/  Mon, July 23, 2018

सिण्डिकेट फर्काउने कुरा अब सम्भव छैन–गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पारेका छन् ।

आज नयाँ बसपार्क गंगबुमा युनाईटेड ट्रान्सपोर्ट भलाई एण्ड इन्भेस्टमेन्ट प्रा.लि.ले आयोजना गरेको ‘यातायात क्षेत्रको विद्यमान अन्यौलता, चुनौति र समाधान ’ विषयक अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले अझै सिण्डिकेट फर्काउने प्रयास भईरहेको भन्दै त्यो पुरा नहुने बताए ।

उनले भने, ‘ अहिलेपनि केही मुठिभर व्यवसायीको मात्रै एकाधिकार हुने, उनिहरुको समृद्धि हुने, यो क्षेमा आउन खोजेका हजारौँ नयाँ व्यवसायीको बाटो रोक्ने गरी सिण्डिकेटलाई फर्काउने षड्यन्त्र भईरहेको छ । यसबारे सरकार सचेत छ ।’

यातायात मात्रै नभई कृषी , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सिण्डिकेटले जरा गाडेको भन्दै देश विकासका लागि यो बाधक रहेको गृहमन्त्री थापाको भनाई छ ।
उनले भने, ‘ सिण्डिकेट रहेसम्म देशको विकास र समृद्धि सम्भव छैन । जनतालाई समृद्ध बनाउने जुन प्रतिवद्धता गरेका छौं । त्यो पुरा हुन सक्दैन । ’

सिण्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भनदै सबैको सहयोगका लागि उनले अपिल गरे ।

असार २७ गते, २०७५ - १५:५७ मा प्रकाशित

केसीको अनशनः ‘स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

काठमाडौँ । नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ । यसो हुँदाहुँदै...   

विदेशमा एक बर्षमा कति नेपालीकाे मृत्यु भयाे ? हेर्नुहोस् तथ्याङ्क

काठमाडौँ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु...   

फुसको छाना हटाएर टिन लगाइदिने गाउँपालिकाको प्रतिबद्वता

भद्रपुर। झापा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्रका फुसका छाना भएका घरमा जस्ता पाता (टिन)...   

गत वर्षको तुलनामा राजश्व संकलनमा बृद्धि

विराटनगर । कोष तथा लेखा नियन्त्रक कार्यालयले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु आठ...   
चर्चित गायक कस्तुप पन्तको ‘झुम्रे छोरो २’ चर्चामा (भिडियोसहित)

चर्चित गायक कस्तुप पन्तको ‘झुम्रे छोरो २’ चर्चामा (भिडियोसहित)

काठमाडाैं । लोकप्रिय गायक सर्जक कस्तुप पन्तको सबैले प्रतिक्षा गरेको नयाँ गित गित झुम्रे ज्वाईको भाग...   
प्रविधिमैत्री बन्दै चिडियाखाना

प्रविधिमैत्री बन्दै चिडियाखाना

ललितपुर। जावलाखेलस्थित सदर चिडियाखानालाई प्रविधिमैत्री बन्ने भएको छ । नेपालको एक मात्रै चिडियाखानालाई...   
मेलम्ची खानेपानीले गर्दा इण्टरनेटमा समस्या

मेलम्ची खानेपानीले गर्दा इण्टरनेटमा समस्या

काठमाडौँ। मेलम्ची खानेपानीको पाइप राख्ने कामले गर्दा काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा...   

झापामा ६२ प्रतिशत रोपाइँ सकियो

भद्रपुर। धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ...   

तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउन कांग्रेसको माग

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित...   
चलचित्र नगरीका लागि भारतीय टोलीद्वारा गोरखा र धादिङ अध्ययन

चलचित्र नगरीका लागि भारतीय टोलीद्वारा गोरखा र धादिङ अध्ययन

काठमाडौँ। चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top