Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एसइई नतिजामा भूल: शनिबार एउटा, आइतबार अर्कै रिजल्ट

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ । पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो । अाजको नयाँ पत्रिकामा खबर छ-जिपिए बढेपछि विद्यार्थी, अभिभावक रशिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो । विषयगत रूपमा ए प्लस आउनुपर्नेमा ए मात्र आउनाले समग्र जिपिए घटेको थियो । \"\" मोक्षदा स्कुलकी ०३११०३२टी सिम्बोल नम्बरकी सुनिता रोकाको शनिबार एसएमएस गर्दा जिपिए ३.८५ आएको थियो । उनले आइतबार उही सिम्बोल नम्बरमा एसएमएस गर्दा जिपिए ३.९० आएको छ । ‘हिजो र आजको जिपिए फरक आयो, कुनलाई आधिकारिक मान्ने अन्योल भयो,’ रोकाले भनिन् । अधिकांशको जिपिए बढ्यो आइतबार प्रायः विद्यार्थीको जिपिए बढेको छ । सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जिपिए बढेको बताए । ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौँ । शनिबार जिपिए ३.८ आउनेको आइतबार ३.९ आएको छ,’ उनले भने । जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको उनले बताए । ‘पनिकाजस्तो जिम्मेवार निकायको विश्वसनीयतामा प्रश्न उठ्यो । पूर्ण तयारी नगरी हतारहतारमा नतिजा प्रकाशन गर्नुभन्दा केही ढिला गरेको भए बेस हुन्थ्यो,’उनले भने । प्राविधिक त्रुटि भयो : परीक्षानियन्त्रक रेग्मी परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ‘डाटा अपलोड’ गर्ने वेलामा केही त्रुटि भएका कारण समस्या आएको बताए । पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो । नियन्त्रक रेग्मीले आइतबार बिहान गुनासो आएपछि अपलोड गर्दा भएको त्रुटिलाई इन्जिनियरले सच्याएको बताए । पछिल्लो नतिजा आधिकारिक भएको उनले बताए । यस वर्ष पनिकामा इन्जिनियर नयाँ भएका कारण पनि धेरै समस्या आएको स्रोतको भनाइ छ । साधारण र प्राविधिकको नतिजा एकैपटक ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि र १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिक धारतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी थिए । नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ हजार एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पा“च सय ६४ सहभागी भएकामा जिपिए ३.६५ देखि ४ सम्म ल्याउने १२ हजार दुई सय ८४ थिए । त्यसैगरी प्राविधिक धारमा ५ सय ३८ ले जिपिए ३.६५ देखि ४ सम्म तीन सय ४५ छात्र र एक सय ९३ छात्राले ल्याएका थिए । साधारण र प्राविधिकतर्फका एक्जाम्टेड विद्यार्थीले कुनै पनि जिपिए ३.६५ ल्याएका छैनन् । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी भन्छन्: हिजो र आजको नतिजामा फरक प-यो दुई दिनमा फरक–फरक नतिजा आउने गम्भीर त्रुटि कसरी भयो ? हिजो र आज नतिजामा फरक परेछ । रिजल्ट अपलोड गर्दा समस्या भएको हो । वेबसाइटमा सिस्टम कम्पाटाबिलिटीमा त्रुटि हुँदा नतिजामा फरक परेको हो । एनटिसीले दिएको नतिजा ठीक छ । हाम्रो वेबसाइटमा त्रुटि भएछ । बिहान गुनासो आएपछि इन्जिनियरसँग बुझेँ, डाटामा सामान्य त्रुटि भएको रहेछ । यो ठूलो त्रुटि होइन । त्यसो भए हिजो (शनिबार) दिएको जिपिएको रेन्जमा पनि धेरै फरक प-यो होइन ? हामीले प्रिन्ट गरेर दिएको तथ्यांकमा फरक परेको छैन । वेबसाइटमा अपलोड गर्दा मात्र समस्या हो । गल्ती गर्नेलाई कारबाही हुन्छ ? यो ठूलो त्रुटि होइन, कारबाही के गर्नु ! रिजल्ट अपलोड गर्ने इन्जिनियर नसिव आचार्य भन्छन्: प्राविधिक त्रुटि भयो यो वर्ष पहिलोपटक पनिकामा मैले रिजल्टको काम गरेको हो । हाम्रो वेबसाइटमा सिस्टम कम्पाटिबिलिटी नमिलेकाले रिजल्ट फरक पर्न गयो । हामीले जेनेरेट गरेको सिस्टममा इरर हुँदा नतिजामा फरक पर्न गयो । हाम्रो वेबसाइटमा पनि मिस्टेक भयो । एनटिसीमा अपलोड नहुँदै मिलाएर दियौँ, त्यसमा नतिजा ठीक आयो । रिजल्ट सार्वजनिक गर्ने अरू सबैलाई करेक्सन गरेका छौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल भन्छन्: दोषीलाई कारबाही हुन्छ राष्ट्रिय परीक्षा बोर्डले अधिकार प्रत्यायोजन गरेर परीक्षा नियन्त्रण कार्यालयले एसइईको परीक्षा सञ्चालन गरेको थियो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सिस्टममा त्रुटि भएको विषयमा जानकारी पाएको बताए । ए र ए प्लस ल्याउने विद्यार्थीको नतिजामा समस्या रहेको प्रारम्भिक जानकारी पाएको उनले बताए । ९० अंक ल्याउने विद्यार्थीको ग्रेड ए प्लस हुनुपर्नेमा सिस्टमले ए ग्रेड देखाएको रिपोर्टिङ भएको पौडेलले बताए । पनिकाको त्रुटिले विद्यार्थीलाई असर परेको उनले बताए । ‘पहिले छानबिन गर्छौँ, त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ,’ पौडेलले भने । व्यक्तिका कारण गल्ती भएको पाइएमा कारबाही हुने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies