/  Thu, December 13, 2018

नेइमारको सपना ध्वस्त भएको रात !

मस्को । रसियामा भइरहेको विश्वकप फुटबलमा अविश्सनीय परिणाम आउने क्रम जारी छ । २१औं संस्करणमा धेरै टिमले नसोचेको नतिजा भोग्नु परेको छ । विश्वकपका दाबेदार मानिएका टिम एकपछि अर्को गरि घर फिर्ताले धेरैलाई अचम्भितसमेत तुल्याएको छ ।

सायद कमैले सोचेका थिए, ब्राजिल पनि यति चाँडै घर जान्छ होला । तर त्यो सोच विपरीतमा परिणत भएको छ, र पाँच पटकको विश्व विजेता ब्राजिल पनि छिट्टै घर फर्किएको छ । समूह चरण र अन्तिम १६ सम्म आइपुग्दा ब्राजिलको प्रदर्शन सानदार नै थियो । यस्तै, उसँग स्टार खेलाडी पनि साथमा भएकाले यो पटक उपाधी ब्राजिले नै लिन्छ भन्ने थियो । तर दुर्भाग्य त्यसो हुन पाएन । ब्राजिलको भाग्यले साथ दिएन ।

ब्राजिलले छैठौं पटक विश्वकप जित्छ भन्ने सबैभन्दा आशा गरिएको कारण अहिलेको पुस्ताका स्टार नेइमार भएर हो । तर बेल्जियमसँग भएको खेलमा नेइमारले जादू देखाउन सकेनन् । र ब्राजिलले हार बेहोर्नु पर्यो । विश्वका सर्वाधिक महंगा खेलाडी नेइमारआवद्ध टिम हार्नुमा धेरै चकित छन् । हुनत खेलमा सधैं जित मात्रै हुन्छ भन्ने होइन । तर पनि नेइमार जस्ता अहिलेका स्टार खेलाडी रहेको टिम आत्मघाती गोलका कारण हार्नु भने निकै आश्चर्यको कुरा मान्न सकिन्छ ।

ब्राजिलमा जस्तै स्टार खेलाडीले भरिएको बेल्जियम विश्वकपको सबैभन्दा बलियो दाबेदार बनेर उदाएको छ । पहिलो हाफमा सम्हालिन नसक्दा ब्राजिल घर फर्किन बाध्य भयो । चार वर्षअघिको विश्वकपमा सेमिफाइनलसम्म पुगको ब्राजिल यसपटक क्वाटरफाइनलबाट बाहिरियो । ब्राजिल घर फर्कियो । यसको अर्थ नेइमार पनि घर फर्किए । अन्तिम १६ बाट क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी तथा क्वाटरफाइनलबाट नेइमार घर फर्किए । अब रुस विश्वकपमा यो समयका स्टार खेलाडी रोनाल्डो, मेस्सी र नेइमारलाई देख्न पाइने छैन ।

यो पटक नेइमारको सपनामा टुट्यो । उनको आफ्नो देशलाई विश्वकप जिताउने धोको यो पटकका लागि अधुरै रह्यो । जर्मनी, अर्जेन्टिना। पोर्चुगल, स्पेन जस्ता बलिया टिम बाहिरिएपछि धेरैको आशंका यो पटक नेइमारको भाग्य चम्किन्छ । तर दुर्भाग्य नेइमारको भाग्य पनि चम्किन सकेन । उनले पनि रोनाल्डो र मेसीजस्तै उपाधी नलगेरै घर फर्के ।
चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा नेइमार चोटग्रस्त भएर क्वाटरफाइनलपछि खेल्न सकेनन् । उनी बिनाको ब्राजिल जर्मनीसँग सेमिफाइनलमा इतिहासकै खराब हारको शिकार बन्यो ।

नेइमारले टुलुटुलु हेरिमात्रै रहे, गर्न सक्ने पनि केही थिएन । तर चार वर्षपछि उनी ब्राजिलको टिमलाई थप बलियो बनाएर विश्वकपको सपनासहित रुस पुगेका थिए ।
विश्वकप अघि मात्रै मैदान फर्किएका नेइमारले पहिलो खेलमा त्यति राम्रो गर्न सकेनन् । तर दोस्रो खेलमा उनी र फिलिप कोन्टिन्होको गोलबाट ब्राजिलले जित निकाल्यो । तेस्रो खेलमा पनि उनको प्रदर्शन सुधारिएको देखियो ।

अन्तिम १६ को खेलमा जित निकाल्दा नेइमारकै भूमिका महत्वपूर्ण रह्यो । यो सबैले नेइमार र उनीसँग जोडिएका सपनाहरु पूरा हुने लाइनमा गए जस्तो देखिएको थियो । तर उनको ब्राजिलियन सपनामा तगारो बनेर आयो बेल्जियम । कजानमा नेइमार निराश देखिन्थे । उनलाई सायद अब फेरि विश्वकपको सपना पूरा भएको हेर्नका लागि अर्को चार वर्ष पर्खिनु पर्ने भयो भन्ने लाग्दै गयो । नेइमारको चारी विश्वकमा धेरै आलोचना पनि भयो ।

चाहिनेभन्दा बढी नाटक गरेको भन्दै उनको आलोचना तिव्र भयो । तर पनि उनको खेल भने आकर्षक नै रह्यो । नेइमारप्रति जति टिप्पणी भए पनि ब्राजिलको लोभलाग्दो खेलले ति सबै फिक्का बनाइदियो भन्दा फरक नपर्ला । अब नेइमारको र उनको टिमको खेल हेर्न चार वर्ष कुनुपर्ने भएको छ । -एजेन्सी 

असार २३ गते, २०७५ - ०८:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म  कसरी शुटिङ गरिएको थियो ?

९ तस्विरमा हेर्नुहोस् भारतकै सर्वाधिक महंगो फिल्म कसरी शुटिङ गरिएको थियो ?

एजेन्सी। अक्षय कुमार र रजनीकान्त अभिनित फिल्म ‘२.०’ म बलिउडमा एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ।...   
झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

झापामा अस्मिता र सुमितबीच लफडा, कारण यस्तो छ ! (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन–२ को टप ४ मा पुगेका अस्मिता अधिकारी र सुमित पाठकबीच लफडा सुरु भएको छ । हिजो...   

नयाँ बीमा योजना शुभारम्भ

काठमाडौ। सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको...   
मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्

काठमाडौं । चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ । अन्तिम ५ मा छानिएका थाइल्याण्ड,...   

नेकपाको सचिवालयको बैठक बस्दै : प्रदेश र जिल्ला समिति टुंगो लाग्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विहिबार अपरान्ह ४ बजेका लागी सचिवालयको बैठक...   
विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

विस्तृत शान्ति सम्झौताको १२ वर्ष : द्वन्द्व पीडितका घाउ अालै

काठमाडौं ।  विस्तृत शान्ति सम्झौता भएको बाह्रवर्ष पुगिसक्दा पनि दशवर्षे सशस्त्र द्वन्द्व पीडितले...   

अमिताभले तिरिदिए १ हजार बढी किसानको बैंक ऋण

मुम्बई  । बलिउडका महानायक अमिताभ बच्चनले भारतको उत्तर प्रदेश राज्यका एक हजार तीन सय ९८ किसानलाई बैंकबाट...   

वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन बन्दै

    काठमाडौं । नेपालको जेठो र पुरानो वीर अस्पतालको छुट्टै अत्याधुनिक शल्यक्रिया भवन अगामी दुईवर्षभित्र...   
४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

४ सय ५५ प्रहरी निरीक्षकको सरुवा [सूचीसहित]

काठमाडौं । देशैभरका प्रहरी निरीक्षकहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी निरीक्षकको...   
धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

धनीको मस्ती : भिडियोमा हेर्नुहोस् ४ लाख पर्ने विवाहाको निम्तो कार्ड

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले छोरीको विवाहाको एउटा निम्तो कार्डमा मात्रै ४ लाख खर्च गरेर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top