Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सुन्दरीजलस्थित प्रशोधन केन्द्र जीर्ण हुँदा धारामा धमिलो पानी

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १० असार । सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी राम्रोसँग प्रशोधन नहुँदा धमिलो पानी धारामा खस्ने गरेको छ ।

सुन्दरीजल प्रशोधन केन्द्रमा रहेका छवटा प्रशोधन केन्द्रमध्ये हाल दुईवटा मात्र सञ्चालनमा छन् । विसं २०२२ मा निर्माण भएको प्रशोधन केन्द्र हालसम्म मर्मत भएको थिएन । केन्द्रले पानी प्रशोधन नै गर्न नसक्ने भएपछि चारवटा केन्द्रको मर्मत शुरु गरिएको कार्यालय प्रमुख वसन्तकुमार पालले बताए । धाराको पानी पिउन त के कपडा धुन र नुहाउनसमेत नहुने धमिलो खस्न थालेपछि आज समता मानव अधिकार तथा नागरिक समाजले प्रशोधन केन्द्रको स्थलगत रुपमा अनुगमन ग-यो । धारामा पानी नआउने, आएपनि धमिलो पानीमात्र आउने गरेकाले खानेपानीको मुहान क्षेत्रमै हाहाकार भएर अनुगमन गर्नुपरेको समाजका अध्यक्ष नोर्साङ शेर्पाले राससलाई जानकारी दिए । “प्रशोधन गर्ने प्रयोजनका लागि राज्यको पैसा खर्च भएकाले शुद्ध पानी पिउन पाउने नागरिकको मौलिक हकको रक्षा हुनुपर्छ, केन्द्रमा कार्यालय र पर्याप्त मात्रामा कर्मचारीसमेत नभएको पाइयो, उपत्यकामा बढी पानी जाने केन्द्रको यस्तो हालत हुनुभएन, सुध्रनुपर्छ”–उनले भने । लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलमा विसं २०७० मा निर्माण गरेको ‘डिस्इन्फेक्सन प्लान्ट’ (शुद्घिकरण गर्ने उपकरण) सञ्चालन नै हुन नसक्दा पनि आधुनिक प्रविधिबाट पानी प्रशोधन हुन नसकेको कार्यालय प्रमुख पालले स्वीकार्नुभयो । “प्रशोधन गर्न रासायनिक पदार्थ पनि पुग्दैन, ‘डिस्इन्फेक्सन प्लान्ट’ चलेन भनेर निर्देशनालयलाई पत्र लेखे पनि न त जवाफ आयो, न बन्यो”–उहाँले भने । सुन्दरीजल क्षेत्र जाँदैमा मीठो र शुद्ध पानी पाइएला भन्ने सबैको अनुमान हुन्छ । मुहानमाथिको बस्तीका कारण पनि वर्षाको पानी प्रदूषित हुने गरेको स्थानीय सन्दीप लामाले सुनाए । “पानीको मुहानमाथिको बस्तीमा भूकम्पले घरसँगै शौचालय पनि भत्किए, धेरै शौचालय अझै पुनःनिर्माण भइसकेका छैनन्, खुला शौचालय यहाँको बाध्यता बनेको छ, वर्षाको भेलले यो फोहर पानीपोखरीमै आउँछ”–उनले भने । पानीपोखरीमाथि रहेको मूलखर्क, चिलाउने, ओखरेनी, कुनेलगायतका बस्ती सार्न विगत ३० वर्षअघिदेखि बहस चले पनि अझै टुंगोमा पुग्न सकेको छैन । बस्ती स्थानान्तरण वा सरसफाइको अभियान दुवै अघि नबढ्दा उपभोक्ता भने धारामा बल्लबल्ल खसेको धमिलो पानी हेरेर बस्न बाध्य छन् । धारामा आएको पानी पिएपछि घाँटी दुख्ने र नुहाएमा जीउ चिलाउने समस्या देखिएको गोकर्णेश्वर नगरपालिका वडा नं ८, अत्तरखेलकी सहारा थापाको गुनासो छ । कपडा धुँदा रङ नै बदलिने समस्या आउन थालेको उनको भनाइ छ । संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा उल्लेख गरिए पनि उपत्यकामा पानी बढी पाइने भनेर चिनिने मुहान क्षेत्रकै अवस्था दयनीय बनेको छ । सुन्दरीजल पानी प्रशोधन केन्द्रको पटकपटक अनुगमन गरी सेवाको गुणस्तर सुधार्न लिमिटेडलाई दिएको निर्देशन वेवास्ता गरिएको खानेपानी महसुल निर्धारण आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारीले बताए । “प्रशोधन केन्द्र जीर्ण बन्दै जाँदा वर्षौँ अघिदेखि दिइएको निर्देशनअनुसार बल्ल मर्मत शुरु गरेर कार्यान्वयनतर्फ गएको छ, धेरै ठाउँमा मूल पाइपबाटै पानी वितरण र चोरी भएका छन्, त्यससम्बन्धी विवरण पेश गर्न आयोगले दिएको निर्देशन पनि लिमिटेडले मानेन”–उनले भने । निर्देशनालय स्रोतले भने आइरनमात्र प्रशोधन हुनेगरी प्लान्ट बनाइएको जानकारी दिएको छ । एमोनिया जस्ता व्याक्टेरिया नयाँ स्थापना गरिएको प्लान्टबाट प्रशोधन हुन नसक्ने जनाइएको छ । सुन्दरीजलबाट उपत्यकामा वर्षामा दैनिक नौ करोड लिटर र हिउँदमा छ करोड लिटर पानी आपूर्ति हुने गरेको लिमिटेडले जनाएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies