Khabar Dabali Logo
  September 16, Mon

लुरे मुग्लान र रातो बाकस- भाग ३

दीदी भेट भयो ।चार घन्टा दीदीकै कोठामा बस्ने निधो गरियो ।किनकी ऊडानको समय अझै पाँच घन्टा बाँकी थियो ।सानो कोठा दिदीको किताब हरूको चाङ एकतीर यऊटा ग्यासँ १ ग्याँस चुलो र सानो खाट अट्ने कोठाको भाडा महीना मा सात हजार१ त्यो पनी सुबिस्ता भय त हुन्थ्यो नी मुख धुन मिनरल वाटर किनेर धुनुपर्ने ।दीदी यक्ली मान्छे घरबेटी को छोरा को गिध्दे नजर र घरबेटी आमा माईत गयको मौका छोपी घरबेटी को नै गिध्दे नजर! दीदी भन्थी मेरो पढाई कहीले सकीएलारु मलाई गार्हो भईसक्यो यहाँ १मैले दीदीलाई जिस्काईदीयँ त्यसोभय भिनाजु ल्याएर बस न त ऊ रिसाएझैँ गरी नखरा पारेर ऊता फर्की१ हामीले चार घन्टा मा गेट पास गरीसक्नु पर्थ्यो ।समय बितेको पत्तै भएन हिँड्ने बेला साईत गर्दै दीयो बालेर खादा ओढाई दीदी ले१ भाई यो बर्ष तिहार मा त म घर जान्न१ तँ पनी हुँदैनस् ।तँ भय कती रमाईलो गर्थिस् ।नाच्थिस् गाऊँथिस् ।काकाको छोरा मलाई दीदी नै हो जस्तो गर्दैन। यो बर्ष तेरो निधार खाली मेरो हात खाली हुने भो भाई १मेरो मन खल्लो भयो ।दीदीलाई भनेँ जान मन त थिएन दीदी तर के गर्ने बा को बचन लत्याएर कसरी हीँडौ रुआखीर म गाऊँमा सधै आवारा भएर हिँडेर गुजारा पनी त चल्दैन ।पिर नगर दीदी म सकुसल फर्कीएछु भने आगुन परागुन तिर लाऊँला है १दीदी ले बिस्तारै हात मा हानी तँ कीन यस्तो असुभ बोल्छस् हँरु सबै संग बिदा भय१ँ बुवा दीदी संग कोठा बाट निक्लीनै लाग्दा साईत को दीयो झ्याप्पै निभ्यो ।दीदी रूवाबासी गर्न लागी बुवा लाई हात जोडेर बिन्ती गर्न लागी बुवा जे सुकै होस् भाईलाई नपठाऊँ बिदेस १मेरा बा पहील्यै देखी कडा स्वभाव का१ म सँधै बुवा लाई मन मनै हिटलर भन्थेँ ।मलाई लाग्थ्यो मेरा बा भन्दा पनी हिटलर कडा थियो होला ररु बा लाई एस्ता साईत कु साईत सकुन अपसकुन मा बिस्वास नलाग्ने आ केही हुन्न यो अन्धविश्वास हो१ जा छिटो ढिला भईसक्यो ।दीदी लाई अंगालो हालेर एकछीन रोय१ँ र बाको पाऊमा ढोगेर आखाँबाट गाला हुँदै ओठ सम्म झरेको अलीकती आँसुको सगुन पिएर त्रिभुवन बिमानईस्थल तिर हानीएँ ।

म गेट पास गरेर भित्र छिरेँ ऊडान को प्रतिक्षा मा हजारौ मान्छे लाईनबद्ब थिय।त्यसमध्य खाडी मुलुक जाने नेपाली को लाईन देख्दा लाग्थ्यो ।नेपाल मा अब मान्छे बाँकी छैनन् ।प्रतिक्षालयको टेबल मा म आफ्नो पोका पन्तरा च्यापेर बसीरहेको थियँ ।मलाई साँच्चै असहज भईरहेको थियो कोही चिनेको छैन जानेको छैन कता जाने के गर्ने म रनभुल्ल मा थियँ ।मोटो ज्यान लगभग २६ २७ बर्ष को ऊमेर हुँदो हो ।

ऊसले सोध्यो। साथी कुनदेस जाने होरु हजुर साऊदी अरब मैले भनेँ !ऊसले परिचए अगाडी बढायो कुरा गर्दै जाँदा हामी साथी भयौँ ।ऊसको नाम रहेछ त्रिलोचन१ संयोग पनी भगवान ले राम्रै जुराएछ मेरो कागज पत्र मा लेखीएको कम्पनी र त्रिलोचन को कम्पनी एऊटै रहेछ।ऊसले कम्पनी राम्रै भएको ले आफ्नै रोहबर मा गाऊँका साथी लिएर हीँडेको रहेछ। साऊदी अरब मा दस बर्ष पसीना बगाएछ बा आमा पनी बितेछन् कमाएको पैसा जती सबै श्रीमती ले ऊडाएर साना साना दुधे बालक छोडेर आर्मी संग पोईला गईछ ।बच्चा को बिजोक भयो भनेर घर आएर छोरा छोरी मामाघर छोड्दीएर आफु फेरी फर्कीएको रहेछ त्रिलोचन ! तिमी सोझो लाग्यो सबै कुरा भन्छु भन्दै एथार्थ कुरा सुनाएको थियो ऊसले १मेरो मन कता कता कुँडीयो ऊ भन्दै थियो बिहे गरेर श्रिमती छोडेर सत्रू पनी नआवस् बिदेस१ बरू खान नपाए पनी नेपाल मै बसोस् १ऊ कीन यो भन्दै छ मैले भेऊ पाईन ।त्रिलोचन ले सोध्यो तिम्रो नाम के होरुरु मलाई फसाद पर्यो ।बा ले सानै देखी पातलो भयर लुरे भनेका गाऊँ भरीका ले लुरे लुरे नामै लुरे बनाईदीय अब कसरी भन्नु लुरे भनेर१ मैले भनेँ मेरो नाम हो आयुध होे ।त्यो दीन देखी अहीले सम्म मेरो नाम आयुध नै छ ।जहाज साऊदी अरेबिया को रीयाद का लागी पन्घ्र मिनेट पछी ऊडान हुनेछ। कृपया सम्पूर्ण यात्रू महानुभाव हरू जहाज पट्टी प्रस्थान गर्नु होला कम्प्यूटर फलाक्दै थियो ।हाम्रो लगेज अगीनै जिम्मा लगाई सकेका थियौँ ।मनमा यक प्रकार को रोमान्चकता सँगै पिडा र बिछोड पनी भरीएको थियो ।मलाई मेरो स्वर्ग जस्तो देस छोड्नै मन थिएन।मन हजारौँ टन ढुङ्गा भन्दा पनी गर्हौ भएर आयो ।अनौठो पनी लागीरहेको थियो ।किनकी मेरो ज़िन्दगी को पहीलो हवाई यात्रा थियो त्यो१ नेपाल एयरलाइंस को बिमान ढोकैमा छुँदा पनी दाग लाग्लान् जस्ता गुडिया हो की मान्छे हो छुट्याऊन गार्हो पर्ने खालका एयर होस्टेज हरूको स्वागत संगै त्रिलोचन संगै आएका आठ जना अरू साथी म त्रिलोचन १परिचय संगै नयाँ साथी भएर
हामी नेपाल देखी रियाद का लागी जमीन छोड्यौँ

करीब छ घन्टाको ऊडान पछी सपना नै सपना को सहर रियाद पुगियो ।त्यसपछी रियाद बाट दमाम का लागी फेरी अर्को जहाज चढीयो ।अरबी भासामा खाड्स् खुड्स गर्छन् सबै बिरानो देस बिरानो ठाऊँ चिनेजानेको कोही छैन त्रिलोचन त पुरै अरबी बोल्थ्यो ।भगवान तिमी पनी बुझ्नै नसक्ने खालका छौ मैले भगवान लाई मन मनै धन्यवाद दीयँ ।कीनकी त्रिलोचन संग भेटाईदीएको मा नत्र त म काहाँ जाने कसो गर्ने कसलाई भन्ने मलाई के थाहा। गाऊँले केटो गाऊँमा हुर्कीएको गाऊँको सरकारी ईस्कुल मा बल्ल तल्ल कनीकुथी आठ पास गरेको मान्छे अङ्रेजी अली अली बोल्थेँ ।बोलेपनी यताका मान्छे त्यती अङ्रेजी बोल्न मन पराऊँदा रहेनछन् ।हामीलाई कता लगीरहेको छ मैले चाल पाईन ।जहाज को झ्यालको सिशा बाट बाहीर नियाँले फेरी घर सम्झेँ १आमा छोरो एही समय मा लुकी लुकी खाना खान आऊँथ्यो कीन आएन भन्दै होलीन् ।सायद मेरो घरमा आज आगो फुकीएन होला ।मलाई बिदाई गरेर फर्केका साथीहरूले कती पिर माने होला१११ बा पनी काहाँ पुग्यो होला हाम्रो लुरे भन्दै होलान् ।झन् चिनीमायाँको त के हालत भयो होलारुम जहाज चढ्नै लाग्दा फोन गरेर रूने मेरो दाईकी छोरी ले कत्ती पिर मानी होला।अनी मलाई कत्ती मायाँ गर्ने डल्ली भाऊजु ले मलाई सम्झीन् की सम्झीेनन् होला ।मलाई लाग्यो बरू मर्न भन्दा पनी गार्हो आफ्ना संग छुटीन हुँदोरहेछ ।
मैले बल्ल अनुभव गरेँ ।यस्तै सोच्दा सोच्दै पिर र थकान ले भुसुक्क निदाएछु ।यकछीन को निन्द्रा पछी म बिऊँझीएँ ।अप्सरा जस्ता एयर होस्टेज केटीहरू हाम्रै सेवामा बसीरहेका थिए ।दमाम विमान ईस्थल आईपुग्न लागीयो हामी अवतरण को तयारी मा छौँ सीटबेल्ट बानेर मोबाइल बन्द गरिदीनुहोला केटीहरू बोलीरहे । अरबी मा बोलेको हामीले बुझेनौ त्रिलोचन ले ऊल्था गरेर सुनायो ।बिचरा ति केटीहरूको पनी ज़िन्दगी कुन कुनामा गएर भस्म हुन्छ कुनै अत्तो पत्तो थिएन ।जहाज को ढोका नजीकै भगवान को फोटो टाँसीएको थियो ।सबैलाई आ आफुलाई मनपर्ने भगवान टाँसेका रहेछन् ।संधै जहाज अवतरण हुनेबेला बारबार त्यही भगवान ढोगीरहेको मैले देखेँ ।मानीस लाई जीवन को कीन एती धेरै मायाँ लाग्छ होलारु मन मनै सोचीरहेँ आखीर म पनी त्यस्तै त हो नी फेरी मन बुझायँ ।जहाज अवतरण भयो दीऊँसो बार्ह बजे ऊखरमाऊलो गर्मी संगै मरूभुमी को सहर दमाम बिमान्ईस्थल झरेर त्रिलोचन को पछी पछी लागीयो कम्पनी तिर

हाम्रो पहीलो बैदेसीक काम सुरू भयो ।कम्पनी नजीकै नेपाल बाट पछील्लो चोटी आएका दस जनालाई खाने बस्ने ब्यबस्था मिलाएको रहेछ ।म पहीलो पटक बिदेस आएको मान्छे म संगै ९ जाना नै पहीलो चोटी रहेछ ।त्रिलोचन मात्र पुरानो१ कन्टेनर मा ढोका र छानो हालेर बनाईएको कोठा१ दुईतले खाट फोहोरै फोहोर बियर का बोतल हरू जताततै ढलेका १हामीलाई सुत्न को लागी कार्पेट को यक टुक्रा र सानो सिरानी दीयो ।मलाई लाग्यो यस्तो मा कसरी सुत्ने होलारु यक पटक फेरी आँसु आयो ।कपास को डस्ना बिझायो भनेर आमालाई गाली गरेको झलझली सम्झीयँ ।मलाई धिरौँला को तरकारी मन नपर्ने १सेतो प्लास्टिक को भाँडो मा भात पोलीथीन झोलामा अलीकती मुसूरो को दाल घिरौँला को तरकारी रहेछ ।मैले खान्न भन्न सकीन भोक लागीरहेको थियो ।भोक भन्दा त भोजन ठुलो रहेछ ।दाल भात खायँ खानेबेला फेरी आमानै सम्झीयँ ।आमाले म घिरौँला को तरकारी खान्न भन्दा १म सोर्ह सत्र लागेको तिग्रे लाई बच्चा लाई जसरी कोखाई कोखाई गरेर खुवाऊनु भएको थियो ।भित्ता भरी ऊँडुस मारेर धर्कै धर्का बनाईएको थियो अब कसरी सुत्ने होलारु मलाई नर्क जस्तै लाग्दै थियो होस्टल१ कता कता जेल जस्तो पनी लागेको थियो ।मलाई कारागार बसेको सम्झना भयो कालीमाटी पुलीस ले हामी राती अबेर सम्म चोकमा बस्यो ।जाँडखाएर हल्ला गर्यो भनेर समाएको थियो ।दुईरात त्यही थुनेको सम्झना ताजा बनायो होस्टेल ले १त्यस्तै ठाऊँ त्यस्तै मान्छ त्यस्तै ऊडुस मारेका धर्काहरू र मृत ऊँडुस का कंकाल हरू धेरै थिय ।चुनाव ताका समातेर हामीलाई कागज गरेर छोडीदीयको थियो दुईदीन पछी १त्यही सम्झना फेरी ताजा भयो रातभर सुत्नै सकीन ऊँडुसहरू सरीर भरी सल्बलाई रहे मैले केही गरीन रातभर मुर्ती समान टोलाएर बस्दा बस्दै ।बिहानीको प्रभात कालीन् मुस्लिम हरूको मस्जिद मा अल्लाह अकबर को प्राथाना ले बिहानी भएको संकेत जनायो ।

क्रमशः

नाेटः-आगामी हप्ता अर्काे भाग पढ्न नबिर्सनु होला ।

असार २३ गते, २०७५ - १२:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ विप्लव नेकपाको अबको रणनीति

काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र अन्य पार्टीमा प्रवेश गर्ने क्रम...   
स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ

काठमाडौं । मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी...   
नेपाली स्याटेलाइटले काम थाल्यो : ग्राउन्ड स्टेसनसँग दोहोरो सम्पर्क

नेपाली स्याटेलाइटले काम थाल्यो : ग्राउन्ड स्टेसनसँग दोहोरो सम्पर्क

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह ९स्याटेलाइट० ‘नेपाली स्याट–१’ ले नियमितरूपमा ग्राउन्ड स्टेसनसँग...   

को हुन् कार्ल मार्क्स, के हो मार्क्सवाद?

कार्ल मार्क्स ५ मे, १८१८ मा ट्रियर सहरमा जन्मिएका थिए । त्यो सहर सन् १७९४ देखि १८१४ सम्म फ्रान्सेली प्रशासनको...   
जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन !

जहाँ घरजग्गा किन्दा पैसा तिर्नु पर्दैन !

एजेन्सी। संसारमा विचित्रका समाचारहरु सार्वजनिक भइरहेका हुन्छन्। हालै एउटा यस्तै पत्याउन मुस्किल...   

ज्ञानेन्द्र शाही निर्देशित राजावादीद्वारा पर्यटन मन्त्री याेगेशमाथि एयरपाेर्टमा दुर्व्यवहार

बाँके । पर्यटन मन्त्री योगेश भट्टराईमाथि केही राजावादीहरुले नेपालगन्ज एयरपोर्टमा दुर्व्यवहार गरेका...   
वैदेशिक रोजगारीमा शून्य लागत – मन्त्रीलाई काम भन्दा प्रचार प्यारो

वैदेशिक रोजगारीमा शून्य लागत – मन्त्रीलाई काम भन्दा प्रचार प्यारो

काठमाडौं । १५ महिनासम्म बन्द रहेको मलेसिया रोजगारीको ढोका खुलेसँगै शून्य लागत नीति कार्यान्वयन हुन्छ...   

काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको सम्भाव्यता पनि अध्ययन भएन

काठमाडौं । काठमाडौंसँग केरुङ र रक्सौल जोड्ने रेलको धेरै चर्चा भयो । जति चर्चा भएपनि दुवै रेलको अहिलेसम्म...   

प्रचण्ड पार्टीमा एकल नेतृत्व !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी...   
काठमाडौँबाट बाहिरिने सबै नाकाको सडकको अवस्था दर्दनाक

काठमाडौँबाट बाहिरिने सबै नाकाको सडकको अवस्था दर्दनाक

काठमाडौं । दसैं आउन दुई साता बाँकी छँदा काठमाडौं उपत्यकाको सडक, उपत्यका भित्रिने र बाहिरिने नाका तथा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top