Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

फ्रान्स भर्सेस बेल्जियम यस्तो छ इतिहासः को कति बलियो ?

मस्को । रुसमा जारी विश्वकप फुटबल अन्तर्गत आजदेखि सेमिफाइनलका खेल हुँदै छन् । सेमिफाइनलको पहिलो खेल पूर्वविश्वकप विजेता फ्रान्स र बेल्जियम भिड्ने छन् । खेल नेपाली समय अनुसार राती पौने १२ बजे हुने छ । विश्वकमा यसअघि यी दुई टिमबीच दुई पटक भिडन्त भइसकेको छ । जसमा दुवै खेलमा फ्रान्स विजयी भएको थियो । अन्तर्राष्ट्रिय खेलको कुरा गर्दा अन्तिम पटक ३ वर्षपहिले दुवैं टिम भिडेका थिए । २०१५ मा भएको खेलमा बेल्जियमले फ्रान्सलाई ४-३ ले हराएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । बेल्जियम भने १९८६ पछि अन्तिम ४ मा स्थान बनाउन सफल भएको हो । बेल्जियम र फ्रान्स अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ७३ पटक एकआपसमा भिडेका छन् । जसमा बेल्जियम ३० र फ्रान्स २४ पटक विजयी भएका छन् । यी दुई टिमबीच तीन पटक विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको फायनलमा भिडेका छन् । तीन वटै फाइनलमा फ्रान्सले बाजी मारेको छ । विश्वकमा बेल्जियमको उत्कृष्ट प्रदर्शनः जारी विश्वमा बेल्जियमले अहिलेसम्म पाँच खेल खेलेको छ । जसमा उसले सबै खेल जितेको छ । हालसम्मको विश्वकमा लगातार पाँच खेल जित्ने टिम बल्जियम बनेको हो । बेल्जियमबारे थप रोचक कुरा त केछ भने उसका नौं खेलाडीले विश्वकपमा गोल गरिसकेका छन् । बेल्जियम सबैभन्दा बढि गोल गर्ने टिमको शिर्ष स्थानमासमेत रहन सफल भएको छ । बेल्जियमले यो भन्दा पहिले १९५८, १९८२, १९८६, १९९८ र २००६ मा अन्तिम चारमा स्थान बनाएको थियो । आजको खेलमा सबैभन्दा बढि नजर बेल्जियमका कोलकिपर थिबौत केर्टिया र फ्रान्सका हुगो लेरिसमा रहने छ । एम्बाप्पे, पवर्ड र हर्नडेजमा नजरःफ्रान्स यहाँसम्म आइपुग्न उसका १९ वर्षीय फरवार्ड किलियन एम्बाप्पेको महत्वपूर्ण भूमिका रहेको छ । बेजामिन पर्वाड र लुकास हर्नाडेजकी खासै अनुभव नभएको जोडीले पनि जारी प्रतियोगितामा शानदार प्रदर्शन गरेको छ । २२ वर्षीय का यी दुवै खेलाडीको केवल १०-१० अन्तर्राष्ट्रिय खेलको अनुभव छ । फ्रान्सलाई बेल्जियम रोक्न चुनौतिः बेल्जियमका कोच रोबर्टो मार्टिनेजको कार्याकाल स्पेनविरुद्ध घरेलु मैदानमा २-० ले हारेर शुरुवात भएको थियो । तर त्यसपछि भने बेल्जियम लगातार २४ खेलमा विजयी भएको छ । यस अन्तरालमा उसले २३ खेलमा ७८ गोल गरेको छ । केवल एक खेलमा गोल गर्नबाट बेल्जियम चुकेको छ । फ्रान्सका पूर्व स्ट्राइकर थिएरे हेनरी बेल्जियमका सहायक कोच हुन् । बेल्जियमका डिफेन्डर थमस मैनुरलाई रोक्नु नै फ्रान्सका लागि ठूलो चुनौति हुने देखिन्छ । मैनुरले यसअघिका खेलमा राम्रो प्रर्दशन गरेका छन् । उनले ब्राजिलको खेलमा नेइमारलाई लडाएकाले मैनुअरले दुई वटा पहेँलो कार्ड पाएका छन् । यसकारण आजको खेलमा उनी खेल्न पाउँदैनन् । बेल्जियमका स्टार फरवार्ड एडन हेजार्डको राम्रो प्रदर्शन रहेको छ । उनलाई रोक्नु पनि फ्रान्सको मुख्य चुनौति हुन सक्छ । यो विश्वकमा मेल्जियमका रोमेलु लुकाकुकाे ४ गोल फ्रान्सका एन्टोनी ग्रीजमेन र किलिएन एम्बाप्पेका ३-३ गोल आज खेल्ने संम्भावित खेलाडी फ्रान्सः हुगो लोरिस, लुकास हर्नान्डेज, स्यामुयल उम्टिटी, राफायल भारान, बेन्जामिन पभार्ड, एनगोलो कान्टे, पाउल पोग्वा, ब्लासी माटउटी, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, ओलिभर जिरुड बेल्जियमः थिबाउट कोउटिइस, जान भेर्टोघेन, भिसेन्ट कोम्पनी, थोमस भर्माइलेन, टोबी एन्डरवारेल्ड, यानिक कारास्को, एक्सेल विस्टेल, केभिन डे ब्रुइन, नासेस चाड्ली, इडिन हजार्ड रोमेलु लुकाकु । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies