पनि आउने प्रयोगशालाले जनाएको छ । सन्तान भने पूरै जिन्दगी आफूलाई जन्माउने आमा उनै हुन भन्ने भ्रममा हुन्छन् । कार्यकारी निर्देशक रिजाल जोड दिन्छन्, “जन्मनासाथ ल्याएर र न्वारन–पास्नी आफैँले गरे पनि जैविक आमा नभएपछि प्रयोगशालाको नतिजा पनि नकारात्मक नै आउँछ ।”

प्रयोगशालामा मानव डिएनए परीक्षणका लागि सबैभन्दा बढी अदालतको अंश मुद्दासंग सम्बन्धित हुन्छ । अधिकांश परिवारमा आमाका नाममा भन्दा बाबुका नाममा सम्पत्ति हुन्छ । अधिकांशका अंश मुद्दामा सन्तानले बाबुलाई विपक्षी बनाएर मुद्दा हालेको हुन्छ । यसमा बाबु र सन्तानको डिएनए परीक्षण हुन्छ । कानूनी र सामाजिक परिवर्तनका कारण महिलाका नाममा सम्पत्ति हुनेक्रम बढ्दै छ । बाबु बितेका परिवारमा र कतिमा बाबु भए पनि आमाका नाममा सम्पत्ति हुँदा सन्तानले आमासँग कानूनीरुपमा सम्पत्ति माग्ने पाइएको उहाँ उल्लेख गर्छन् ।

कार्यकारी निर्देशक रिजाल भन्छन्, “महिलाका नाममा सम्पत्ति हुने क्रम बढेसँगै आमा र सन्तानबीचको डिएनए परीक्षणका लागि प्रयोगशालामा मुद्दा आउन थालेको हो ।”

सिंगो जिन्दगी आफूले नजन्माएको सन्तानलाई आफैँले जन्माएको जसरी पालनपोषण गरेका आमाले सन्तानले चित्त दुखाउँदा वा सन्तानसँग असमझदारी हुँदा अंश दिन नमानेका कारण मुद्दा अदालतसम्म पुग्ने गरेको जोड दिँदै उनी भन्छन्, “सिंगो जिन्दगी आफैँले जन्माएको हो भनेर ढाँटे पनि कुनै कुरामा चित्त दुख्दा आमाले होइन भन्ने गर्छन् ।”

प्रयोगशालाले केही वर्ष पहिलेबाट विदेशमा बसोबास गर्ने अभिभावकका सन्तान विदेशमा लैजाने प्रयोजनका लागिसमेत डिएनए परीक्षण गर्दै आएको कार्यकारी निर्देशक रिजाल रासससंगको कुराकानीमा बताउछन् ।

कतिपयले भने झुट बोलेरै भिसा प्रयोजनका लागि भन्दै डिएनए परीक्षणका लागि आउँछन् । हामी पूरै काजगात हेरेर त्यही प्रयोजनका लागि भए मात्रै परीक्षण गर्छौं ।व्यक्तिगत मुद्दा हेरेर अभिभावक र सन्तानको डिएनए परीक्षण गर्दा सामाजिक जीवनमा उथल–पुथल आउन सक्ने उनको भनाइ छ ।

आव २०६३÷६३ मा यस प्रयोगशालामा पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षणको शुरुआत भएको थियो । प्रयोगशालाले विश्वव्यापीरुपमा मान्यताप्राप्त प्रचलित उपकरण, रसायन र किटको प्रयोग गरेर जैविक नाता प्रमाणित गर्दै आएको छ । यस प्रयोगशालामा बाबाुआमा र छोराछोरी, काका–भतिजा, दाजुभाइ र हजुरबुबा नातीकाबीचमा जैविक नाता प्रमाणित हुने गरेको छ ।

गत वर्ष मात्रै प्रयोगशालाले २०५ मुद्दाका ६०३ नमूना परीक्षण गरेर राय दिएको थियो । अदालत, प्रहरी कन्सुलर विभागमार्फत मुद्दा आउने गरेका छन् । रगतबाट मात्रै नभएर डिएनए परीक्षण ¥याल, मासु, रौँ, विर्यको दाग, दाँत आदिबाट समेत परीक्षण हुने गरेको प्रयोगशालाले जनाएको छ ।

असार २७ गते, २०७५ - १७:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

किमको हत्या आरोपी भियतनामी रिहा नहुने पुष्टि

मलेसिया। उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाइ किम जोङ नामको हत्या गरेको आरोपमा मलेसियामा थुनामा...   

बोइङ ७३७ उडान अमेरिकी आकाशमा उडान नगर्न ट्रम्पको आदेश

वासिङ्टन। संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान...   

उद्धारमा ढिलाइको कारण आमाको ज्यान बच्यो, शिशुको मृत्यु

हुम्ला। तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उहाँको उद्धार...   

शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौँ। शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से...   
दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

दश तस्विरमा हेर्नुहोस्, पेरिस डाँडामा प्रचण्डले यसरी सम्झिए सहिदलाई

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल,...   
फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

फिल्डमा उत्रिए धुर्मुस सुन्तली, जस्तापाता देखी सिमेन्टको काम गर्दै

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतम...   

विप्लवले मलाई एक नम्बरमा मार्ने निर्णय गरेछन् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेत्र बिक्रम चन्द...   
प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

प्रचण्डको नक्कल गरेर प्रचण्ड भैदैन, अरु बिकल्प खोन्नुस् – अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले विप्लव पार्टी समुहलाई...   
विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

विप्लवलाई इंगित गर्दै नेता योगेश भट्टराईले भने – यस्ता क्रान्तिको आवश्यक छैन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपामा नेता योगेश भट्टराईले केहि मान्छेहरुले क्रान्तिको नाममा...   

जनकपुर–जयनगर रेल चलाउने तयारी

धनुषा। वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top