Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

कर्णालीमा लगानी सम्मेलनका लागि एक करोड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कार्यक्रम गर्न रु दुई करोड ९२ लाख ५० हजार रकम छुट्याएको छ ।  त्यसमध्ये सबैभन्दा बढी कर्णालीमा विकास साझेदारसँग लगानी सम्मेलन गर्न रु एक करोड रकम छुट्याइएको छ । सरकारले नीति तथा कार्यक्रममा कर्णालीलाई समृद्ध बनाउन लगानीकर्तालाई आकर्षित गर्ने र त्यसका लागि लगानी सम्मेलन आयोजना गरिने उल्लेख थियो । त्यसैलाई सफल बनाउन लगानी सम्मेलन आयोजना गरिने सरकारद्वारा सार्वजनिक गरिएको रातो किताबमा उल्लेख छ । कार्यक्रममा सम्पत्ति व्यवस्थापनदेखि कर्मचारीलाई अंग्रेजी भाषा लेखन तथा वाचन तालीमसम्म समेटिएको छ । मन्त्रालयले कर्मचारीलाई अंग्रेजी भाषा लेखन तथा वाचन गर्ने तालीम दिन रु एक लाख रकम विनियोजन गरेको छ । कर्मचारीको सार्वजनिक उद्घोषण तथा क्षमता विकाससम्बन्धी १० वटा तालीमका लागि रु दुई लाख ५० हजार विनियोजन गरेको छ । आन्तरिक प्रणाली व्यवस्थापनसम्बन्धी तालीम गर्न रु एक लाख, आवधिक योजना तर्जुमा गोष्ठीका लागि रु पाँच लाख, करसम्बन्धी सचेतना अधिमुखीकरण कार्यक्रम गर्न रु चार लाख ५० हजार रकम छुट्याइएको छ । त्यसैगरी, जिल्लाका अन्य सरोकारवालासँग पूर्व बजेट छलफलका लागि रु १२ लाख, जिल्लाका स्थानीय तहसँग पूर्व बजेट छलफल गर्न रु २५ लाख, दुईदिने सुत्रसम्बन्धी अभिमुखीकरण कार्यक्रमका लागि रु पाँच लाख रकम विनियोजित गरेको छ । यस्तै, नीति, नियम, मापदण्ड निर्देशक कार्यविधि आदि तर्जुमा कार्यक्रमसम्बन्धी अन्तक्र्रिया तथा परामर्श गर्न रु १२ लाख, प्रदेश प्रोफाइल तर्जुमा कार्यक्रम गर्न रु १० लाख, प्रदेशस्तरका मन्त्रालयसँग पूर्व बजेट छलफल गर्न रु पाँच लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी, प्रदेशस्तरका सरोकारवालासँग पूर्व बजेट छलफलका लागि रु सात लाख ५० हजार, बजेट कार्यान्वयनसम्बन्धी गोष्ठीका लागि रु तीन लाख, बजेट तर्जुमा तथा योजना छनोटसम्बन्धी पूर्व तयारी कार्यक्रम गर्न रु छ लाख, बजेटको मध्यावधि समीक्षा कार्यक्रम गर्न रु दुई लाख रकम छुट्याइएको छ । रातो किताबअनुसार योजना, अनुगमन तथा मूल्यांकन निर्देशिका तथा अभिमुखीकरण कार्यक्रम गर्न रु छ लाख, दश जिल्लामा योजना तर्जुमा गोष्ठीका लागि रु ३० लाख, योजना तर्जुमा सम्बन्धी अन्तक्र्रिया तथा छलफल कार्यक्रमका लागि रु चार लाख, राजश्व परामर्श समितिको सुझाव संकलन कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै, विकास आयोजना अनुगमन मूल्यांकन तथा समीक्षा गर्न रु १० लाख, वित्तीय पहुँच कार्याक्रम गर्न रु पाँच लाख र सार्वजनिक खरिद व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्न रु छ लाख रकम छुट्याइएको छ । प्रदेशको संसद् आफ्नै सभाहलमा  कर्णाली प्रदेशसभाको बैठक साउनदेखि आफ्नै सभाहलमा बस्ने भएका छन् । हाल क्षेत्रीय सिँचाइको सभाहलमा सञ्चालन भएका संसद्का बैठक अबदेखि शैक्षिक तालीम केन्द्रमा रहेको आफ्नै सभाहलमा सञ्चालन हुने भएका हुन् । संसद् सचिवालय भने शैक्षिक तालीम केन्द्रको भवनमा राखी सकिएको छ । साउनभित्रै बैठक सुचारु गराउने योजना रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । “हामी यो साउनबाटै संसद् बैठक सञ्चालन गर्न चाहन्छौँ ।” उनले भने “गुणस्तरीय काम होस् भन्दै म निरन्तर मर्मत सम्भार चलिरहेको यो ठाउँमा आइरहेको छु ।” काठको काम गर्दै आएका युवालाई राम्ररी काम गर्न निर्देशन दिँदै भेटिनुभएका मुख्यमन्त्री शाही कमसल खालका काम नगर्न चेतावनीनै दिनुभयो । भवन डिभिजन कार्यालयका इञ्जिनियरसमेत साथमा रहेका बेला मुख्यमन्त्री शाहीले कसरी पैसा खर्च गर्ने भन्नेमा मात्र नेपालीको ध्यान भएकाले कामको गुणस्तर कम हुने गरेको बताए । “हामीले कामको गुणस्तरमा ध्यान दिनुपर्ने बेला आएको छ,” उनले भने “विदेशी इञ्जिनियरले राम्रो गर्ने हाम्राले किन राम्रो नगर्ने ?” सभामुख राजबहादुर शाहीले आगामी २० दिनसम्ममा संसद् भवन तयार हुने बताउनुभयो । “अबको २० दिनमा हामी यहीँ बैठक बस्ने सम्भावना अत्यधिक छ,” सभामुख शाहीले भने “अब कार्पेट बिच्छाउन, कुर्सी मिलाउन र साउण्ड सिष्टम जडान गर्न मात्रै बाँकी रहेको छ ।” साउण्ड सिष्टमबाहेक सबै सामान आइसकेकाले अब धेरै ढिलो नहुने उनको भनाइ थियो । गत चैत १२ गते शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सुर्खेतले शैक्षिक तालीम केन्द्रको उक्त भवन मर्मत सुधारका लागि रु एक करोड बराबरको टेण्डर आह्वान गरेको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies