Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेको छ । नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले प्रभावशाली नेताहरुका क्षेत्रमा विकास गरेर मात्र मुलुकको समृद्ध हासिल नहुने भन्दै प्रदेश नं २ बजेट विनियोजन गर्दा पूर्वग्राही देखिएको आरोप लगाउनुभयो । उहाँले तराईमा सिँचाइ र डुबानको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै समयमै सम्बोधन गर्न आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का सांसद नवराज सिलवालले सुरक्षा क्षेत्रमा पुनःसंरचनाको आवश्यकता आँैल्याउँदै सुरक्षा चुस्त र मजबुत बनाउन सके त्यसको सकारात्मक प्रभाव सबै क्षेत्रमा पर्ने बताए । उनले रु आठ अर्ब जरिवाना उठाउन बाँकी भएको अवस्थामा सरकारले आवश्यक योजना ल्याउनुप¥यो र कर्मचारी परिचालन गर्नुपर्ने जरुरी छ । नेकपाका सांसद पुष्पाकुमारी कायस्थ कर्णले केन्द्रीय राजधानीमा ९ बजे बजार बन्द हुने हालको अवस्थामा सुधार गरी रात्रिकालीन व्यवसाय र फुटपाथ व्यापारलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन सुझाव दिए । नेपाली काँगे्रसका सांसद पद्मनारायण चौधरीले नेपाल प्राकृतिक ऊर्जा स्रोतमा धनी भए पनि समयमा सोच बनाउन नसक्दा गरीब भएको उल्लेख गर्दै कृषिमा सिँचाइको उपयुक्त व्यवस्था गरी आत्मनिर्भर हुन सकिने बताए । नेकपाका सांसद नवराज रावतले वीरेन्द्रनगर ग्रामीण विद्युतीकरण कार्यक्रम समावेश गरी उपयुक्त बजेटको व्यवस्था गर्न माग गर्दै कोहलपुर–सुर्खेत प्रसारण लाइन समयमै निर्माण गर्नुपर्ने बताए । नेकपाका सांसद मोहन बानियाँले जनमाफियाहरुले दर्तामात्र गरेका जलविद्युत् कम्पनीलाई खारेज गरी सरकारले सातै प्रदेशमा ठूला जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने उल्लेख गर्दै जल र ऊर्जा क्षेत्रका कार्यक्रमलाई प्रोत्साहन गरी दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्नुपर्ने बताए । नेपाली काँग्रेसका सांसद सीताराम महतोले तराईको हुलाकी राजमार्ग समयमै निर्माण सम्पन्न गर्न पर्याप्त बजेटको व्यवस्था गर्न माग गरे । बैठकमा छलफल जारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies