Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विश्वकपका १० दिन, १० रोचक घटना

विश्वकप फुटबलको समूह चरणका खेल जारी छन् । पहिलो र दोस्रो चरणका खेलको अन्त्यसँगै अब फाइनल चरणका खेल हुँदै छन् । जसमा ६ टिमले अन्तिम चरणका खेलअगावै प्रिक्वार्टरफाइनलमा स्थान बनाउँदा अन्य १० टिमको टुंगो लाग्न बाँकी छ । विश्वकपका १० दिनमा धेरै उथलपुथल भए । अप्रत्यशित नतिजा एकातिर रहँदा मैदानबाहिर र भित्र पनि विश्वकप अनेकौँ कारणले चर्चामा रहिरह्यो । अाजको नयाँ पत्रिकामा खबर छ-जसमध्ये १० दिनका १० रोचक घटना यस्ता छन् : ८८ वर्षपछि सुरुवातका २९ खेलमा गोल विश्वकप फुटबलको ८८ वर्षे इतिहासमा पहिलोपटक लगातार २९ खेलमा गोल भएका छन् । यसअघि १९५४ मा भएको विश्वकपमा सुरुवातका २६ खेलसम्म गोल भएका थिए । उक्त रेकर्ड भने बेल्जियमले ट्युनिसियाविरुद्धको खेलबाट तोड्न सफल भयो । बेल्जियमले प्रतियोगिताको २७औँ खेलमा गोल गर्दा विश्वकप फुटबलमा नयाँ इतिहास बनेको हो । बेल्जियम र ट्युनिसियाबीचको खेलमा पहिलो हाफमा नै ४ गोल भएको थियो । जुन गत संस्करण्को विश्वकपमा ब्राजिल र जर्मनीबीचको खेलमा भएको थियो । ६० वर्षपछि फराकिलो हार विश्वकप फुटबलको समूह चरणमा अर्जेन्टिना ६० वर्षपछि ३–० को अन्तरले पराजित भयो । क्रोएसियासँगको फराकिलो हारले अर्जेन्टिनाको लामो समयसम्म धेरै गोल नखाएको रेकर्ड भंग भयो । यसअघि ऊ फराकिलो हारका रूपमा १९५८ मा चोकास्लाभाकियासँग ६–१ ले पराजित भएको थियो । त्यस्तै, अर्जेन्टिनाले १९७४ पछि लगातार दुई खेलमा जित निकाल्न असफल भएको रेकर्ड पनि कायम ग-यो । ३६ वर्षपछि सहभागी, दोस्रो खेलबाटै बाहिर पेरुले विश्वकप फुटबलमा ३६ वर्षपछि टिममा स्थान बनाएको थियो । तर, उसको अघिल्लो चरणको यात्रा दोस्रो खेलमा नै अन्त्य भएको छ । १९७८ पछि पेरुले विश्वकपका ८ खेल खेलेको भए पनि कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । फ्रान्ससँगको पराजयसँगै विश्वकप फुटबलमा ३६ वर्षपछि समूह चरणमा नै खेल अन्त्य गर्न पेरु बाध्य भयो । उक्त खेलमा फ्रान्सका कोलिन एम्बाप्पे जारी विश्वकपमा गोल गर्ने सर्वाधिक कम उमेरका खेलाडी बने भने फ्रान्सका लागि उनी सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी रहे । उनले १९ वर्षको उमेरमा विश्वकपमा गोल गरे । यसअघि फ्रान्सका रिकार्ड डेविज ट्रेजेगुएडको नाममा उक्त रेकर्ड रहेको थियो । उनले २० वर्ष २६४ दिनमा गोल गरेका थिए । ६४ वर्षपछि लगातार दुई जित विश्वकपको दुईपटकको उपाधि विजेता उरुग्वेले समूह चरणका दुवै खेलमा जित निकाल्दै नयाँ इतिहास कायम ग¥र्यो । उसले १९५४ पछि पहिलोपटक सुरुवातका दुवै खेलमा जित निकाल्यो । उक्त सयममा उरुग्वेले चेकोस्लोभाकियालाई २–० तथा दोस्रो खेलमा स्कटल्यान्डलाई ७–० ले पराजित गरेको थियो । साउदी विरुद्ध लुइस स्वारेजले आफ्नो करिअरको सयौँ खेलमा गोल गरे । उनी सयौँ खेलमा गोल गर्ने विश्वका १०औँ खेलाडी बने । साउदी भने उरुग्वेसँग पराजित भएसँगै १९५४ यता विश्वकपमा कुनै पनि खेल नजित्ने टिमका रूपमा रहेको छ । ३९ वर्षपछि इरानी महिलाले हेरे विश्वकप इरान र स्पेनबीचको खेलको सीधा प्रसारण इरानको आजादी स्टेडियममा पनि गरिएको थियो । स्टेडियममा पुरुषसँगै महिलाले पनि फुटबल खेल हेरे । जुन विश्वकप फुटबलमा इरानी महिलाले हेर्न पाएको १९७९ पछि पहिलो अवसर हो । इरानले पहिलो खेलमा मोरक्कोलाई हराएपछि त्यहाँको प्रान्तीय सरकारले १ लाखजना क्षमता भएको तेहरानको सर्वाधिक ठूलो मैदानमा महिला दर्शकलाई पनि प्रवेशको अनुमति दिएको थियो । १९७९ मा भएको इस्लामिक क्रान्तिपछि इरानमा पुरुषको खेल हेर्न महिलालाई स्टेडियम प्रवेशमा रोक लगाइएको थियो । त्यसपछि यो नै महिलाहरूले मैदानमा गएर फुटबल हेर्न पाएको पहिलो अवसर हो । ६४ वर्षपछि अयोजकको दुई खेलमा ८ गोल विश्वकप फुटबलमा ८४ वर्षपछि आयोजक देशले दुई खेलमा ८ गोलको कीर्तिमान बनाएको छ । यसअघि १९३४ मा आयोजक इटालीले दुई खेलमा ८ गोल गरेको थियो । त्यसपछि आयोजना भएका विश्वकप प्रतियोगितामा आयोजकले गरेको यो सर्वाधिक गोल संख्या हो । साथै, रुसले १९७० (तत्कालीन स्वभियत संघ)पछि पहिलोपटक लगातार दुई खेलमा जित निकाल्यो । साथै, १९९० पछि इजिप्टले विश्वकप फुटबलमा पहिलो गोल ग¥यो । २८ वर्षपछि इजिप्टमा मोहमद सलाहले विश्वकपमा गोल गरे । ५ आत्मघाती गोल विश्वकपको समूह चरणको खेलको दोस्रो चरणको सुरुवातमा नै रसियाले इजिप्टको आत्मघाती गोलमार्पmत खेलमा अग्रता बनायो । उक्त आत्मघाती गोल जारी सिजनको पाँचौँ आत्माघाती गोल हो । जुन २०१४ को कुल प्रतियोगिता बराबर हो । सर्वाधिक आत्मघाती गोल १९९८ को विश्वकपमा भएको थियो । उक्त विश्वकपमा ६ आत्मघाती गोल भएका थिए । ६० वर्षपछि पहिलो खेलमा जित स्विडेनले ६० वर्षपछि विश्वकपको पहिलो खेलमा जित निकाल्यो । आफ्नो १२औँ विश्वकप सहभागितामा स्विडेन दुईपटक १९५० र १९५४ मा तेस्रो भएको थियो । तर, ६० वर्षपछि पहिलो खेल जित्ने क्रममा स्विडेनले दक्षिण कोरियालाई पराजित गरेको थियो । दक्षिण कोरिया भने १९९८ पछि पहिलो खेलमा पराजित भयो । स्विडेनले १९५८ मा मेक्सिकोलाई ३–० ले पराजित गरेयता पहिलो खेलमा जित निकाल्न सकेको थिएन । ४० वर्षपछि पहिलो खेल जितविहीन ब्राजिलले विश्वकप फुटबलमा ४० वर्षपछि पहिलो खेलमा जित निकाल्न सकेन । ब्राजिल १९७८ पछि पहिलो खेलमा जितविहीन बनेको हो । यद्यपि, ब्राजिलले आफ्नो १९औँ विश्वकपसम्म पहिलो खेलमा अपराजित कीर्तिमान भने कायमै राख्न सफल भयो ।६८ वर्षपछि एक–अर्का विरुद्ध प्रतिस्पर्धा गरेका स्विट्जरल्यान्ड र ब्राजिलबीचको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसअघि यी दुईबीच १९५० मा भएको विश्वकप फुटबमा पनि यी दुई टिमले २–२ गोलको बराबरी खेलेका थिए । दुई विश्वकपमा गोल नाइजेरियाका मुसा लगातार दुई विश्वकपमा गोल गर्दै विश्वकपमा लगातार दुई खेलमा गोल गर्ने पहिलो नाइजेरियन खेलाडी बने । अहमद मुसाले आइसल्यान्डविरुद्ध दुवै गोल गरेपछि उनले नयाँ कीर्तिमान बनाएका हुन् । उनले ७० खेलमा १५औँ अन्तराष्ट्रिय गोल गर्दै विश्वकपमा आफ्नो नाम लेखाए । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies