Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

बीना मगरको बाचाः मेलम्चीलाई फेरि हात्ती आयो, हात्ती आयो फुस्सा हुन दिन्न

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) की नेतृ तथा खानेपानीमन्त्री बिना मगरले मन्त्रालयले निर्धारण गरेको समयसमयमा नै मेलम्चीको पानी काठमाडाैंवासीले उपयोग गर्न पाउने बताएकी छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ हुन नदिने स्पष्ट पारेकी छन् । ‘मेलम्ची परियोजनालाई फेरि पनि हात्ती आयो, हात्ती आयो फुस्सा हुन नदिन हामीले अथक प्रयास गरेका छौँ’, मन्त्री मगरले भनिन् । उनले तोकिएको समयभन्दा पहिले नै सुरुङको ब्रेकथ्रु गरिएको तर ब्रेकथ्रु गरिएपछि काम तीव्र गति नभएको अवस्थामा आफ्नो ध्यानाकर्षण नभएको भन्दै अब काम ढिला नगर्ने गरी सहमति भएको बताएकी छन् । मन्त्री मगरले काम ढिलाइ भएको सन्दर्भमा इटालियन कम्पनी सिएमसीको मुख्य कार्यालयका प्रतिनिधि , बुहपक्षीय दाता एसियाली विकास बैंक, मेलम्ची खानेपानी विकास समिति र मन्त्रालय विस्तृत छलफल भएको बताइन् । बहुपक्षीय छलफलमा तोकिएकै समयमा सक्ने गरी सहमति भएको मन्त्री मगरको दाबी छ । सहमतिअनुसार इटालियन कम्पनीले सिएमसीबाट सञ्‍चालित परियोजनाको सरकारले सोझै भुक्तानी गर्नेछ भने कम्पनीले तोकेको समयभित्र काम गर्नेछ । गत ७ असारमा इटालीबाट आएको टोलिसहित मेलम्ची परियोजना अध्ययन र ८ असारमा बुहपक्षीय सहमति गरिएको हो । असोज मसान्तसम्म मेलम्ची परियोजनाको काम सक्नको लागि असोज १८ गतेसम्म मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याइनुपर्नेछ । अब मन्त्रालयले प्रत्येक दिन मेलम्चीको प्रगति विवरण अध्ययन गर्ने र त्यस आधारमा समन्वय गर्ने मन्त्री मगरले बताइन् । ‘ठेकदारबाट अति भयो’ इटालियन कम्पनी सिएमसीबाट सरकारलाई कमजोर पार्न खोजिएको आरोप मन्त्री मगरले लगाएकी छन् । मन्त्री मगरले मेलम्ची परियोजना कतिलाई आशा कतिलाई तमसा भएको भन्दै अब यस्तो वातावरण बन्न नदिने बताएकी छन् । पछिल्लोपटक ठेकेदार कम्पनीले थप भार परेको र विगतमा अवरोधका कारणले एक अर्ब ६५ करोड रुपैयाँ अतिरक्त भुक्तानी र ५०७ दिनको म्याद मागेको छ । मन्त्री मगरले पटक–पटक म्याद र रकम थपेर ठेकेदार कम्पनीले अति गरेको गुनासो गरिन् । ‘हरेक कुराको सीमा हुन्छ, अब सीमा नाघ्न दिँदैनौँ’ मन्त्री मगरले भनिन् । मगरले विवाद निरूपणको लागि गठन गरिएको डिएबीको निर्णय पनि सरकारलाई चित्त नबुझेको र असन्तुष्टि बुझाइसकेको अवस्थामा पुन ठेकेदार कम्पनीको पक्षमा निर्णय आए कानुनी बाटो अवलम्बन गर्ने बताएकी छन् । ‘हामी अब उपल्लो निकायमा जान्छौँ, हिजोको बेथिति फेरि पनि हुनुहुँदैन’, मन्त्री मगरले भनिन् । खानेपानी मन्त्रालयका अनुसार प्रत्येक दिन मेलम्ची खानेपानीबाट ५१ लाख रुपैयाँ आम्दानी हुनेछ । २०७३ असोजमा मेलम्चीको पानी काठमाण्डुमा आएको भए अहिलेसम्म सरकारको आम्दानी तीन अर्ब ४० करोड रुपैयाँ पुगिसक्थ्यो । ‘मेलम्ची नआउँदा हामीले प्रत्येक दिन ५१ लाख रुपैयाँ गुमाएका छौँ, अब पनि टाइममा काम नगर्ने हुनुहुँदैन’, मन्त्री मगरले भनिन् । मेलम्ची खानेपानी परियोजना २००९ मा चिनियाँ कम्पनीलाई चार अर्ब २५ करोड रुपैयाँमा निर्माण जिम्मा दिएको थियो । त्यो कम्पनीले २०१२ सम्म जम्मा छ किलोमिटर सुरुङ निर्माण गरी काममा ढिलासुस्ती गरेपछि इटालियन कम्पनीलाई २०१५ भित्र सक्ने गरी ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का दिइएको छ । चिनियाँ कम्पनीलाई सरकारको तर्फबाट ६९ करोड रुपैयाँ यसअघि भुक्तानी गरिएकोमा इटालियन कम्पनीलाई पनि काम गर्नुपहिले नै सरकारले भुक्तानी दिँदै आएको छ । यसरी हेर्दा सुरुवाती लागतभन्दा मेलम्चीको लागत दोब्बर वृद्धि भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies