Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

इटालीको पिस वेलमा नेपालको झण्डा फहराइयो

काठमाडौँ, ११ असार । इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ । यही जुन २४ का दिन एक विशेष समारोहकाबीच पिस वेलको सामुन्ने नेपाली झण्डा फहराइएकोे जेनेभास्थित नेपाली राजदूतावासले आज एक विज्ञप्तिमार्फत जनाएको हो । उक्त समारोहमा नेपालको तर्फबाट इटालीका लागि गैरआवासीय राजदूत दीपक धिताल, पिस वेल फाउण्डेसनका प्रमुख संरक्षक सिनेटर अल्बर्टो रोबल लाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो । पिस वेलको सामुन्ने नेपालको राष्ट्रिय गानसहित झण्डोत्तोलनपछि १०० पटक घण्टा बजाउनका साथै इटालीको राष्ट्रिय गान समेत बजाइएको थियो । नेपालको झण्डा दुई हप्तासम्म घण्टाको सामुन्ने छुट्टै फहराइने एवं तत्पश्चात स्थायी रुपमा अन्य मुलुकका झण्डासँगै राखिने जनाइएको छ । सो अवसरमा फाउण्डेशनका प्रमुख संरक्षक प्रोफेसर सिनेटरले मारिया डोलेन्समा झण्डा स्थापना गर्ने ९६ औँ मुलुकका रुपमा नेपाललाई स्वागत गर्दै शान्ति, भाइचारा र आपसी समझदारीका लागि उक्त स्थान सानो संयुक्त राष्ट्रसंघको रुपमा विकसित हुँदै गएको बताए । उनले नेपाल र नेपालीप्रति इटाली जनतामा अत्यन्त ठूलो सद्भाव र मित्रता रहेको बताउँदै नेपालको झण्डा उक्त स्थानमा स्थापना भएबाट प्रतीकात्मक रुपमा दुई मुलुकका जनता अझै निकट भएको बताए । राजदूत धितालले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशको तर्फबाट विश्व शान्ति र भाइचाराप्रति ऐक्यबद्धता जनाउने प्रतीकात्मक घण्ट भएको मिरावेल हिलमा नेपालको झण्डा स्थापित गर्न पाउँदा खुशी र गौरव अनुभव भएको बताए । उनले नेपाल र इटालीबीच सरकारी तथा जनस्तरमा समेत विस्तार हुँदै आएका सम्बन्धका बारेमा प्रकाश पार्दै यसलाई थप गतिशील र पारस्परिक सहयोगमा आधारित बनाउन आह्वान गरे । पिस फाउण्डेसनको तत्वावधानमा आयोजित उक्त कार्यक्रममा फाउण्डेशनका अध्यक्ष, ट्रेन्टो प्रान्तका लागि सरकारी कमिशनर, प्रान्तका अध्यक्ष र ट्रेन्टो शहरका उपमेयर लगायत करीब १५० जनाको उपस्थिति थियो । सो अवसरमा नेपाली समुदायको समेत उल्लेख्य उपस्थिति थियो । प्रथम विश्वयुद्धताका ट्रेण्टिनो युद्धमा मारिएका १२ देशका करिब २० हजार ज्ञातअज्ञात सैनिकको सम्झनामा सम्बन्धित मुलुकबाट प्राप्त तोपको काँस धातुबाट बनेको अजंगको घण्टलाई मारिया डोलेन्स् भनिन्छ । सन् १९२४ मा स्थापित विश्व शान्ति, सहिष्णुता र समझदारीको प्रतीक यस स्मारकमा ऐक्यबद्धता प्रदर्शन गर्दै नेपाललगायत ९६ मुलुकले हालसम्म आ–आफ्ना राष्ट्रिय झण्डा स्थापना गरेका छन् । रासस

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies