/  Wed, September 26, 2018

टर्कीको राष्ट्रपतिमा एर्दोगान विजयीः ‘राष्ट्र निर्मातापछिकै शक्तिशाली’

टर्कीका निर्वाचन अधिकारीहरूले राष्ट्रपति रेजेप तय्यीप एर्दोआन दोस्रो कार्यकालका लागि विजयी भएको बताएका छन्।

प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले ‘खसेका वैध मतमध्ये राष्ट्रपतिले बहुमत मत ल्याएको’ बताए। तर उनले थप विवरण दिएनन्।

सरकारी सञ्चारमाध्यमका अनुसार ९० प्रतिशत मत गणना भइसक्दा एर्दोआनले करिब ५३ प्रतिशत मत हासिल गरेका छन्।

उनका प्रमुख प्रतिद्वन्द्वी मुहर्रम इञ्जाले ३१ प्रतिशत मत हासिल गरेका छन्।

आधाभन्दा बढी मत हासिल गरेसँगै अर्को चरणमा प्रतिस्पर्धा गर्नबाट एर्दोआन जोगिएका छन्।

एर्दोआनको एकेले पार्टी संसद्‌मा पूर्ण बहुमत ल्याउने देखिएको छ।

चुनावको औपचारिक नतिजा चाहिँ शुक्रवार घोषणा गरिने छ।

टर्कीको नयाँ संविधानले राष्ट्रपति एर्दोआनलाई व्यापक शक्ति प्रदान गरेको छ।

बीबीसी संवाददाता मार्क लोवेन भन्छन्, टर्कीका यी शक्तिशाली व्यक्तिले प्रधानमन्त्री पद हटाउँदै, आफैँले कानून ल्याएर शासन गर्दै र वरिष्ठतम न्यायाधीशहरू चयन गर्दै ठूलो शक्तिको अभ्यास गर्नेछन्।

राष्ट्रनिर्माता आटाटर्कपछिकै उनी सबैभन्दा शक्तिशाली नेता भएको देखिएका छन्।

चुनावी नतिजापछि बोल्दै एर्दोआनले भने, “टर्कीले सिङ्गो विश्वलाई लोकतन्त्रमा एउटा पाठ सिकाएको छ।”

एर्दोआनका प्रमुख प्रतिद्वन्द्वी इञ्जाले सामाजिक सञ्जालमार्फत पराजय स्वीकारेका छन्।

तर चुनाव निष्पक्ष नभएको उनले दावी गरेका छन्। बीबीसी

असार ११ गते, २०७५ - १०:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बलात्कारी धर्मगुरुलाई ढुंगाले हानेर मार्न अदालतको आदेश

काबुल । अफगानिस्तानमा एकजना स्वघोषित धर्मगुरुलाई ढुंगा हानेर मार्न धार्मिक अदालतले आदेश दिएको छ । ती...   

१० रूपैयाँ दिएर बलात्कार, ढुंगाले हानेर यसरी भयो श्रीयाको हत्या

पोखरा । पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको...   
दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा

दोस्रो पत्नि रेहमलार्इ यसरी सुनाउथे प्रधानमन्त्री इमरान पूर्वप्रेमिकाहरूको किस्सा

पाकिस्तानी प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी रेहम खानको हालसालै प्रकाशित आत्मकथाले पाकिस्तान,...   

अमेरिका पुगेर अोलीले गरे सबै मुलुकलाई यस्तो अाग्रह

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने...   
यौन आक्रमणको अभियोगमा हास्य कलाकारलाई कैद सजाय

यौन आक्रमणको अभियोगमा हास्य कलाकारलाई कैद सजाय

संयुक्त राज्य अमेरिकाका ख्यातिप्राप्त हास्य कलाकार बिल कोस्बीलाई यौन आक्रमणको मुद्दामा दोषी ठहर...   

साधारणसभा स्थलबाट पत्रिका जफत, नेपाल पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ। नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी...   
प्रेमिकासँग बस्न अपहरणमा परेको नाटक गर्ने डाक्टर प्रहरीको हातमा

प्रेमिकासँग बस्न अपहरणमा परेको नाटक गर्ने डाक्टर प्रहरीको हातमा

लहान। मंगलबार साँझ सिरहाको लहानबाट अपहरण भएको भनिएका सप्तरी मल्हनिया(२ का डाक्टर सुभाष यादवलाई राति...   

राष्ट्रसंघमा ट्रम्पको सम्बोधनः इरानमाथिको प्रतिबन्ध सही कदम

न्यूयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई...   
अफगानिस्तानको तारिफ योग्य खेल, अफगानिस्तानसँग भारत बराबरीमा रोकियो

अफगानिस्तानको तारिफ योग्य खेल, अफगानिस्तानसँग भारत बराबरीमा रोकियो

काठमाडौं। यूइएइमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा भारत र अफगानिस्तानबिचको खेलमा बराबरी...   

निर्मला हत्या प्रकरणः एसपी विष्टसहित १७ जना निगरानीमा

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला बलात्कार तथा हत्या प्रकरणमा नेपाल प्रहरीले एसपी डिल्ली विष्टसहित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top