Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बढ्दो भ्रुणहत्या र त्यसको प्रभाव

नेपाली समाजमा यतिबेला भ्रुणहत्या समस्या एउटा महामारीको रुपमा फैलिएको छ । जुन सामाजिक साँस्कृतिक धरालतबाट हेर्दा अत्यन्तै अपराधिक कर्मको रुपमा मुल्यांकन गर्न सकिन्छ । छोरा–छोरीबीच देखिएको असमानता विभेद वा अझ भन्ने हो भने, पितृसत्तात्मक समाजमा देखिने अनेकन किसिमका पुरुषवादी आडम्बरका कारण पनि समाजमा भ्रुणहत्याको समस्या र घटना दिनप्रतिदिन तिब्र गतिमा अगाडि बढेको छ । जुन अत्यन्तै दुःखद र असामाजिक घटनाको रुपमा लिन सकिन्छ । समाजमा स्पष्ट चेतनाको कमी भनौं वा छोरा र छोरीप्रति देखिने परिणामस्वरूप भनौं, आमाको कोखभित्र एउटा शिशुको हत्या गराउनु विज्ञानको विकृतस्वरूप हो । किशोरकिशोरीहरुले लहलहैमा लागेर असुरक्षित रुपमा यौनसम्पर्क राख्दा अनपेक्षित रुपमा गर्भ बस्ने र भ्रुणहत्या गर्नुपर्ने परिस्थिति सृजना भएको विभिन्न तथ्यांकले देखाउँछ । छोरा वा छोरी जन्मनुअघि आमाको कोखमा समान परिवेशमा हुर्किएको हुन्छ । तर, आधुनिक विज्ञान, प्रविधि र विकसित चिकित्सा प्रणालीले गर्दा गर्भभित्र नै लिंग परीक्षण गराउन सकिन्छ । जसले गर्दा गर्भपतन वा भ्रुणहत्याको दर बढेको छ । हुन त नेपाल सरकारले लिंगको आधारमा गर्भपतन गराउनेलाई कानूनीरुपमा कारबाहीको दायरामा ल्याएको छ । तरपनि, मेरी स्टप सेन्टर ,नरसिङ होमलगायत विभिन्न क्लिनिकमा महंगो रकम तिरेपछि लिंग छुट्याउने काम भइरहेको कुरा बेलाबखत बाहिर आइरहेको छ ।
आर्थिक वर्ष २०७३ /०७४ को वैशाख महिनासम्म मात्रै १२ हजार ४ सय ९६ महिलाले गर्भपतन गराएका छन् । जसमध्ये तीन हजार सात सय ७४ जना २० वर्ष मुनिका छन् । त्यसैगरी आठ हजार सात सय २२ जना २० वर्ष माथिका छन् । तथ्यांकमा देखाएको कूल सङ्ख्याको ३० प्रतिशतभन्दा बढी महिला २० वर्ष भन्दा मुनिका छन् । यिनै तथ्यांकका आधारमा पनि भ्रुणहत्या एउटा सामाजिक कलंकको रुपमा फैलिएको अनुमान गर्न सकिन्छ गर्भपतन गर्ने औषधि आफैले किनेर लगेर असुरक्षित गर्भपतन गराउने किशोरीहरु धेरै छन् । त्यसैले, सरकारी तथ्यांकले देखाएकोभन्दा दोब्बर महिलाहरु सुरक्षित तथा असुरक्षित रुपमा गर्भपतन गर्ने गर्दछन् । महिलाहरुको पाठेघर तथा प्रजननसमबन्धी रोगको कारण बिभिन्न आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतन पनि प्रमुख कारण हो ।
असुरक्षित रुपमा हुने यौनसम्पर्क जस्तै बलात्कार, हाडनाता करनी, जबर्जस्तीलगायत विभिन्न कारणले सिर्जित हुने परिवेशमा अनाधिकृत गर्भ बस्न सक्दछ । जसको कारणले महिलाहरु समाजमा बद्नामित हुने डरले पनि भ्रुणहत्यालाई एउटा विकल्प र भरपर्दो माध्यमको रुपमा स्वीकार गर्दछन् । यो उपाय वा विकल्पले महिलाहरु समाजमा हुने बेइज्जतबाट केही मुक्त रहनसके पनि उनको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुनसक्दछ । यस्तो अबस्थापछि महिला शारीरिक र मानसिक रुपमा जीवनभरी विक्षिप्त भएर तड्पिन्छन् । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया वि.सं.२०६० ले गर्भ बसेको १२ हप्तासम्म गर्भवती महिलाको मञ्जुरीमा गर्भपतन गराउनपाउने कानूनी मान्यता प्रदान गरेको छ । तर, अप्ठ्यारो परिस्थितिमा चिकित्सकको सल्लाहमा १८ हप्तासम्म गर्भवती महिलाको स्वास्थ्यमा कुनै असर नगर्ने गरी गर्भपतन गराउन पाइन्छ । तर, भ्रुणको लिंग पहिचान गराउने काम भएमा ३६ महिनासम्म कैद सजाय र लिंगको पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म जेल सजाय हुनसक्छ । श्रीमान् श्रीमतीबीचको असमझदारी , झगडा , परिवारभित्र अनमेलका कारण पनि लिंग परीक्षण गर्नपर्ने अवस्था आउँछ । जुन, कानूनी रुपमा बन्देज भएपनि चिकित्सकको मिलेमतोमा अझैपनि यस्ता गैरकानूनी धन्दा फस्टाइरहेका छन् । [caption id=\"attachment_186501\" align=\"alignleft\" width=\"259\"]\"\" लेखक[/caption] १३–३० उमेर समुहका केटाकेटीबीच हुने अनैतिक यौनसम्बन्ध , अत्यन्तै हल्का र गैरजिम्मेवारीपन, मायाप्रीतिको झोंकमा हुने शारीरिक सम्पर्क , देखासिकी रुपमा गरिने यौनमनोरञ्जन , साथीसाथीका बीचमा आफूलाई अब्बल र केटीका मामलामा पोख्त प्रमाणित गर्न समझदारी वा बल्जफ्तीमा हुने यौन गतिविधिले असुरक्षित गर्भ बस्न सक्दछ । त्यसपश्चात विभिन्न पीडा र समस्या देखिँदै जान्छ । जसको निवारणको अन्तिमविन्दु, माध्यम वा अस्त्र भनेको भ्रुणहत्या नै हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/०७३ मा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये तीन हजार चार सय ५८ त किशोरी थिए । २० वर्षभन्दा कम उमेरका युवती गर्भवती हुनु तथा उनीहरुले बच्चा जन्माउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन । गर्भपतन गराएका महिलामध्ये २५ प्रतिशत महिला २० वर्षभन्दा कम उमेर समुहको रहेको तथ्यांकमा देख्न सकिन्छ ।
नेपाली समाजमा गर्भपतन तथा भ्रुणहत्याको विषयमा लामो समयदेखि बहस सिर्जना भएको छ । महिला अधिकारकर्मीहरु गर्भपतनको चक्कीको दुरुपयोग भएको बताउँछन् । गर्भमा रहेको शिशुको लिंग परीक्षण गर्ने र छोरी भए गर्भपतन गराउने प्रवृत्ति बढेको छ । ‘महिलाले बच्चा जन्माउन नसकेमा, बच्चा अस्वस्थ्य भएमा, बलात्कृत किशोरी भएमा मात्र गर्भपतन गराउनुपर्छ । अन्य अवस्थामा पनि गर्भपतन गराएर विकृति बढेको छ । जसको कारण महिलाहरुको स्वास्थ्य अत्यन्त जोखिममा रहेको छ । कुनैपनि महिलाले आफूले चाहेर गर्भपतन गर्दैनन् ।
त्यस्तै, आर्थिक वर्ष २०७३ /०७४ को वैशाख महिनासम्म मात्रै १२ हजार ४ सय ९६ महिलाले गर्भपतन गराएका छन् । जसमध्ये तीन हजार सात सय ७४ जना २० वर्ष मुनिका छन् । त्यसैगरी आठ हजार सात सय २२ जना २० वर्ष माथिका छन् । तथ्यांकमा देखाएको कूल सङ्ख्याको ३० प्रतिशतभन्दा बढी महिला २० वर्ष भन्दा मुनिका छन् । यिनै तथ्यांकका आधारमा पनि भ्रुणहत्या एउटा सामाजिक कलंकको रुपमा फैलिएको अनुमान गर्न सकिन्छ गर्भपतन गर्ने औषधि आफैले किनेर लगेर असुरक्षित गर्भपतन गराउने किशोरीहरु धेरै छन् । त्यसैले, सरकारी तथ्यांकले देखाएकोभन्दा दोब्बर महिलाहरु सुरक्षित तथा असुरक्षित रुपमा गर्भपतन गर्ने गर्दछन् । महिलाहरुको पाठेघर तथा प्रजननसमबन्धी रोगको कारण बिभिन्न आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतन पनि प्रमुख कारण हो । नेपाली समाजमा गर्भपतन तथा भ्रुणहत्याको विषयमा लामो समयदेखि बहस सिर्जना भएको छ । महिला अधिकारकर्मीहरु गर्भपतनको चक्कीको दुरुपयोग भएको बताउँछन् । गर्भमा रहेको शिशुको लिंग परीक्षण गर्ने र छोरी भए गर्भपतन गराउने प्रवृत्ति बढेको छ । ‘महिलाले बच्चा जन्माउन नसकेमा, बच्चा अस्वस्थ्य भएमा, बलात्कृत किशोरी भएमा मात्र गर्भपतन गराउनुपर्छ । अन्य अवस्थामा पनि गर्भपतन गराएर विकृति बढेको छ । जसको कारण महिलाहरुको स्वास्थ्य अत्यन्त जोखिममा रहेको छ । कुनैपनि महिलाले आफूले चाहेर गर्भपतन गर्दैनन् । गर्भपतन गराउन पुरुषले दबाउने तथा उक्साउने गर्दछन् । विवाह गर्छु भन्दै बिभिन्न आश्वासन देखाएर कण्डम नै नलगाई यौनसम्र्पक गर्छन् र गर्भ बसाएर ‘नामर्द’ बनेर फरार हुन्छन् । ‘सोह्रसत्र वर्षको उमेरमा माया नै हुँदैन । त्यो सबै आकर्षण गर्ने प्रवृत्ति हो । तन नजिक भएपछि मन नजिक हुन्छ, मन नजिक भएपछि सबथोक हुन्छ । जसको कारण किशोरीहरु गर्भपतन गर्न पुग्छन् । जसले उनीहरुलाई भविष्यमा शारीरिक, मानसिक, सामाजिक तथा मनोवैज्ञानिक रुपमा गम्भीर असर पार्छ । संसारभरी महिला प्रजननको स्वतन्त्रता र सुरक्षित मातृत्वको सवालहरु सलबलाइ रहेकाछन् । महिलाहरु भाषणमा पोख्त देखिएका छन् । तर, भ्रुणहत्याको मामलामा अझ खुलेर आवाज निकाल्नसकेका छैनन् । किनकि, पुरुषवादी नियन्त्रण हाम्रो समाजमा अझपनि हाबी छ । घरमा पारिवारिक सम्बन्ध सुधार गर्नका निमित्त श्रीमान्कै दबाबमा भ्रुणहत्या हुने गरेको छ । जसले अहिले पनि एउटा शिशु आमाको कोखमा सुरक्षित छैन भन्ने कुराको प्रमाणित गर्दछ । बढ्दो भ्रुणहत्या समाजको एउटा विकराल समस्याको रुपमा देखापरिरहेको छ । अबोध शिशुहरु गर्भभित्र औषधिको प्रयोग, उपकरणको प्रयोग र मेडिकल इन्डक्सनको प्रयोगमार्फत् हत्या भैराखेको छ । यसले नेपालको सामाजिक साँस्कृतिक परिवेशमा गम्भीर चुनौती पैदा गराएको छ । मनोरञ्जनका रुपमा अपरिपक्व उमेरमा नै यौनसम्बन्ध राख्दा समाजमा विकृति त फैलिरहेकै छ, त्यसका साथै समाजमा विभिन्न किसिमका चुनौतीका पहाड देखापरेका छन । पारिवारिक जीवनमा वा विवाहअघिकै समयमा पनि एउटा नारीको कोख जुनैबेला रणभूमि बन्नसक्छ । यसतर्फ विश्वभरका महिला एकजुट हुँदै समाजमा सामाजिक, साँस्कृतिक र पारिवारिक एकता र सद्भाव कायम राख्न अग्रसर हुनुपर्छ । (लेखक–समाजशास्त्रमा स्नातकोत्तर गर्दैछन्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies