/  Mon, July 23, 2018

गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएपछि आकस्मिक कक्षमा भर्ना

सुर्खेत । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ ।

पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उहाँलाई अस्पतालमा पु¥याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए ।

“अनशनस्थल नै जोखिमपूर्ण भएको र उनको समस्या बल्झिन थालेपछि हामी अस्पताल लैजान बाध्य भयौँ,” डाइरेक्टर रोकायाले भने । डा केसीलाई अस्पताल पु¥याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले उनीसंग भेट गरेका थिए ।

स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताए । यता डा विनोद अर्यालले एक्कासि डा केसीको मिर्गौला र छातीमा समस्या आएपछि उहाँलाई अस्पताल लैजानुको विकल्प नरहेको जनाए ।

डा अर्यालले भने, “निषेधाज्ञालाई तोडेर भएपनि उपचारार्थ डा केसीलाई प्रतिष्ठानमा पु¥याएका छौँ, आशा गरौँ स्वास्थ्यमा सुधार आउला ।” उनका अनुसार चिकित्सकको निरन्तर प्रयासले मात्र अस्पताल लान सम्भव भएको हो । नत्र डा केसीको जीवन झनै खतरायुक्त बन्दै जाने अवस्था रहेको उनको भनाइ थियो ।

उनलाई सघन उपचार कक्षमा राखिएको प्रतिष्ठानले जनाएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका उनले विभिन्न व्यवधानको बीच जुम्लाको विद्युत् लगायत कुनै सेवा नभएको कभर्डहलमा १५ औँ पटकको अनशन शनिबारदेखि शुरु गरेका थिए ।

आइतबारदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले मागको सुनुवाइ नगरुञ्जेल अनशन नतोड्ने अडान उनले राख्दै आएका छन् ।

असार २१ गते, २०७५ - ०९:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवाको गम्भीर अारोपः के खाएकै हुन् त प्रचण्ड-अोलीले पैसा ?

देउवाको गम्भीर अारोपः के खाएकै हुन् त प्रचण्ड-अोलीले पैसा ?

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...   
सरकार भर्सेस डा.केसीः नाङ्गै भएको पत्तो नपाइएला नि !

सरकार भर्सेस डा.केसीः नाङ्गै भएको पत्तो नपाइएला नि !

गत एक/डेढ महिनाको अन्तरालमा नेपाली संचारमाध्यमको मुख्य समाचार विश्व कपका, मेस्सी र नेपालका डा.गोविन्द...   
अोली छाडेर प्रचण्डतिर उपेन्द्र मिलेपछि बालुवाटारमा खैलाबैला

अोली छाडेर प्रचण्डतिर उपेन्द्र मिलेपछि बालुवाटारमा खैलाबैला

काठमाडाैं ।  हालका स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पछिल्लो...   
सातै प्रदेशका सामाजिक मन्त्रीले केन्द्रिय मन्त्रीलार्इ भेट्दै, छलफल गर्दै

सातै प्रदेशका सामाजिक मन्त्रीले केन्द्रिय मन्त्रीलार्इ भेट्दै, छलफल गर्दै

काठमाडौं । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले आज उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग...   

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु...   
डाक्टरको सर्टीफिकेट पाउन शरिर बेच्नुपर्ने शब्दबारे कानुनमन्त्री तामाङले विज्ञप्ति निकालेर मागे माफि

डाक्टरको सर्टीफिकेट पाउन शरिर बेच्नुपर्ने शब्दबारे कानुनमन्त्री तामाङले विज्ञप्ति निकालेर मागे माफि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता तथा कानुनी न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...   
नेकपाको युवा र विद्यार्थी संगठनले निकाल्यो यस्तो विज्ञप्तिः विद्यार्थी बेच्न पल्किएका यी दुर्इ इन्स्टिच्युटलाई कारबाहि गरियोस्

नेकपाको युवा र विद्यार्थी संगठनले निकाल्यो यस्तो विज्ञप्तिः विद्यार्थी बेच्न पल्किएका यी दुर्इ इन्स्टिच्युटलाई कारबाहि गरियोस्

काठमाडाैं । पूर्वमाअोवादी र पूर्वएमाले हाल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का युवा र विद्यार्थी संगठनले...   
प्रचण्डकी नातिनीको गीतः एक साता नपुग्दै १६ लाख बढीले हेरे, कति लाइक कति डिसलाइक ?

प्रचण्डकी नातिनीको गीतः एक साता नपुग्दै १६ लाख बढीले हेरे, कति लाइक कति डिसलाइक ?

काठमाडौं । नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको...   
चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’

चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’

पूर्वी नेपालबाट जागिर खोज्न काठमाडाैं आएका बेला उनलाई साथीहरूले ‘पेपर म्यारिज’ अर्थात् देखावटी...   
पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?

पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top