/  Thu, November 15, 2018

प्रधानमन्त्रीको प्रश्न -जीवनभर लोकतन्त्र ल्याउन लड्ने व्यक्ति प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ ?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा जनता भोकै र नाङ्गै पर्नु हुँदैनमा भन्नेमा सरकार सचेत भएको बताएका छन् ।

“सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो बनाउने छु,” उनले भने, “म दाग र धब्बारहितरुपमा काम गर्छु, भ्रष्टाचार अनियमितता शब्द सुन्न पनि सक्दिन, सुशानको नयाँ इतिहास रचना गर्छु, राष्ट्र निर्माणको महाअभियानमा सरकार जुटेको छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्थापित विभिन्न पुरस्कार विभिन्न स्रष्टालाई आज यहाँ अर्पण गर्दै उनले सो कुरा बताएको हो ।

प्रधानमन्त्री ओलीले जनताले दिएको बहुमतका आधारमा सरकार थिति र विधिमा चल्ने बताउँदै कसैको लहड, जिद्दी र अराजकतन्त्रले लोकतन्त्रलाई कहिल्यै भलो गर्दैन् भने ।

सरकार सबै राजनीतिक दललाई साथ सहयोग लिइ विश्वासमा चल्ने बताउँदै उनले सामाजिक न्याय र समानतासहितको समाजवादी लोकतन्त्रले मात्र विपन्न जनताको जीवनस्तरमाथि उक्लिने धारणा व्यक्त गरे ।

।“जीवनभर लोकतन्त्र ल्याउन लड्ने व्यक्ति र पार्टी जनताको दिएको आदेशअनुसार प्रधानमन्त्री हुँदा कसरी लोकतन्त्र खतरामा पर्छ रु” उनले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्री पद सम्हालेको दिनदेखि नै आलोचना समालोचना हुन शुरु गरेको उल्लेख गर्दै स्वच्छ आलोचनादेखि आफू नडराउने र नतर्सिने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले नेपाल र भारत, नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिएको चर्चा गर्दै छिमेकीसित नयाँ सम्बन्ध स्थापित भएको बताए ।

असार २७ गते, २०७५ - १६:४७ मा प्रकाशित

अमेरिकी ड्रोन आक्रमणमा परि सर्वसाधारण नै बढी मारिए

यमन। संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत...   

विद्यार्थीद्वारा कृषि विश्वविद्यालयमा आगजनी

चितवन। कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ...   
राजनीतीमा पनि अनगिन्ति फेक आइडी

राजनीतीमा पनि अनगिन्ति फेक आइडी

काठमाडौं । फेसबुक, टुइटरमा फेक आइडीमार्फत अपराधिक क्रियाकलाप हुनेगरेको तथ्य बाहिर आइरहेकै बखत जनमत...   
बक्सिङ रिङमै १३ वर्षीय बालकको मृत्यु भएपछि …

बक्सिङ रिङमै १३ वर्षीय बालकको मृत्यु भएपछि …

बैंकक। थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई...   

चीनका पर्यटनमन्त्रीलाई सघाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक...   

पत्रकार महासङ्घद्वारा मिडिया हाउस अनुगमन शुरू

पोखरा। नेपाल पत्रकार महासङ्घ कास्की शाखाले कास्कीमा मिडिया हाउसको अनुगमन शुरु गरेको छ । पत्रकारको...   
माओवादीद्वारा छैठौं ठूलो आक्रमणः बारुदी सुरुङ विष्फोटमा ६ सुरक्षाकर्मी घाइते

माओवादीद्वारा छैठौं ठूलो आक्रमणः बारुदी सुरुङ विष्फोटमा ६ सुरक्षाकर्मी घाइते

छत्तीसगढ । निर्वाचन बहिस्कारको घोषणा गरेका माओवादीले निरन्तर आक्रमण जारी राखेका छन् । पछिल्लो आक्रमणमा...   
निजी क्षेत्रसँग सहकार्य नगरे समृद्धिको सपना बाँड्नुको अर्थ छैनः प्रचण्ड

निजी क्षेत्रसँग सहकार्य नगरे समृद्धिको सपना बाँड्नुको अर्थ छैनः प्रचण्ड

म्याग्दी। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष प्रचण्डले निजी क्षेत्रसँग सहकार्य नगर्दासम्म...   

पुनः निर्माणकाे प्राविधिकनै सम्पर्कविहीन भएपछि…

काभे्रपलाञ्चोक। काभे्रपलाञ्चोकस्थित स्थानीय तहका प्रमुखले पुनः निर्माणमा खटेका प्राविधिक सम्पर्कविहीन...   

जिल्ला समन्वय समितिका सदस्य तामाङमाथि खुकरी प्रहार

मेलम्ची। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top