/  Mon, July 23, 2018

भारतबाट माल्दिभ्स निर्यात हुने खाद्यपदार्थ ‘कटौती’

भारतले माल्दिभ्स निर्यात हुने खाद्य पदार्थहरूको परिमाणमा कटौती गरेको छ । यसलाई माल्दिभ्समा चीनको बढ्दो प्रभाव एवम् भारत र माल्दिभ्सबीच बिग्रिँदो कूटनीतिक सम्बन्धको सङ्केतका रूपमा भारतीय र माल्दिभ्सका सञ्चारमाध्यमले अर्थ्याएका छन् ।

भारतको केन्द्र सरकारले जुन २० मा एउटा सूचना प्रकाशित गरी द्विपक्षीय व्यापारिक सम्झौतानुसार माल्दिभ्स निर्यात हुने सातथरी खाद्य पदार्थको परिमाणको सीमा गत वर्षको भन्दा घटाएर तोकिदिएको थियो।

चामल, दाल, गहुँको पिठो, आलु, चिनी, प्याज र अण्डाको निर्यातमा यसरी तोकिएको कोटा गत एप्रिलदेखि एक वर्षका लागि लागु हुनेछ।

नयाँ दिल्लीको यो कदमले हिन्द महासागरमा छरिएर रहेका टापुहरूको उक्त देशमा खाद्यपदार्थको अभाव हुने त्रास उत्पन्न भएको छ।

तर माल्दिभ्स सरकारको व्यापार तथा वाणिज्य हेर्ने एउटा निकायका वरिष्ठ अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई देशमा खाद्यान्न सङ्कट नहुने बताएका छन्।

खाद्य पदार्थको निर्यातमा कोटा काटिएको र दुई देशबीच सम्बन्धमा तिक्तता उत्पन्न भएको भन्ने आशयका समाचारसामग्रीलाई भारतको विदेश मन्त्रालयले ‘भ्रामक’ भनेर खण्डन गरेको छ।

सोमवार एउटा विज्ञप्ति जारी गर्दै विदेश मन्त्रालयका प्रवक्ताले गत हप्ता प्रकाशित सूचनाको सन्दर्भ उल्लेख गर्दै “आवश्यकताको गणना उपभोगका आधारमा गरिएको र त्यो भारत र माल्दिभ्सबीच १९८१ मा भएको व्यापारिक सम्झौता अनुरूप नै रहेको” दाबी गरेका छन्।

विज्ञप्तिमा “भारत दुई देशका नागरिकका बीच बलियो सम्बन्ध होओस् भनेर प्रतिबद्ध रहेको र माल्दिभ्सका जनताले कठिनाइ भोग्नु नपरोस् भनेर आश्वस्त बनाउँछ” भनिएको छ।

के छ १९८१ को सम्झौतामा ?

सन् १९८१ मा गरिएको सम्झौतामा माल्दिभ्सले आफूलाई एक वर्षका लागि चाहिने अत्यावश्यक सामग्रीको सूची भारतलाई दिने र भारतले ती सामग्रीको उपलब्धता एवम् माल्दिभ्सको आवश्यकतालाई विचार गरेर कोटा तोक्ने उल्लेख छ।

भारतीय अधिकारीहरूका अनुसार सन् २०१८-१९ का लागि माल्दिभ्ससँग हुने व्यापारका लागि नयाँ नियमहरू बनाइएका छन् र तिनकै आधारमा निर्यातको सीमा कम भएको हो।

खाद्य पदार्थको कोटा घट्नु एकतर्फी निर्णय नभएको दाबी नाम उल्लेख नगरिएका एक जना सरकारी अधिकारीले ‘द हिन्दू’ पत्रिकासँग गरेका छन्।

करसम्बन्धी ती अधिकारीले ‘द हिन्दू’लाई भनेका छन्, “सामान्यत: माल्दिभ्सबाट आवश्यक सामग्रीहरूको मागसूची आउँछ र हामी ती सबैजसोको पूर्ति गरिराखेका हुन्छौँ । यो वर्ष हामीसँग कुनै माग आएन र हामी आफैँले पछिल्ला तीन वर्षको औसत गणना गरेर यो वर्षका लागि सीमा तोक्यौँ।”

लुकेको सन्देश के हो ?

तीन वर्षमा भएको माग र आपूर्तिको गणना गरेर नयाँ कोटा तोकिएको भनिएको छ।

झट्ट हेर्दा भारतले गरेको कोटा कटौती नियमसम्मत देखिए पनि हिन्द महासागरीय क्षेत्रमा चीनको बढ्दो प्रभाव एवम् माल्दिभ्ससँग उसको कूटनीतिक र रणनीतिक सामीप्यसँग यसलाई जोडेर हेरिएको छ।

गत वर्ष डिसेम्बरमा माल्दिभ्सले चीनसँग १२ बुँदे सहमति गरेको थियो। त्यसमा हिन्द महासागरमा आर्थिक र रणनीतिक साझेदारी गर्नेगरी विभिन्न सम्झौता र सहमतिहरू भएका थिए ।

भारतीय विदेश मन्त्रालयका एक जना अधिकारीले पनि यस कदमसँग ‘राजनीतिक सन्देश’ जोडिएको बताएका छन्।

कस्तो असर पर्ला ?

माल्दिभ्सले आफ्ना नागरिकलाई खाद्य पदार्थमा अनुदान दिँदै आएको छ।

भारतले गरेको निर्णयका कारण माल्दिभ्समा मुद्रास्फीति बढ्न सक्ने ठानिएको छ।

माल्दिभ्समा आलु, अण्डा, प्याजजस्ता सामग्रीको आयात तीन वर्षयता घटिरहेका थिए। नयाँ नियमले ती वस्तुको आपूर्तिमा अझ धेरै प्रभावित पर्नेछ।

यसपालि चिनीको कोटा ९७ प्रतिशत र गहुँको पिठोको ९८ प्रतिशत भन्दा बढीले कटौती भएको माल्दिभ्स टाइम्सको अन्लाइनमा प्रकाशित एउटा सामग्रीमा उल्लेख छ।

अझ माल्दिभ्समा गत वर्षको तुलनामा आधा परिमाणमा मात्र अण्डा पुग्नेछन्।

माल्दिभ्स टाइम्सका अनुसार राज्यको व्यापार हेर्ने एउटा संस्थाका महानिर्देशक अहमद शाहीरले माल्दिभ्सलाई खाद्यान्न निर्यात गर्ने भारत एक्लो देश नभएको बताएका छन्।

माल्दिभ्सले गत महिना चीनबाट सबैभन्दा बढी अर्थात् १९ प्रतिशत सामग्री आयात गरेको थियो। त्यसै गरी सिङ्गापुरबाट १७ प्रतिशत र यूएईबाट १४ प्रतिशत सामग्री आयात भएको बताइन्छ।

भारतको निर्णयले माल्दिभ्सको अर्थतन्त्रलाई गम्भीर असर नपर्ने शाहीरको दाबी छ। माल्दिभ्सको अर्थतन्त्र पर्यटनमा निर्भर छ। बीबीसी

 

 

असार ११ गते, २०७५ - १७:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवाको गम्भीर अारोपः के खाएकै हुन् त प्रचण्ड-अोलीले पैसा ?

देउवाको गम्भीर अारोपः के खाएकै हुन् त प्रचण्ड-अोलीले पैसा ?

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...   
सरकार भर्सेस डा.केसीः नाङ्गै भएको पत्तो नपाइएला नि !

सरकार भर्सेस डा.केसीः नाङ्गै भएको पत्तो नपाइएला नि !

गत एक/डेढ महिनाको अन्तरालमा नेपाली संचारमाध्यमको मुख्य समाचार विश्व कपका, मेस्सी र नेपालका डा.गोविन्द...   
अोली छाडेर प्रचण्डतिर उपेन्द्र मिलेपछि बालुवाटारमा खैलाबैला

अोली छाडेर प्रचण्डतिर उपेन्द्र मिलेपछि बालुवाटारमा खैलाबैला

काठमाडाैं ।  हालका स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पछिल्लो...   
सातै प्रदेशका सामाजिक मन्त्रीले केन्द्रिय मन्त्रीलार्इ भेट्दै, छलफल गर्दै

सातै प्रदेशका सामाजिक मन्त्रीले केन्द्रिय मन्त्रीलार्इ भेट्दै, छलफल गर्दै

काठमाडौं । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले आज उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग...   

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक रोगारका क्रममा मृतु...   
डाक्टरको सर्टीफिकेट पाउन शरिर बेच्नुपर्ने शब्दबारे कानुनमन्त्री तामाङले विज्ञप्ति निकालेर मागे माफि

डाक्टरको सर्टीफिकेट पाउन शरिर बेच्नुपर्ने शब्दबारे कानुनमन्त्री तामाङले विज्ञप्ति निकालेर मागे माफि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का नेता तथा कानुनी न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर...   
नेकपाको युवा र विद्यार्थी संगठनले निकाल्यो यस्तो विज्ञप्तिः विद्यार्थी बेच्न पल्किएका यी दुर्इ इन्स्टिच्युटलाई कारबाहि गरियोस्

नेकपाको युवा र विद्यार्थी संगठनले निकाल्यो यस्तो विज्ञप्तिः विद्यार्थी बेच्न पल्किएका यी दुर्इ इन्स्टिच्युटलाई कारबाहि गरियोस्

काठमाडाैं । पूर्वमाअोवादी र पूर्वएमाले हाल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का युवा र विद्यार्थी संगठनले...   
प्रचण्डकी नातिनीको गीतः एक साता नपुग्दै १६ लाख बढीले हेरे, कति लाइक कति डिसलाइक ?

प्रचण्डकी नातिनीको गीतः एक साता नपुग्दै १६ लाख बढीले हेरे, कति लाइक कति डिसलाइक ?

काठमाडौं । नवगायिका स्मिता दाहाल फेरी चर्चामा छिन् । यसपटक उनको चर्चा भएको छ युट्युबमा भाइरल भइरहेको...   
चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’

चीन र कोरियामा यसरी बेचिन्छन् ‘नेपाली दुलही’

पूर्वी नेपालबाट जागिर खोज्न काठमाडाैं आएका बेला उनलाई साथीहरूले ‘पेपर म्यारिज’ अर्थात् देखावटी...   
पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?

पाँच हजार वर्षअघि हिममानवले के खान्थे ?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। ‘मास्टर्शेफ’मा देखाइने जस्तो खानाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top