/  Tue, March 26, 2019

एक सचिवको भरमा पूरै गाउँपालिका

जाजरकोट । एउटा वडा सचिवले कति वटासम्म वडाको जिम्मेवारी सम्हाल्नसक्ला एक, दुई, तीन अथवा चार वटा वडासम्म तर, जाजरकोटको कुशे गाउँपालिकाका एक जना वडा सचिवले नौ वटा वडाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आएका छन् ।

स्थानीय तहको चुनाव भएको एक वर्ष बितिसकेको छ । तत्कालीन गाविस सचिव सत्यदेव खनालले एक वर्षदेखि पूरै गाउँपालिकाका नौवटै वडाको कामकाज गर्दै आउनुभएको छ । लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । तर नौ वटा वडाको जिम्मेवारी एक्लैले कसरी सम्भव छ र ! उहाँले सदरमुकामस्थित गाउँपालिकाको सम्पर्क कार्यालयमा बसेर नौवटै वडाको जिम्मेवारी सम्हालिरहेका छन् ।

स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ मा वडा सचिवलाई पञ्जिकाधिकारी तोकेको छ । वडा सचिवको हस्ताक्षरविना जन्मदर्ता, मृत्युदर्ता र बसाइँसराइको काजगात बन्न सक्दैन । तर वडा सचिव खनाल सदरमुकाममै भए पनि गाउँपालिकाको पञ्चिकरणको काम भने रोकिएको छैन । वडा सचिव खनालले नागरिकतालगायतका सिफारिशमा सदरमुकामबाट अग्रिम (ब्ल्यांक) हस्ताक्षर गरेर गाउँ पठाइदिन्छन् । त्यसमा वडाध्यक्षले प्रमाणित गरेर पठाउने गरिएको छ । जन्मदर्ता, विवाह दर्ता, मृत्यु, बसाइँसराइ, नाता प्रमाणित, लक्षित वर्गको सिफारिश पनि त्यसरी नै खाली लेटरप्याडमा हस्ताक्षर गरेर पठाउने र त्यहाँ रहेका तत्कालीन प्रशासन सहायक, सामाजिक परिचालक र लेखा सहायकले विवरण भरेर दिने गरिएको गाउँपालिका प्रमुख हरिचन्द्र बस्नेतले बताए ।

उहाँले बारम्बार माग गर्दा पनि सरकारले वडा सचिव नपठाउँदा समस्या भएको बताए । “के गर्ने काम चलाउनै प¥यो । सचिव एक जनामात्र छन् । गाउँमा बसे पनि कुन वडामा गएर काम गर भन्ने । भौगोलिक विकटताले एक वडाबाट अर्को वडा पुग्न एक दिन पैदल हिँड्नुको विकल्प छैन । साह्रै समस्या भएपछि यस्तो उपाय निकालेका हौँ”, उाले भने । सेवाग्राहीलाई दुःख दिनुभन्दा केही समय यसरी चलाऔँ भनेर जनताको काममा बाधा नपुग्ने गरी सदरमुकामबाटै काम गरिरहेको उनले बताए ।

वडा सचिवमात्र होइन कार्यकारी प्रमुख र गाउँपालिका प्रमुख तथा उपप्रमुख पनि सदरमुकाममै बस्ने गरेका छन् । सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको यो गाउँपालिकामा बैंक नहुँदा आर्थिक कारोबारसमेत सदरमुकाममै हुने हुँदा सेवाग्राही सामान्य कामका लागि पनि सदरमुकाम धाउन बाध्य छन् । रासस

असार २४ गते, २०७५ - ०९:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वको दोस्रो टेलिफोन कम्पनि हुवावेको सफलता र आरोपका कथा

विश्वको दोस्रो टेलिफोन कम्पनि हुवावेको सफलता र आरोपका कथा

चिनियाँ कम्पनी हुवावे टेलिकम नेटवर्कको क्षेत्रमा विश्वकै सबैभन्दा ठूलो कम्पनीमध्ये एक हो । तर पछिल्लो...   
विप्लवका दुई नेता नलपरासिबाट फेरी पक्राउ

विप्लवका दुई नेता नलपरासिबाट फेरी पक्राउ

नवलपरासि । प्रतिवन्धित नेकपाका जिल्ला यन्चाजए सहित दुईजनालाई सोमबार राति नवलपरासिबाट पक्राउ गरिएको...   
प्रतिवन्धित नेकपाका अर्का नेता पनि पक्राउ !

प्रतिवन्धित नेकपाका अर्का नेता पनि पक्राउ !

कालिकोट । सोमबार विहान मात्रै पुर्वमा मेची कोशी व्युरो इन्चार्ज पक्राउ गरेको प्रहरीले सोमबार मध्यान्ह...   
रुसी सैन्य विमान सेना र हतियार सहित भेनेजुयला पुगे –अमेरिकाले के गर्ला ?

रुसी सैन्य विमान सेना र हतियार सहित भेनेजुयला पुगे –अमेरिकाले के गर्ला ?

एजेन्सी । रुसको सैन्य विमान सैयौं सेना र ठूलो मात्रामा हतियारसहित भेनेजुएला प्रवेश गरेको छ । दक्षिण...   
संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे

संकटमा प्रतिवन्धित नेकपा : कोही समातिए, कोहीले पार्टी छोडे

काठमाडौं । फागुन २८ मा बसेको मन्त्रीपरिषदको वैठकले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक...   
सरकार विप्लबप्रति झन कडा –गृहको अर्को आव्हान

सरकार विप्लबप्रति झन कडा –गृहको अर्को आव्हान

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार प्रतिवन्धित नेकपा अर्थात विप्लव समुहप्रति झन आक्रमक रुपमा...   
सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल...   

उपेन्द्रको एकछत्र राज, गुमनाम पहाडी नेता

काठमाडौं । राजनीतिक पार्टीमा एक विशेषको भूमिका महत्वमा रहने र अरु गौण रहने कुरा सामान्य नै हो । तर कतिपय...   
नेता कोइरालाले भने – पार्टीभित्र गुट हुनु स्वाभाविक हो

नेता कोइरालाले भने – पार्टीभित्र गुट हुनु स्वाभाविक हो

चितवन। नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु...   

बजारमा सुनको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? थाहा पाउँनुहोस्

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा रु ४०० रुपैंयाँले बढेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top