Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अोली-नेपालका यी चार दृश्यः प्रचण्डलार्इ घाटा कि नाफा ?

काठमाडाैं ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्र जेठ ३ मा एकतापछि नेपाली राजनीतिमा विभिन्न चर्चा परिचर्चा सुरु भएको छ । एकताले विगतमा एकअर्काको कटु आलोचना गर्ने दुई पार्टीका नेता तथा कार्यकर्तालाई एउटै मालामा उनेको छ । र, बनेको छ सबैको छ दुवैको साझा पार्टी– नेपाल कम्नुनिष्ट पार्टी । एकतापछि देखिएको एउटा रोचक पक्ष पनि छ । त्यो हो, पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको मिलन । विगतमा एकअर्काको कट्टर आलोचना गर्ने यी दुई कसरी एक भए त ? प्रश्न सबैको मनमा छ । आ–आफ्नो गुटमार्फत उकअर्कालाई टक्कर दिँदै हिँडेका यी दुई नेताको मिलनको प्रशंग भने रोचक छ । दृश्य १ः ओली र नेपालको मिलन भएकै हो र यी दुई आत्मिय भएका हुन् भन्ने बुझ्न धेरै टाढा जानै पर्दैन । ओलीको चीन भ्रमणअघि र पछि विमानस्थलमा देखिएका दुई दृश्यलाई नियाले पुग्छ । पार्टी एकताअघि ओलीको भ्रमणका क्रममा विमानस्थल पुग्नु त के त्यसको छेउछाउसमेत पुग्दैनथे । तर, हालै प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गरेका ओली चीन प्रस्थान गर्दा होस् या फर्कदा नेपाल विमानस्थलमा ओलीसँग कुममा कुम जोडेर बसेको दृश्य देखियो । यसले यी दुई नेताबीचको आत्मियता कति गहिरिएको छ भन्ने अनुमान लगाउन सकिन्छ । दृश्य २ः त्यसो त यी दुई नेताले मिलनको संकेत फागुन ३ गते नै दिएका थिए– एमाले संसदीय दलको बैठकमा । धुम्बाराहिमा संसदीय दलको बैठक अाह्वान गरिएको थियो । ओली र नेपाल एउटै गाडीमा चढेर बैकस्थल आइपुगे । त्यतिमात्र कहाँ हो र नेपालले ओलीको प्रशंसा गर्दै संसदीय दलको नेताको रुपमा प्रस्ताव राखे । बैठकमा र त्यसपछि पनि यी दुई नेताले जबजको महत्वमाथि प्रकास पारे । जबकि नेपाल गुटका नेताहरुले जबजको अस्तित्व सकिएको बताइरहेका बेला दुवै नेताले त्यसको बचाऊ गर्नुलाई सामान्यरुपमा हेरिएन । दृश्य ३ः त्यस्तै, सरकार गठनका बेला ओलीले नेपालकै सहमतिमा पहिलो चरणमा ईश्वर पोख्रेललाई नभएर लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाउनु दुई नेताबीचको मिलनको अर्को संकेत थियो । पहिलो चरणमा नेपाल गुटका पण्डित मन्त्री बन्लान् भन्ने थोरैले मात्र आँकलन गरेका थिए । त्यस्तै, राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने सन्दर्भमा पनि ओली र नेपालबीच कुरा मिल्यो । यदि नेपालले झलनाथ खनालको समर्थन गरेको भए प्रचण्ड पनि यसमा उदार थिए । दृश्य ४ः फागुन २२ गते माधब नेपालको ६५ औं जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमै केक काटे । स्थायी समिति बैठकको सुरुमै उनले नेपाललाई फूलको कुबी दिएर जन्मदिनको शुभकामना दिए । ओलीले नेपालको सुस्वास्थ्य एवं दिर्घायुको पनि कामना गरे । ओलीले नै नेपाललाई आफ्नै हातले ‘बर्थ–डे केक’ खुवाए । नेपालले पनि जन्मदिन मनाउने व्यवस्था मिलाएकोमा धन्यवाद दिँदै ओलीलाई ‘बर्थ–डे केक’ खुवाए । यसरी ओलीले नेपाललाई खुसी बनाए र दुई नेताले आफूहरुको सम्बन्ध सुध्रिएको संकेत दिए । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन, मुख्यमन्त्री चयनजस्ता विषयमा संस्थापन पक्षले गुटबन्दी गरेको भन्दै ओलीको खुलेरै विरोधमा उत्रिएका नेपाल कसरी नजिक भए भन्ने प्रश्न छ । नवौं महाधिवेशनमा अध्यक्षमा ओलीसँग चुनाव हारेदेखि एकअर्काको कटु आलोचना, गुटबन्दी गर्दै आएका नेतालाई एक बनाउने काम पार्टी एकताले नै गरेको हो । तर, पार्टी एकतामार्फत एमाले अथवा जबजको अस्तित्व, सिद्धान्त, मान्यता समाप्त हुनेभयो अब हामी मिल्नुपर्छ भन्ने मनसायले भने पक्कै होइन । यसको किस्सा पनि गज्जबको छ । कसरी मिले दुई नेता ? त्यसो त ओली र नेपाल २०५४ सालदेखि उतारचढावपूर्ण सम्बन्धबाट जेलिँदै आएका हुन् । सरकार गठन, मन्त्री नियुक्ति, पार्टी संचालन, भातृ निकायको नेतृत्व, निर्वाचनमा उम्मेदवार चयनलगायतका विषयमा सधै एकअर्काका विपरित भएका यी दुई नेताको सम्बन्ध प्रचण्ड त्रासले बाक्लिएको हो ।एमाले स्रोतले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार पार्टी एकताको अन्तिम टुंगो लागिरहेका बेला प्रचण्ड–नेपाल सम्बन्ध झिंगिदै गएको थियो । मुख्यमन्त्री चयनमा नेपाल समूहलाई चलाखिपूर्ण ढंगले हराएपछि नेपाल ओलीसँग चिढिएका थिए । त्यसकै फाइदा उठाउँदै प्चण्डले उनलाई आफ्नो बसमा पारे । र, प्रचण्ड–नेपालबीच गोप्य भेटवार्ता हुन थाल्यो । धेरैको अनुमान थियो पार्टी एकतापछि यी दुई नेता एक हुनेछन् र ओली कमजोर । यो कुरा बुझेका ओलीले त्यसपछि पार्टी एकतालाई विभिन्न बहानामा अल्झाइरहे । समयमै पार्टी एकता नहुनुको कारण पनि यही हो । र, नेपाललाई फकाउनतिर लागे । स्रोतकाअनुसार ओलीले नेपाललाई आउँदो महाधिवेशनमा अध्यक्षका लागि समर्थन गर्ने बाचाका साथ आफ्नो पकडमा पार्न सफल भए । र, त्यसपछि यी दुईको सम्बन्ध सुध्रियो । नेपाल एकाएक ओलीसँग मिलेपछि नेपाल गुटका थुप्रै नेता उनीसँग असन्तुष्ट छन् । र, त्यो पक्ष प्रचण्डसँग नजिक छ । त्यस्तै पूर्वमाओवादीका केही नेता ओलीसँग नजिकै हुँदै छन् । तर, माधव नेपाल भने भित्रभित्र कमजोर हुँदैछन् । उनी ओली गुटमा गएसँगै अब उनीसँग उप–गुट मात्र बाँकी छ । यस्तोमा अर्कोतर्फ प्रचण्डको बलियो गुट बन्दै छ । अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराईलगायतका नेता ओली–नेपालदेखि रुष्ट छन् । तर, भनिन्छ नि ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन ।’ त्यसैगरी भोलि कसैले देखेको छैन । ओलीले कुनै गडबडी गरेको खण्डमा नेपाल प्रचण्ड गुटमा नआउलान् भन्न सकिन्न । अथवा, प्रचण्डले नै ‘ललिपप’ नदेखाउलान् भन्ने पनि छैन । भविष्यलाई थाति राख्ने हो भने अहिले साच्ची ओली–नेपाल सम्बन्ध लोभलाग्दो बनेको छ । नेपाल अहिले ओलीका बलिया हतियार भएका छन् । दुई नेताको सम्बन्ध सुमधुर बनेको छ । लाग्दैछ उनीहरु ‘गहिरो प्रेम’मा छन् । अब नछुट्टीने गरी ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies