Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज फाइनल प्रवेशका लागि पूर्वविजेता इंग्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । दुवै टिमले विश्वकप सेमिफाइनलको तीतो विगत भुल्दै फाइनल पुग्ने चाहना राखेका छन् । आज यी दुईबीचको विजेताले उपाधि भिडन्तमा फ्रान्सको सामना गर्नुपर्ने छ ।  खेल नेपाली समयअनुसार राती पौने १२ बजे हुने छ । इङ्ल्यान्डले १९९० मा इटालीमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर अन्तिम ४ मा पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएपछि १९६६ पछि पहिलो उपाधि जित्ने इङ्ल्यान्डको सपना चकनाचूर भएको थियो । त्यसपछिका विश्वकप इङ्ल्यान्डका लागि सम्झनलायक बनेको छैन। \"\"४ वर्षअघि ब्राजिलमा टोली समूहचरणबाटै बाहिरिएको थियो । त्यस्तै १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा स्वतन्त्र राष्ट्रका रूपमा पहिलो पटक सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २-१ ले निराश बनेको थियो । क्रोएसिया पनि ब्राजिल विश्वकपको समूहचरणबाटै बाहिरिएको थियो। \"\"इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई निराश पार्दै विश्वकपको नकआउट चरणमा पेनाल्टी सुटआउटमा भोग्दै आएको हारको शृंखलामा पूर्णविराम लगाएको थियो । त्यस क्रममा गोलकिपर जोर्डन पिकफर्डको प्रदर्शन प्रशंसनीय रह्यो । शनिबार स्विडेनलाई २-० ले निराश पार्दै २८ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गर्दा पनि पिकफर्डको प्रदर्शन उच्च थियो। पहिलो खेलमा ट्युनिसियालाई २-१ ले पराजित गरेको इङ्ल्यान्डले दोस्रो खेलमा पानामामाथि ६-१ को प्रभाभशाली जित हात पारेको थियो । निक्कै रणनीतिक बनेको समूहचरणको अन्तिम खेलमा बेल्जिममसँग पराजित इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बिया र क्वार्टरफाइनलमा स्विडेनलाई निराश पारेको हो। इङ्ल्यान्ड जारी प्रतियोगितामा सेट पिसमा गोल निकाल्ने अब्बल टोलीका रूपमा देखा परेको छ । \"\"टोलीले अन्तिम ४ सम्मको यात्रामा ११ गोल गर्दा ८ गोल सेट पिसमा भएका थिए । इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् । ४ गोल गरेका बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र रूसका मिडफिल्डर डेनिस चेरिसेभ दोस्रो स्थानमा छन्। \"\"यता समूहचरणको पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको क्रोएसियाले दोस्रो खेलमा अर्जेन्टिनामाथि सहज जित हात पारेको थियो । अन्तिम खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गरेको थियो । समूहचरणमा सहज जित हात पारेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रूसको यात्रा समाप्त पार्दै इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो । अन्तिम १६ र क्वार्टरफाइन दुवैमा क्रोएसिया पेनाल्टी सुटआउटमा भाग्यमानी साबित भएको थियो । जहाँ गोलकिपर ड्यानियल सुबासिचको प्रदर्शन प्रशंसनीय थियो। जारी प्रतियोगितामा क्रोएसियाका कप्तान लुका मोडरिचले पनि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । मोडरिचले ५ मध्ये ३ खेलमा म्यान अफ दी म्याचको अवार्ड जितिसकेका छन् । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले टोलीले अन्तिम ४ सम्मको यात्रा पक्का गर्न धेरै संघर्ष गरे पनि इङ्ल्यान्डको उपाधिलक्ष्यमा तगारो बन्नका लागि शक्ति जोगाएर राखेको बताए। -एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies