/  Wed, September 26, 2018

पत्रकार महासंघ बागलुङ आफ्नै भवनमा

बागलुङ। पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माण भएको छ । अठारौँ स्थापना दिवसको अवसर पारेर शाखा कार्यालय सोमबार आफ्नै भवनमा सरेको छ ।

रु ७५ लाखको लागतमा दुईतले भवनको निर्माण सम्पन्न गरिएको शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए । सरकारी र गैरसरकारी क्षेत्रबाट जुटेको आर्थिक सहयोगबाट भवन निर्माण कार्यले सफलता पाएको हो ।

जिल्लाका स्थानीय तहबाट रु २७ लाख ५० हजार बजेट उपलब्ध भएको थियो । सबैभन्दा बढी बागलुङ नगरपालिकाले रु १० लाख उपलब्ध गराएको जनाइएको छ । बाँकी रकम सहयोग अभियानबाट संकलन भएको अध्यक्ष शिरीषले बताउनुभयो । शाखाले गत वर्षदेखि ‘हामी सबैको रहर, पत्रकार महासंघको घर’ नामक आर्थिक अभियान थालेको थियो । अभियानमा सर्वसाधारण, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्था, विद्यालय, सहकारीलगायत जोडिएका थिए ।

रु चार लाख ८० हजार पत्रकार स्वयंले भवन निर्माणमा योगदान गरेका छन् । “स्थानीय तहलगायत सबै पक्षको सहयोगले वर्षौंदेखिको भवन बनाउने योजना साकार बनेको छ”, अध्यक्ष शिरीषले भने । भवन निर्माण अभियानमा व्यक्तिगत सहयोगबाट मात्रै रु सात लाखभन्दा बढी रकम जुटेको थियो । यस्तै, आर्थिक सहयोग गर्नेमा ३० भन्दा बढी सहकारी र उत्तिकै संख्यामा शैक्षिक तथा सामाजिक संस्था छन् । ती संस्थाबाट रु सात लाख सहयोग उठेको छ ।

उद्योगी, व्यवसायीबाट पनि यथोचित रकम उपलब्ध भएको र केही बोल रकम उठ्न बाँकी रहेको शाखाले जनाएको छ ।

स्वतःस्फूर्त रुपमा जुटेको आर्थिक सहयोगबाट भवन निर्माणले पूर्णता पाएको शाखा अध्यक्ष शिरीषले बताए । उनका अनुसार आउँदो आर्थिक वर्षमा सभाहल निर्माणका लागि थप एक तला थप्ने योजना छ ।

शाखा स्थापना भएको १९ वर्षपछि आफ्नै भवन निर्माण गर्न शाखाको वर्तमान कार्यसमिति सफल भएको छ । बागलुङ नगरपालिका–२ मा निर्माण भएको भवनमा आधुनिक सूचना केन्द्र, सभाहललगायतका संरचना बन्नेछन् ।

उपुयक्त ठाउँमा जग्गा नपाउँदा पत्रकार महासंघको भवन बन्न सकेको थिएन । गत वर्ष जिल्ला प्रशासन कार्यालय र बागलुङ नगरपालिकाको विशेष पहलमा जग्गा व्यवस्थापन भएपछि भवन निर्माणले गति लिएको थियो ।

असार २६ गते, २०७५ - ११:५७ मा प्रकाशित
बलात्कारपछि बालिका श्रीयाको हत्या, छिमेकी पौडेल पक्राउ

बलात्कारपछि बालिका श्रीयाको हत्या, छिमेकी पौडेल पक्राउ

पोखरा । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको...   
बुगी वुगीको रबिन भुजेलको दमदार अभिनय रहेको म्युजिक भिडियो सार्बजनिक

बुगी वुगीको रबिन भुजेलको दमदार अभिनय रहेको म्युजिक भिडियो सार्बजनिक

काठमाडौँ । चर्चित गायक शिब थापा मगर को आवाजमा रहेको पार्वती गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।...   

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको तयारी

सुर्खेत। कर्णाली प्रदेश सरकारले यही असोज १९ र २० गते आयोजना गर्न लागेको प्रदेश समन्वय परिषद्को बैठकको...   

मलेसियामा दश नेपालीको मृत्यु, २ को अवस्था गम्भीर (नाम र ठेगानासहित)

काठमाडौं। पछिल्लो एक साताको अवधिमा मलेसियामा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या...   

निर्मला हत्या काण्डः घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

काठमाडौं। कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको छानबिन गर्न गठित उच्च स्तरीय छानबिन...   
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई...   

विपद्पछि हुने आर्थिक नोक्सानीलाई कम गर्नुपर्छः अर्थमन्त्री खतिवडा

काठमाडौँ। बीमा समिति र नेपाल बीमक सङ्घद्वारा संयुक्तरुपमा आयोजित ‘वित्तीय सुदृढीकरण ः विपद् जोखिम...   
नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपुरमा युवतीमाथि एसिड र छुरा प्रहार, अवस्था गम्भीर

नवलपरासी। तेजाब छर्किएर धारिलो हतियार प्रहारबाट गम्भीर घाइते एक युवतीको भरतपुर अस्पतालमा शल्यक्रिया...   
सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

सेनाका विपद् व्यवस्थापन अभ्यास शुरू, १४ मुलुकका सैनिकको सहभागी

काठमाडौँ। ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई...   
डा. सिके राउत र मधेस

डा. सिके राउत र मधेस

डा. सिके राउत बुझेनौं भने अरुलाई सोध देखेनौं र भेटेनौं भने पटक–पटक हेर नेपालको मानचित्रलाई जुन धरातल,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top