/  Thu, December 13, 2018

फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

मस्को । रसियामा जारी विश्वकप फुटबलमा फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा बेल्जियमलाई १-० ले हराउँदै फ्रान्स तेस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो । यो भन्दा पहिले उ १९९८ र २००६ मा फाइनल पुग्न सफल भएको थियो । यस्तै, फ्रान्सले १९९८ को विश्वकप जितेको थियो ।

फ्रान्सले उपाधिका लागि क्रोएसिया र इंग्ल्यान्डबीच हुने खेलको विजेतासँग आइतबार प्रतिस्पर्धा गर्नेछ। खेलको ५१ मिनेटमा फ्रान्सले अग्रता लियो। कर्नर बलमा डिफेन्डर स्यामुयल उम्टिटीले हेडमार्फत गोल गरेर फ्रान्सलाई अग्रता दिलाए। राफायल भारनको कर्नर बलमा उम्टिटीले गोल गरेका हुन्।

विश्वकपको सेमिफाइनलमा फ्रान्सका लागि गोल गर्ने उम्टिटी तेस्रा डिफेन्डर बने। फ्रान्सले विश्वकपको सेमिफाइनलमा गरेका ६ मध्ये ४ गोल डिफेन्डरबाट भए। यसअघि सन् १९८२ मा जर्मनी विरुद्धको सेमिफाइनलमा डिफेन्डर मारियउस ट्रेसोरले फ्रान्सका लागि गोल गरेका थिए। सन् १९९८ को क्रोएसिया विरुद्धको सेमिफाइनलमा फ्रान्सका डिफेन्डर लिलियन थुरामले २ गोल गरेका थिए। त्यसअघि पहिलो हाफमा दुवै टिमले गोलका लागि गरेका प्रयासमा विपक्षी गोलकिपर बाधक बनेका थिए। बेल्जियमका इडिन हजार्ड र टोबी एन्डरवारेल्डको प्रहारलाई फ्रान्सका गोलकिपर हुगो लोरिसले बिफल पारेका थिए। यस्तै फ्रान्सका बेन्जामिन पभार्डको उत्कृष्ट प्रहारमा बेल्जियमका गोलकिपर थिबाउन कोउटिउसले उत्कृष्ट बचाउ गरेका थिए।
-एजेन्सी

असार २७ गते, २०७५ - ०८:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म  कसरी शुटिङ गरिएको थियो ?

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म कसरी शुटिङ गरिएको थियो ?

एजेन्सी। अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ म बलिउडमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ।...   
झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ को टप ४ मा पुगेका अस्मिता अधिकारी र सुमित पाठकबीच लफडा सुरु भएको छ । हिजो...   

नयाँ बीमा योजना शुभारम्भ

काठमाडौ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   
मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

काठमाडौं । चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड,...   

नेकपाको सचिवालयको बैठक बस्दै : प्रदेश र जिल्ला समिति टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिबार अपरान्ह ४ बजेका लागी सचिवालयको बैठक...   
विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

काठमाडौं ।  विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले...   

अमिताभले तिरिदिए १ हजार बढी किसानको बैंक ऋण

मुम्बई  । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट...   

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

    काठमाडौं । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र...   
४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

काठमाडौं । देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निरीक्षकको...   
धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले छोरीको विवाहाको एउटा निम्तो कार्डमा मात्रै ४ लाख खर्च गरेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top