Khabar Dabali Logo
  November 18, Mon

दुव्र्यवहारविरुद्ध चेतनामूलक सडक नाटक सम्पन्न

काठमाडौँ। ‘विश्वास नेपाल’ नामक सामाजिक संस्थाले डान्स तथा क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्रमा कार्यरत महिलामाथि हुने दुव्र्यवहारविरुद्ध चेतनामूलक सडक नाटक ‘हामी चेली’ प्रदर्शन शुक्रबार सम्पन्न भएको छ ।

बिहीबारदेखि दुईदिनसम्म आयोजित नाटक चाबहिल, गौशाला, चक्रपथ, गँगबु, ठमेल, सोह्रखुट्टे, कालोपुल, सुन्धारा, बालाजु र कलंकीमा देखाइएको थियो । त्यस क्षेत्रमा कार्यरत महिला कर्मचारीलाई व्यवस्थापन तथा सञ्चालकले श्रम सम्झौता गरी त्यसका आधारमा काम र पारिश्रमिक व्यवस्था गर्नुपर्ने सन्देश नाटकमा पाइन्छ । त्यस्तै उक्त व्यवसाय सञ्चालन गर्ने व्यवसायी तथा संस्थालाई पनि सरकारले निर्दिष्ट गरेका श्रम सम्झौतालगायत पालना गरी कुनै पनि बहानामा हिंसालाई प्रश्रय नदिन नाटकमा सुझाइएको छ ।

बालबालिका प्रयोग नगर्ने, कार्यरत कर्मचारीको नागरिकता र ठेगाना प्रष्ट राख्नुपर्ने, जीवन बीमा व्यवस्था गर्नुपर्ने, तोकिएको समयभन्दा धेरै काममा लगाउन परेमा अतिरिक्त पारिश्रमिकको व्यवस्था गर्नुपर्नेजस्ता पक्षलाई समावेश गरिएको सो नाटकमा महिलाविरुद्ध हुने विभेद तथा शारीरिक र मानसिक हिंसाका कारण समाजमा पर्ने प्रभावको विश्लेषण गरिएको छ ।

हिंसा न्यूनीकरण तथा यौन हिंसाविरुद्ध देखाइएको नाटकमा नयाँ बसपार्क तथा त्यस आसपास क्षेत्रका रेष्टुराँबाट १८ वर्षभन्दा कम उमेरका बालिका र किशोरी फेला परेको समाचार प्रस्तुत गरिएको छ ।

संस्थाका अध्यक्ष तारा भण्डारीले पछिल्लो समय मानव बेचबिखनको क्षेत्र मानिउका डान्स, दोहोरी, क्याबिन रेष्टुराँलगायत मनोरञ्जन क्षेत्र विकसित हुँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । यस्ता कार्य निरुत्साहन गर्न नाटक सशक्त माध्यम हुन सक्ने बताउँदै उहाँले हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारले निगरानी बढाउनपुर्नेमा जोड दिए ।

मनोरञ्जन क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार नेहा शर्माले गरेका विभिन्न अनुसन्धानका क्रममा राजनीतिक संरक्षणका आधारमा केही बिचौलिया तथा खराब गिरोहले ग्रामीण भेगका किशोरीलाई रोजगारीको प्रलोभन तथा विवाह गर्ने आश देखाएर डान्स तथा क्याबिनमा काम लगाउने गरेको अनुभव सुनाए ।

आगामी दिनमा काठमाडौँ उपत्यका तथा त्यस बाहिरका अन्य जिल्लामा समेत नाटक प्रदर्शन गरिनेछ । उक्त संस्थाको पहलमा प्रहरीको सहयोगमा वैदेशिक रोजगारीका बहानामा बेचबिखन तथा हिंसामा परेका बालबालिका तथा महिलालाई विभिन्न पुनःस्थापना केन्द्र तथा व्यावसायिक सीप केन्द्रमा तालीमको व्यवस्था गरी सम्बन्धित जिल्लामा फर्काउन सहयोग भएको छ । भूकम्पपछि बालबालिका तथा किशोरी बढी जोखिममा रहेको सो संस्थाको अध्ययनले देखाएको छ ।

असार १६ गते, २०७५ - १५:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top