Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

ट्रम्पले नियुक्त गरेका अमेरिकी वातावरण संरक्षण प्रमुखद्वारा राजीनामा

एकपछि अर्को काम विवादमा तानिएसँगै संयुक्त राज्य अमेरिकाको वातावरण संरक्षण निकायका प्रमुख स्कट प्रुइटले पदबाट राजीनामा दिएका छन्।

प्रुइटलाई राष्ट्रपति ट्रम्पले पूर्व राष्ट्रपति बराक ओबामाको हरित विरासत उल्ट्याउन भन्दै नियुक्त गरेका थिए। उनको खर्च गर्ने आचरण र स्वार्थ बाझिएको विषय अनुसन्धानको दायरामा तानिएका थिए। एक जना तेल उद्योगका प्रवर्द्धकसँग जोडिएको अपार्टमेन्ट अस्वाभाविक सस्तो भाडामा लिएको आरोप उनलाई लागेको छ। आफ्नो व्यवहारमाथि प्रश्न उठाउने कैयौँ तल्ला दर्जाका कामदारलाई पनि उनले दण्ड दिने गरेको बताइन्छ। एउटा ट्विटर सन्देशमा राष्ट्रपति ट्रम्पले प्रुइटले असाधारण काम गरेको टिप्पणी गरेका छन्। सन् २०१७ को फेब्रुअरी महिनामा उनी ईपीए नामक उक्त निकायको प्रमुखमा चुनिएका थिए। राष्ट्रपति ट्रम्पले प्रुइटपछिका वरिष्ठ अधिकारी एक जना पूर्व कोइला उद्योगका प्रवर्द्धक एन्ड्रयु व्हिलरले वातावरणीय निकायको कार्यवाहक प्रमुखको जिम्मेवारी सोमवारबाट सम्हाल्ने उल्लेख गरेका छन्। राष्ट्रपति ट्रम्पलाई पठाएको पत्रमा उनले आफू र आफ्नो परिवारमाथि भएका \'क्रुर आक्रमण\' का कारण राजीनामा दिएको उल्लेख गरेका छन्। एक दर्जन आरोपहरूको सामना गरिरहेका उनले शुक्रबारबाट लागु हुने गरी राजीनामा दिएका हुन्। ट्रम्प प्रशासन अन्तर्गत राजीनामा दिने वा बर्खास्त गरिने प्रुइट चौथो मन्त्रीस्तरका अधिकारी हुन्। वासिङटनस्थित बीबीसी संवाददाता एन्थोनी जर्चर भन्छन् ईपीएको प्रमुखका रूपमा विवादका माझ उनले अपेक्षा गरेभन्दा लामो समय काम गरेका हुन् किनभने उनी विरुद्धका एउटै विवाद समेत विगतको प्रशासनको पालामा पदबाट हट्न बाध्य पार्ने प्रकृतिको थियो। प्रुइटले ट्रम्प प्रशासन अन्तर्गत वा आफ्नो गृह राज्य ओक्लोहोमामा अझै माथिल्ला निकायहरूमा काम गर्ने अपेक्षा राखेका थिए। हालैका दिनमा राजीनितिक पदहरूमा टिकिरह्नु दुर्लभ बन्दै गएको छ र प्रुइटको सन्दर्भमा उनको भविष्य अब एकदमै पछाडि धकेलिएको स्पष्ट बुझिन्छ। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies