Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

'उज्यालाकोे खोजी' र 'प्रयास'को विमोचन

काठमाडौं । कवि, गजलकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘रुवाई’ गीत गजल कृति ‘प्रयास’ र एल्बम ‘प्रयास’को सार्वजनिकरण गरिएको छ । अन्तर्राष्ट्रिय गजल मञ्च नेपालको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजल परिर्वतनमा अहम् भूमिका खेल्ने बताए । गजलकार रावलले साहित्यका अन्य बिधा जस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्टाहरुले आफू अनुकुल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखे । प्रमुख अतिथिको आसनवाट वोल्दै बरिष्ठ गजलकार रावलले नेपाली शब्द हुँदाहँुदै आयातित शब्द प्रयोग नगर्न सबै गजलकारलाइ आग्रह गरे । आयातित शब्द प्रयोग गर्दा नेपाली भाषा र साहात्यिमाथि अन्याय हुने हुनाले त्यस्ता शब्द प्रयोग नगर्दा नै राम्रो हुने सुझाव दिँदै उनले साहित्यकारले समाजमा भएका तमाम विकृति र व्यतिथिविरुद्ध लेख्नु पर्ने बताए । रुवाइ, गीत र गजल संग्रहका लेखक प्रदिप थापाले लेखन विधामा एकदम कलिलो भएपनि लेखनमा निरन्तर लागिरहने बताए । लेखक थापाले रचनामा माया प्रेम सम्बन्धि बढी लेखिने भएकाले आफूले पनि यस्तै विषयलाई बढी जोड दिउको बताए । ‘उज्यालोको खोजी’ संग्रहकी लेखक आस्था केसीले आफू १५÷१६ वर्षको किशोरी अवस्थामा जनयुद्धमा लागेको र त्यहि समयबाट नै गीत, कविता र गजल पढ्न र लेख्न थालेको बताइन् । उनले आफूले गजल विधाको औपचारीक रुपले अध्ययन नगरेपनि हिजोका आँधी, हुरीमय जनयुद्धकालीन मुक्ति यात्रामा गजल लेख्न सिकेको बताइन् । जनयुद्धको मुक्ति यात्रामा देखेका सपना आँशिक रुपमा मात्र पूरा भएको वताउँदै उनले राजनैतिक रुपमा प्राप्त परिवर्तनलाई व्यावहारमा लागु गर्न नसक्नु बिडम्बना भएको धारणा व्यक्त गरिन् । जनयुद्धले दिएको सबैभन्दा ठूलो चेतना बर्गिय मुक्ति चेतना रहेको भन्दै सञ्चारकर्मी समेत रहेकी केसीले हिजो आफूहरु वर्ग मुक्तिको यात्रामा लागेको र आज पनि साहित्य र पत्रकारिताको माध्यमबाट निमुखाको प्रतिनिधीको रुपमा लागिरहने बताइन् । पुस्तक तथा एल्बममाथि गजलकार तथा समालोचक प्रभाती किरण, ज्ञानु विद्रोही, शैलेन्द्र अधिकारी, डा. भोजराज अधिकारी, बिश्लेषक नरेन्द्रजंग पीटर लगायतले बोलेका थिए । अन्तराष्ट्रिय गजल मञ्च नेपाल च्याप्टर सम्योजक भरत पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन अन्तराष्ट्रिय गजल मञ्च नेपालका अध्यक्ष घनेन्द्र ओझाले गरेका थिए । पुस्तक कन्दरा पब्लिकेशन्सले प्रकाशन गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies